• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

१ सेप्टेम्बरदेखि भारतमा नयाँ आप्रवासी कानुन लागुः लाखौ नेपाली प्रभावित हुने

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र १९, बिहीबार २०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    भारतको गृह मन्त्रालयले नयाँ आप्रवासन कानुन जारी गर्दै नेपाल–भारत सीमा हुँदै बिना कागजात भारत प्रवेश गर्ने नेपाली आप्रवासीलाई डिपोर्ट गर्ने निर्णय गरेको छ । यो नियम १ सेप्टेम्बरदेखि लागू भईसकेको बताइएको छ तर यसबारे नेपाल सरकारलाई कुनै जानकारी नभएको बताईन्छ । यो विशेषगरी उत्तर प्रदेशका सात जिल्ला—पिलिभीत, बहराइच, श्रावस्ती, लखीमपुर खेरी, बलरामपुर, सिद्धार्थनगर र महाराजगञ्जमा कडाइका साथ कार्यान्वयन हुने बताइएको छ । नयाँ कानुनअनुसार पासपोर्ट वा आधिकारिक कागजातबिनै प्रवेश गर्नेहरूलाई पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना, र नक्कली कागजात प्रयोग गर्नेहरूलाई सात वर्षसम्म कैद वा दश लाख रुपैयाँसम्म जरिवानाको सजाय हुने व्यवस्था उल्लेख छ ।

    भारतीय मिडिया अनुसार नेपालीहरूको दस्तावेजबिनै भारत पस्ने प्रवृत्ति, विदेशी गुप्तचर प्रवेश गर्ने आशंका र अवैध गतिविधिमा संलग्नता जस्ता कारण देखाएर यो कदम चालिएको छ । पछिल्लो समय पाकिस्तानी नागरिकहरू नेपालमार्ग हुँदै भारत छिरेको समाचार आएपछि भारतले यो नियमलाई अझ कडाइका साथ लागू गरेको हो । यसले शिक्षा, स्वास्थ्य, व्यापार र रोजगारका लागि भारत जाने सामान्य नेपालीहरूलाई पनि प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।
    यो नियम १ सेप्टेम्बर (सोमबार) बाट लागू भएको छ । नयाँ कानुन आप्रवासन तथा विदेशीहरू सम्बन्धी ऐन अनुसार ल्याइएको हो । नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका ७ जिल्लामा यो कानुन कडाइका साथ लागू हुने भनिएको छ ।

    जसमा नयाँ कानुनका मुख्य प्रावधानहरू पासपोर्ट वा आधिकारिक कागजातबिनै भारत प्रवेश गर्नेहरूलाई अधिकतम ५ वर्ष जेल वा ५ लाख रुपैयाँसम्म जरिवाना (दफा २१) तोकिएको छ । नक्कली कागजात प्रयोग गरेर प्रवेश गर्नेहरूलाई अधिकतम ७ वर्ष जेल वा १० लाख रुपैयाँसम्म जरिवाना (दफा २२), विदेशीहरूले अवैध गतिविधि गर्ने, क्लब÷रिसोर्ट÷मनोरञ्जन स्थलहरूमा संलग्न भएमा सरकारी अधिकारीले त्यस्ता स्थानहरू बन्द गराउने अधिकार रहेको उल्लेख छ ।
    भारतीय मिडिया द हिन्दुका अनुसार धेरै नेपाली दस्तावेजबिनै भारत पस्ने गर्छन् । नेपाली नाममा विदेशी ‘गुप्तचर’ घुस्ने आशंका, अवैध आप्रवासन र ‘असामाजिक गतिविधि’मा संलग्न हुने आरोप लगायतलाई आधार मानिएको छ । यसबाट भारतमा रहेको भनिएका ४० लाख नेपाली प्रभावित हुने अनुमान छ । पछिल्लो समय तीन पाकिस्तानी नेपाल हुँदै भारत छिरेको खबर आएपछि कानुन कडाइ गरिएको दाबी गरिएको छ । भारतका गृहमन्त्री अमित शाह पहिले पनि बंगलादेशी आप्रवासीविरुद्ध कडा कदम चालेका थिए । बंगलादेशीहरूलाई ‘धमिरा’ भनेको कारण उनले कडा आलोचना भोगेका थिए । अहिले नेपालसँगको खुला सीमामा पनि कडाइ गरेर नेपालीहरूलाई लक्षित गरिएको आरोप लगाइएको छ ।

    Post Views: 381
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार २०:०४
    Advertisement
    संबन्धित शिर्षकहरु
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व
    इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट
    Advertisement
    ताजा अपडेट
    • १. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • २. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ३. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    चर्चित
    • १. गौरा पर्व : आस्था, संस्कृति र सुदूरपश्चिमको मौलिक पहिचान

    • २. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. एनभिडियाका सिइओले अमेरिकाबाट नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.