• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तोः बिहारको बोधगयामा भेट हुने

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २, सोमबार ०७:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन् । नेपालको राजनीतिमा प्रधानमन्त्री बनेपछि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमण भयो कि भएन भन्ने तथ्यलाई लिएर उसको विदेश मामिला सम्बन्ध सञ्चालनको कुशलताको आयतन नाप्ने सनातनी परम्परा छ ।

    त्यसैले ओली प्रधानमन्त्री भएदेखि नै उनको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रतिक्षा थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नेपाल भ्रमणमा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे ।

    चीनको भ्रमण गरिसकेका ओलीले भारतबाट औपचारिक निम्तो नपाउँदा राजनीतिक  र कूटनीतिक वृत्तमा भारतसँगको ओलीको सम्बन्धबारे चर्चा भइरहेको थियो ।अब ओलीको भदौ ३१ देखि भ्रमण हुने छ । शुरुमा २ दिनको लागि भनिएको भ्रमण तीन दिनसम्म लम्बिने स्रोतले  बताएको छ । यद्यपि भ्रमणको मिति भने दुईपक्षले पछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् ।

    ‘नेवरहुड फर्स्ट’ नीति अबलम्बन गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सम्बन्धहरू राम्ररी अघि बढेको थिएन । तर बंगलादेश र पाकिस्तानसँगको सम्बन्ध मात्र होइन अहिले अमेरिकाले समेत च्याप्न थालेपछि मोदीले आफ्नो लागि सहज हुने मुलुकहरूसँग सम्बन्ध थप मजबुत बनाउने कोशिस गरिरहेका छन् । यही पृष्ठभूमिमा मोदीबाट अहिले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सामान्यत: भारतीय प्रधानमन्त्रीले उच्चस्तरीय औपचारिक भेटवार्ता दिल्लीको हैदरावाद हाउसमा गर्ने परम्परा भए पनि यसपालि ओली–मोदी भेट बिहारको बोधगयामा हुने तय भएको छ ।

    बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान समेत हो । ओली–मोदी भेटवार्ता हुने दिन भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन समेत परेको छ । मोदी १७ सेप्टेम्बर १९५० मा जन्मिएका थिए । प्रधानमन्त्री कार्यालयका अनुसार, भ्रमणको औपचारिक निमन्त्रणा पाएपछि ओलीले विदेशसचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।

    ओली ३० असार २०८१ मा प्रधानमन्त्री नियुक्त भएयता नै भारत भ्रमणका लागि प्रयास भइरहेको थियो । तर, भारतीय पक्षबाट निम्तो आएको थिएन ।

    यद्यपि, दुईपटक विदेशमा ओली–मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो । थाईल्याण्डको बैंककमा बिमस्टेक सम्मेलनमा सहभागी हुन गएका बेला २०८१ चैतमा ओलीको भारतीय समकक्षी मोदीसँग भेट भएको थियो । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका समेत समेत दुई प्रधानमन्त्रीबीच भेट भएको थियो ।

    Post Views: 182
    प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार ०७:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.