अमेरिकी पुनरावेदन अदालतले नेपालीको टिपिएस खारेज गर्ने अधिकार सरकारसंग रहेको भन्दै ट्रम्प प्रसाशनको आदेलाई मान्यता दिएपछि अब अगष्ट २० पछि टिपिएसमा र त्यसमा आधारित वर्कपरमिट आमान्य हुने जनाएको छ । नेपालीको टीपीएस र त्यसका आधारमा प्राप्त वर्क परमिट अगस्त २० पछि अमान्य मात्र भएको छैन अब त्यहि आधारमा अमेरिका छा्ड्नु पर्ने भएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले नेपालको टीपीएस समाप्त गरेको र अगस्ट २० मा नवौं सर्किट अदालतले समाप्ति स्थगित गर्ने तल्लो अदालतको आदेशलाई रोक लगाएकाले टीपीएसको समाप्ति प्रभावकारी बनाउन अनुमति मिलेको उल्लेख गर्दै अगस्ट २०, २०२५ देखि टीपीएस सुविधाहरू लागू नरहेको युएससीआईएसले जनाएको छ ।

युएससीआईएसले टीपीएस सम्बन्धि पेजबाट नेपालबारेको जानकारी समेत हटाएको छ । अगस्त २० पछि टीपीएस समाप्त भएको युएससीआईएसको विवरणपछि अमेरिकामा टीपीएसमा रहेका नेपालीहरु अन्यौलमा परेका छन् । अगस्त २० पछिको उनीहरुको गैर कानुनी स्थीति गणना हुने नहुनेबारे उनीहरु अन्यौलमा परेका हुन् । उनीहरुमध्ये कतिपयको रोजगार र ग्रिनकार्डमा आधारित पिटिसनहरु स्वीकृत भएर ग्रिनकार्डका लागि भिसा करेन्ट हुने प्रतिक्षामा रहेका छन् ।





