• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाद्धारा एच १बी भिसा आवेदन शुल्कमा बृद्धि, आवेदन शुल्क एक लाख डलर

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन ५, आईतवार १८:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी सरकारद्धारा आप्रवासनमा कडाई गर्ने क्रममा सीपयुक्त कामदारका लागि एच १बी भिसा आवेदन शुल्कमा भारी वृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको नयाँ कार्यकारी आदेशअनुसार सेप्टेम्बर २१ देखि लागू हुने गरी नयाँ आवेदनका लागि शुल्क १ लाख डलर तोकिएको छ । यो शुल्क बृद्धिले बहुसख्यक सिटमा भारतीयहरुलाई असर पर्ने भन्दै भारत सरकारले यसबाट मानवीय संकट आउन सक्ने चेतावनी दिएको छ । अमेरिकाले जारी गर्ने कुल एच १बी भिसामध्ये करिब ७० प्रतिशत भारतीय कामदारले पाउँने भएकोले यो निर्णयको सबैभन्दा ठूलो असर भारतमाथि पर्ने निश्चित छ ।

    त्यसैले अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा परिवारमा पर्ने प्रभावलाई जोड्दै यो कदमले “मानवीय समस्या” निम्त्याउने चेतावनी दिएको छ। भारत सरकारले अमेरिकाले यी अवरोधहरूलाई उचित तरिकाले सम्बोधन गर्ने आशा राखेको जनाएको छ । एच १बी भिसाले अमेरिकी कम्पनीहरूलाई विशेष सीप भएका विदेशी कामदारलाई अस्थायी रूपमा रोजगारी दिन अनुमति दिन्छ। सन् २०२४ मा करिब ४ लाख एच १बी भिसा स्वीकृत भएका थिए, जसमध्ये करिब २ लाख ६० हजार भिसाको नवीकरण गरिएको विभिन्न तथ्यांकहरुले देखाउँछ । अमेरिकी कम्पनीहरूले एच-१बी भिसा भएका आफ्ना कर्मचारीहरूलाई अमेरिका नछोड्न वा देशबाहिर रहेकाहरूलाई यथाशीघ्र फर्कन सल्लाह दिएका छन्। ह्वाइट हाउसले नयाँ शुल्क हालको भिसा वा त्यसको नवीकरणमा लागू नहुने स्पष्ट पारेको छ।

    अमेरिकी सरकारका आँकडा बमोजिम पछिल्लो आर्थिक वर्षमा यस भिसा प्रणालीको सबभन्दा धेरै उपयोग अमेजन, टाटा, मेटा, एपल तथा गुगलजस्ता प्रविधि कम्पनीहरूले गरेका थिए। सन् २०२५ को पहिलो ६ महिनामा अमेजन डट कम र उसको क्लाउड कम्प्युटिङ इकाइ एडब्ल्युएसलाई १२ हजारभन्दा धेरै एच–वानबी भिसाको मन्जुरी मिलेको थियो भने माइक्रोसफ्ट र मेटालाई ५ हजारभन्दा धेरै मिलेको थियो।

    Post Views: 175
    प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १८:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.