भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा रहेका छन् । बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गर्नु भएको थियो ।







