• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशमा फेरी खोलियो सयौ “गोफण्ड मी” सहयोग उठाउने अभियानको पारदर्शितामा प्रश्नै प्रश्न ?

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन २, बिहीबार ०८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा भएको जेन्जी आन्दोलन र विनासको नाममा देश विदेशमा रहेका विभिन्न संघसस्थाहरु पैसा उठाउने अभियान शुरु भएको छ । खास गरी विदेशमा रहेका टोलै पिच्छेका संस्थाहरुले गोफण्ड खोलिएको समाचारहरु र फेसबुकहरुमा शेयर गरिएका छन । यस्ता गोफण्ड अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान यूरोपियन देशहरुमा सयौको संख्यामा खोलिएका छन । त्यसबाट उठेको रकम प्राय सबैले नेपालको पुर्ननिर्माणको नाममा खर्च गर्ने भनिएका छन तर त्यो पैसा कसरी कसलाई कुन माध्यमबाट पुरयाईन्छ कुनै निश्चित छैन । विगतमा भुकम्प गएको बेला पनि सयौ गोफण्ड खोलेर करोडौं डलहरु उठेर नेपाल पुग्दा लाख मात्रै पुगेको र कयौनले रकम हिनामिना गरिएको विषय अझै सेलाएको छैन ।

    यहि सन्र्दमा फेरी पनि त्यस्तै होला भन्ने चिन्ता प्रवासमा रहेका नेपाली सुमदायमा शुरु भएको छ । खोलिएका अधिकाक्ष संस्थाहरुले सम्बन्धित देशमा रहेका दुतावाससंग कुनै समन्वय गरेका छैनन । यसको मतलव उठेका रकम सदुपयोग हुन्छ भन्ने कुनै निश्चित छैन । त्यसैले नेपाली समुदाय सजक हुनपर्ने अवस्था श्रृजना भएको छ । कतै तपाईले सहयोग गरेको रकम जुन सुकै बेला पनि हिनामिना हुने अधिक संभावना छ । जवसम्म नेपाल सरकार वा सम्बन्धित देशका दुतावासले औपचरिक रुपमा आव्हान गर्दैनन अन्यथा सहयोग गर्दा सहयोग रकम दूरुपयोग हुने संभावना बढेको छ । यस विषयमा नेपालमा सरकारले पुर्णता नपाएको सन्र्दभमा परराष्ट्र मन्त्रालयले कुनै जानकारी दिएको छैन । स्मरणीय रहोस नेपालमा भुकम्प गएको बेला यसरी नै मनपरी सहयोग रकम जम्मा गर्ने उठाएकोमध्ये थोरै अंश पनि नेपाल नपठाउने हजारौ अभियान्ता र संस्थाहरु रहेको विदेशमा रहेका नेपाली समुदायबीच ताजै छ । कतै फेरी पनि यस्तै नहोला भन्न सकिन्न । त्यसैले गो फण्डका नाममा सहयोग गर्दा एक पटक सोच्नु पर्ने अवस्था पक्कै आएको छ ।

    गोफण्ड मी एक विश्वव्यापी क्राउडफन्डिङ प्लेटफर्म हो जुन २०१० मा स्थापना गरिएको हो । यसले व्यक्तिहरू र समूहहरूलाई विभिन्न व्यक्तिगत तथा परोपकारी उद्देश्यहरूका लागि पैसा संकलन गर्न अनुमति दिन्छ । जस्तै स्वास्थ्य आपतकालीन अवस्था, स्मृति कोष, प्राकृतिक विपत्तिहरू, र सामुदायिक परियोजनाहरू । प्रयोगकर्ताहरूले एउटा फन्डरेजर पृष्ठ बनाउँछन्, जसमा उनीहरूको कथा र लक्ष्य उल्लेख गरिन्छ, र त्यसलाई आफ्नो नेटवर्कसँग साझा गर्छन् । यस प्लेटफर्ममार्फत दाताहरूबाट प्राप्त हुने दानहरू प्रशोधन गरिन्छ ।

    गोफण्ड मी एक नाफामूलक कम्पनी हो, जसले दानहरूमा लाग्ने लेनदेन शुल्क र दाताहरूबाट दिइने स्वैच्छिक टिपहरू (टिप्स) मार्फत आम्दानी गर्छ । जुन प्लेटफर्मको सञ्चालन र सुरक्षाका उपायहरूमा प्रयोग हुन्छ । यससँग सम्बन्धित एउटा गैरनाफामूलक संस्था पनि छ — गोफण्डमी डट ओआरजी जसले आपतकालीन आवश्यकतामा परेका व्यक्तिहरू वा संस्थाहरूलाई अनुदान वितरण गर्छ ।

    Post Views: 409
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ०८:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश
    प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • २. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ३. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    • ४. राष्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू, प्रधानमन्त्री वालेन्द्र शाहले २४ सेप्टेम्बरमा सम्बोधन गर्ने !

    • ५. परराष्ट्रमन्त्रि खनाल र पोल्याण्डका विदेशमन्त्रिबीच अमेरिकामा भेटवार्ता

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.