अमेरिकी सरकारले व्यावसायिक ट्रक चालकका लागि कामदार भिसा जारी गर्ने प्रक्रिया तत्काल स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो घोषणा गर्दै विदेशी चालकहरूको बढ्दो संख्याले अमेरिकी सडक सुरक्षामा गम्भीर जोखिम निम्त्याइरहेको बताएउँदै विदेशसी चालकले अंग्रेजी नजानेको कारण दुर्घटना भएको बताउँदै आएका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी चालकलाई लक्षित गर्दै पछिल्ला केही महिनामा कडा नीति लागू गर्दै आएको छ। अप्रिल महिनामा ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी अमेरिकामा व्यावसायिक ट्रक चलाउन अंग्रेजी दक्षता अनिवार्य गर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए। फ्लोरिडाको राजमार्गमा भारतीय ट्रक चालक हरजिंदर सिंहको गलत यूटर्नका कारण भएको दुर्घटनामा तीन जनाको मृत्यु भएपछि यो कदम चालको हो।
रुबियोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तत्काल प्रभावबाट, व्यावसायिक ट्रक चालकलाई दिइने भिसामा प्रतिबन्ध लगाइएको छ। विदेशी ट्रक चालकले अमेरिकी जनताको जीवन र ट्रक चालकको जीविकोपार्जनलाई जोखिममा पारेका छन्।’
हरजिंदर सिंह मेक्सिको हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। उनी अंग्रेजी परीक्षामा असफल भएका थिए। यो घटनाले अमेरिकामा राजनीतिक बहस चर्काएको छ। रिपब्लिकन पार्टीले अवैध आप्रवासीमाथि कडा नीति अपनाउँदै आएको छ।





