• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

७ हजार नेपालीसहित ६० हजार आप्रवासीको टिपिएस अमेरिकी पुनरावेदन अदालतद्धारा खारेज, अमेरिका नछाडे पक्राउ र जरिवाना हुनसक्ने

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र ५, बिहीबार ०८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकामा नेपाली लगायत निकारागुआ, होन्डुरसका नागरिकले पाएको टीपीएस अन्तत समाप्त भएको छ । अमेरिकी संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनलाई सरकारले गरेको निर्णयलाई खुला गरेको छ । गत महिना तल्लो अदालतले तीन देशहरूको लागि टीपीएस समाप्त गर्न ट्रम्प प्रशासनलाई कम्तिमा नोभेम्बर १८ सम्म रोक लगाएको थियो । तर बुधबार पुनरावेदन अदालतले त्यो फैसलालाई उल्टाएको हो । यसो हुँदा टिपिएस् पाएकाहरुले अमेरिका छाड्नुपर्ने भएको छ । नेपालले सन २०१५ मा गएको महाभुकम्पपछि टिपिएस पाउँदै आएको हो ।

    गत महिनाको फैसला अघि ट्रम्प प्रशासनले अगस्ट ५ मा नेपाललगायत देशको सेप्टेम्बरको सुरुमा निकारागुआ र होन्डुरसको लागि टीपीएस समाप्त गर्न निर्णय गरेको थियो । बुधबारको पुनरावेदन अदालतको फैसलापछि नेपालीहरु अन्यौलमा परेका छन् ।संघीय अपील अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गर्दै, तल्लो अदालतको आदेशलाई हालका लागि रोक लगाएको जनाइएको छ । जसबाट अमेरिकामा रहेका ६० हजार आप्रवासीहरूको अस्थायी सुरक्षा समाप्त भएको छ ।

    यसको अर्थ अब नेपालका करिब ७ हजार व्यक्तिहरूले तत्काल अमेरिका छोड्नुपर्ने कानुन व्यवसायीहरुले बताएका छन । यदि तत्काल नछोडेमा उनिहरुमाथी जरिवाना दगाउन सक्ने हुनाले टिपिएसमा रहेकाहरुले सचेत हुनुपर्ने बताएका छन । टिपिएसका कारण अस्थायी संरक्षित स्थिति ५ अगस्टमा सकिएको थियो । होन्डुरासका ५१ हजार र निकारागुवाका ३ हजार व्यक्तिको टिपिएस स्थिति ८ सेप्टेम्बरमा सकिनेछ, त्यसपछि उनीहरू पनि निष्कासनका लागि योग्य ठहर्नेछन् । सान फ्रान्सिस्कोस्थित नवौं अमेरिकी अपील अदालतले आपतकालीन स्थगन आदेश जारी गर्दै अपील प्रक्रिया सम्पन्न नहुञ्जेलका लागि निष्कासन रोक्ने निर्णय गरेको थियो ।

    “जुलाई ३१, २०२५ मा जिल्ला अदालतले वादीहरूद्वारा दायर गरिएको स्थगनको माग स्वीकृत गर्ने आदेश जारी गरेको थियो, तर उक्त आदेशलाई अहिलेका लागि यस अदालतको अर्को आदेश नभएसम्मका लागि स्थगन गरिएको छ,” न्यायाधीशहरूले आदेशमा लेखेका छन् ।

    अस्थायी संरक्षित स्थिति टिपिएस गृह सुरक्षा सचिवद्वारा प्रदान गरिने एक दर्जा हो, जसले आप्रवासीहरूलाई निर्वासनबाट जोगाउँछ र अमेरिकाभित्र काम गर्न अनुमति दिन्छ । ट्रम्प प्रशासनले यो सुरक्षा हटाउन आक्रामक रूपमा प्रयास गर्दै आएको छ, जसका कारण थप आप्रवासीहरू देश निकाला योग्य बन्न पुगेका छन् । यो कदम व्यापक आप्रवासी निष्कासन अभियानको एक हिस्सा हो । हालका गृह सुरक्षा सचिव क्रिस्टि नोएमले यदि कुनै आप्रवासीको मातृदेशमा प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता वा अन्य खतरनाक अवस्था रहेको ठहरिएमा टिपिएस विस्तार गर्न सकिने बताउनु भएको छ ।

    होन्डुरास र निकारागुवाका टिपिएस धारकहरू सन् १९९८ मा ह्युरिकेन मिचले ती देशहरूमा विनाश ल्याएको बेला देखि, अर्थात् २६ वर्षदेखि अमेरिका बसिरहेका छन् ।
    ट्रम्प प्रशासनले अहिलेसम्म करिब ३ लाख ५० हजार भेनेजुएलाली, ५ लाख, हाईटियन, १ लाख ६० लाख भन्दा बढी युक्रेनी, र अफगानिस्तान तथा क्यामरूनका हजारौं व्यक्तिका लागि प्रदान गरिएको अस्थायी संरक्षित स्थिति (टिपिएस) समाप्त गरिसकेको छ । तीमध्ये केही निर्णयहरू विरुद्ध हाल संघीय अदालतहरूमा मुद्दाहरू चलिरहेका छन् ।

    Post Views: 276
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ०८:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.