• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“ऐतिहासिक फलदायी” प्रगति, कुटनीतिक अर्थमा विशेष केहि झलकहरु

"ट्रम्प -पुटिन अलास्का वार्ताः "
  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ३२, शनिबार ०६:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्व राजनीतिमा चासोका साथ हेरिएको विश्वकै शक्तिशाली दुई राष्ट्र प्रमुखहरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लामिदिर पुटिनबीचको बार्ता सकिएको छ । वार्ता सकिएलगत्तै भएको संयूक्त पत्रकार सम्मेलनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने “साझा सम्झौता नभएसम्म सम्झौता भएको छैन” तर ऐतिहासिक रुपमा वार्ता राम्रो फलदायी भएको बताए । उसैगरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि “ठूलो प्रगति“ भन्दै फलदायी वार्ता भनेका छन । तर युक्रेनको युद्धको विष्यामा के कुराकानी भयो र के विषय थप छलफल गर्न पर्ने भन्ने कुरा बाहिर आएको छैन ।

    राष्ट्रपति ट्रम्पको भनाईमा “कुनै सम्झौता तबसम्म हुँदैन जबसम्म सम्झौता हुँदैन,” ट्रम्पले भने, र थपे कि उनले आगामी दिनमा नाटो र कीभलाई फोन गर्नेछन् र जानकारी दिनेछन । यसको मतलव युक्रेनको विषयमा अझै केहि जटिलता छ र त्यसको केहि महत्वपुर्ण काम गर्नपर्ने देखिन्छ त्यसैले यूक्रेन र नाटोलाई केहि बताउनु पर्ने हुन सक्दछ । ट्रम्पले पुटिनसँगको भेटलाई “अत्यन्त उत्पादक“ भने, तर युक्रेनमा युद्ध अन्त्य गर्न अझै धेरै गर्नु पर्ने कुरा स्वीकार गरेका छन ।

    “म केही फोन कलहरू गर्न सुरु गर्नेछु र उनीहरूलाई के भयो भनेर बताउनेछु, तर हामीसँग अत्यन्त उत्पादक बैठक थियो र धेरै बुँदामा सहमति बनेको छ,“ ट्रम्पले थपेका छन । “केही मात्र बाँकी छन् । केही त्यो महत्वपूर्ण छैन, एक कुरा सायद सबैभन्दा महत्वपूर्ण छ । तर हामीसँग त्यहाँ पुग्ने राम्रो मौका छ, हामी त्यहाँ पुग्न सकेनौं तर त्यहाँ पुग्ने राम्रो मौका छ ।“डोनाल्ड ट्रम्पले भने पुटिनसँग युक्रेनका विषयमा धेरै प्रगति भएको दाबी गरे । दुबैले एंकोरेजको टारम्याकमा गहिरो स्वागत गर्दै दुई पटक हात मिलाए, त्यसपछि ट्रम्पको लिमोजिनमा सँगै यात्रा गर्दै शिखर सम्मेलनमा पुगेका थिए ।

    बैठक पहिले दुवै नेताले देखाएको सौहाद्रता कुटनीतिक रुपमा उपल्लोस्तरको देखियो । दुवैले हात मिलाउने र साझा लिमोजिनमा गरेको सवारीले वार्ता पुर्वनै अर्थपुर्ण भेटभन्ने देखिन्थ्यो । साझा लिमोजिन सवारीले यस भेटलाई थप अनौठो बनाएको अन्र्तराष्ट्रिय मिडियामा चर्चा भएका छन । कुटनीतिक हिसावले यो भेट निकै राम्रो मानिन्छ । नेता बीचको सम्बन्ध र द्रुत निर्णयहरूमा कस्तो संवादको प्रयोग भइरहेको छ भन्ने प्रश्नको जवाफ दिन्छ । शायद यो एक रणनीतिक इशारा हो, जसले दुई नेताहरू बीचको ’चाहे–नचाहे’ सहकार्यलाई संकेत गर्छ, वा त्यो खतरनाक परिस्थितिमा साझा समझदारीलाई बल पुर्याउने कार्य हो ।

    पुटिनको अलास्का भ्रमणका लागि रुसी पक्षले तयार पारेको विशेष छोडेर समकक्षी राष्ट्रपति ट्रम्पले तयार पारेको लिमोजिनमा चढेर सगै बैठकस्थल गए । रूसीद्धारा निर्मित ‘अउरुस’, एल्मेन्डोर्फ–रिचार्डसन सैन्य अड्डाको टारम्याकमा तयार थियो, तर उनले डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपति सवारी ‘द बिस्ट’ रोजेका थिए । त्यो कुटनीतिक रुपमा ऐतिहासिक मित्रता झल्किने बताईन्छ । रूसी राष्ट्रपतिले आफ्नो अमेरिकी समकक्षलाई संकेत दिइरहेका थिए कि उनी ट्रम्पमाथि विश्वास गर्छन् अनि उनलाई र उनको कारलाई मन पराउँछन् । पुटिन मुस्कानले भरिएका देखिन्थे, जुन विगत केही वर्षको अमेरिका–रूसको कटु सम्बन्धको तुलनामा एकदमै फरक दृश्य मानिन्छ । यदि तपाईं आफ्नो बार्ताकारलाई तपाईंमाथि विश्वास गर्न र तपाईंको कुरा पत्याउन चाहनुहुन्छ भने, यस्तो खालको सुरुवात एकदमै प्रभावकारी चाल मानिन्छ ।

    उच्चस्तरीय सम्मेलनहरू सामान्यतया व्यापक तयारीपछि मात्र सम्भव हुन्छन् । प्रायः अवस्थामा, दुबै पक्षका प्रतिनिधिहरूले नेताहरू बैठकमा बस्नुअघि नै धेरै विषयवस्तुमा सहमति कायम गरिसकेका हुन्छन् । तर अहिलेसम्म प्राप्त सूचनाबाट हेर्दा, हतारमा आयोजना गरिएको यो सम्मेलनमा राष्ट्रपति ट्रम्प लगभग खाली कागजबाट सुरु गरेको अन्तराष्ट्रिय मिडियाले लेखेका छन । त्यसैले यस्ता वार्ताबाट यसबाट के निस्कन्छ, वा अमेरिका के चाहन्छ भन्ने अझै स्पष्ट छैन । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस फर्किएदेखि नै दोहोर्याइरहेको मन्त्र हो – “हत्या रोकिनुपर्छ“। यो अत्यन्त जरूरी र सम्माननीय उद्देश्य हो ।

    यस अघि सन् २०१८ मा फिनल्यान्डमा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको शिखर सम्मेलन हुँदा, उनीहरूले करिब दुई घण्टा भन्दा बढी समय केवल अनुवादकहरूको साथमा एक्लै वार्ता गरेका थिए, त्यसपछि मात्र आफ्ना सहयोगीहरूलाई छलफलमा समावेश गरेका थिए । जब एयर फोर्स वन एंकोरेजमा अवतरण ग¥यो, अमेरिकी पत्रकारहरूलाई जानकारी दिइयो कि यो सम्मेलन तीन–तीन जनाको प्रारम्भिक बैठकबाट सुरु हुनेछ, त्यसपछि मात्र ठूलो कार्य बैठक र लञ्च हुनेछ । आखिर त्यसै भयो र सकियो । ट्रम्पसँग यस बैठकमा विदेश मन्त्री मार्को रुबियो र बहुआयामी विशेष दूत स्टिभ विटकॉफ सहभागी भएका थिए । रुबियो, विदेशमन्त्रिको नेतृत्वमा पुग्नु अघि रूसमाथि कडा धारणा राख्ने नेता थिए, भने विटकॉफ पछिल्ला केही महिनादेखि रूसी नेताहरूसँग प्रत्यक्ष वार्तामा संलग्न रहँदै आएका छन् ।

    जब डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले युक्रेनमाथिको रुसी युद्ध अन्त्य गर्ने विषयमा अलास्कामा आफ्नो शिखर वार्ता सुरु गरे, त्यही बेला युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेंस्कीले कीभबाट सामाजिक सञ्जालमार्फत रुसी पक्षबाट एकपक्षिय रुपमा आक्रमण गरेर मानिस मारेको ट्वीट गर्दै थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ता असफल भएमा टेबल छाडेर हिँड्ने चेतावनी दिएका थिए । फक्स न्युजका ब्रेट बेयरसँग एयर फोर्स वनमा दिएको अन्तर्वार्तामा ट्रम्पले वार्ता राम्रो हुने अपेक्षा राखे पनि असफल भएमा तत्काल फर्किने बताएका थिए । “यदि राम्रो भएन भने म छिट्टै घर फर्किन्छु। म टेबल छाड्छु,” उनले भनेका थिए।

    उता न्यूयोर्क टाईम्सका अनुसार वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेको दावी गरेको छ ।
    झन्डै तीन घन्टा छलफलपछि ट्रम्प र पुटिनले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् । त्यसलाई समाधानका लागि रूसले युक्रेनको ठूलो भूभाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने सर्त राखेको बताइउको छ । यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।

    Post Views: 449
    प्रकाशित मिति: २०८२ श्रावण ३२, शनिबार ०६:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन
    मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?
    Advertisement
    ताजा अपडेट
    • १. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • २. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    • ३. मानव अधिकार आयोगको निश्कर्षः अनुसन्धानको दायरामा रास्वपाका १७ सांसद को को हुन ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.