दुबईले नेपालीलाई भिजिट भिसामा जान पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको बताइएको छ । संयुक्त अरब इमिरेट्समा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छाडेको ट्राभल्स एन्ड टुर्सका सञ्चालकहरुले बताएका छन ।
ुआइतबारसम्म नेपालीका लागि कोलम राखिएको थियो। त्यो दिन भिसा आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको थियो। अहिले नेपालीले आवेदन नै दिन पाउँदैनन्। युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताएउँदै उनले अहिलेको निर्णय केही समयका लागि हुन सक्ने बताए।

दुबईले नेपालीलाई डिसेम्बरदेखि नै भिसा दिन बन्द जस्तै गरेको थियो। भिसा पाउने सम्भावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए। व्यापक रुपमा भिजिटि भिषा दुरुपयोग गरेको समाचारहरु आए पछि विभिन्न देशहरुले नेपाललाई दिंर्द आएको भिजिट भिषा रोक्न थालेको छ ।
वार्षिक ५० हजारभन्दा धेरै नेपाली युएई जान्थे। यही समयमा भिसामा रोक लगाएपछि हामी मर्कामा परेका छौं। अहिले युएईमा ८ लाख हाराहारीमा नेपाली भएको अनुमान छ।





