• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चार पटकको दवावपछि राजीनामा दिएका केपी ओली सेनाको ७ नम्बर बाहिनी मकवानपुरको चनबन थिए !

  •  खबरमाला संवाददाता
  • २०८२ आश्विन १२, आईतवार २०:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भदौ २३ को जेनजी आन्दोलनपछि भदौ २४ गते भएको आगजनी र तोडफोडमा सिंहदरबारलगायत नेपालका महत्त्वपूर्ण सम्पदा जल्नबाट रोक्न नेपाली सेनाले नसकेको भनी आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले रक्तपात हुन नदिन र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने सम्भावनालाई रोक्न सेनालाई बाहिर ननिकालेको दाबी आफ्नो पृतना सम्म्मेलनमा खुलाएका छन ।
    पृतनापतिहरूको गत बिहीबार सम्पन्न बैठकमा प्रधानसेनापति सिग्देलले सिंहदरबारलगायत देशका महत्त्वपूर्ण सम्पदाहरू जल्नबाट रोक्न नसकेको भनी आलोचना भइरहे पनि थप नेपाली युवा नमारिऊन् र देश विदेशी शक्तिको खेलमैदान नबनोस् भनी सेनालाई बाहिर ननिकालिएको बताएका थिए। सेनाको उच्च स्रोतका अनुसार प्रधान सेनापति सिग्देलले नेपाली सेना सधैँ नेपाली जनता र नेपालको सार्वभौमसत्ताका लागि उभिने बताउँदै जेनजी आन्दोलनमा भदौ २४ गते थप युवा नमारिऊन् भन्नेमा सचेत रहेको बैठकमा बताएका थिए। परिस्थिति बिग्रेपछि भदौ २४ गते बेलुका सेनाले सुरक्षा नियन्त्रण आफ्नो हातमा लिँदै कर्फ्यू आदेश दिएपछि परिस्थिति बिस्तारै नियन्त्रणमा आएको थियो। ‘ नेपाली युवाको रक्तपात रोक्न र विदेशी शक्तिको खेलमैदान बन्नसक्ने अवस्था’ आउन नदिन सेना ननिकाल्ने निर्णय गरेको प्रधानसेनापति सिग्देलले बताएका छन्।

    प्रधानसेनापति सिग्देलले बिहीबार पृतनापतिहरूको बैठक गरेका थिए भने यसअघि नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूको बैठक बोलाएर भदौ २३ र २४ गतेको परिस्थितिको ब्रिफिङ गरेका थिए। सेना निकट स्रोतका अनुसार भदौ २३ मा १९ जना प्रदर्शनकारी मारिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न सेना प्रमुख अशोकराज सिग्देलले चारपटकसम्म आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए।

    भदौ २३ को आन्दोलनमा १९ जना मारिएपछि प्रधानसेनापति सिग्देल सोही साँझ बालुवाटार पुगेका थिए। सेना निकट स्रोतका अनुसार उनले परिस्थिति साम्य पार्न तत्काल राजीनामाका लागि तत्कालीन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए। तर, ओलीले सिग्देलको प्रस्ताव अस्वीकारमात्र गरेनन्, ‘सेनाले मलाई सिकाउने’ भन्दै प्रधानसेनापतिसँग उनी भड्किएका थिए।

    सोही साँझ प्रधानसेनापति सिग्देलले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग तत्काल सल्लाह गरेर भदौ २४ गते आन्दोलन हिंसात्मक हुनसक्ने भएकाले गोली नचलाउन र ब्यारेकको सुरक्षा गर्ने निर्णय गरेका थिए। तीनै सुरक्षा प्रमुखहरूको निर्णयअनुसार नै मंगलबार सुरक्षाकर्मीहरू सडकमा ननिस्किएको बुझिएको छ। बिदामा बसेका र कार्यालयबाहिर रहेका सबै सुरक्षाकर्मीलाई ब्यारेकमै फर्काउने निर्णय पनि तीन जना सुरक्षा प्रमुखबीच भएको स्रोत बताउँछ।

    बिहीबार सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको भर्च्युअल सहभागितामा बैठक भएको हो। प्रधान सेनापति सिग्देलद्वारा समापन भएको बैठकमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राखेका थिए।

    स्रोतहरूका अनुसार भदौ २४ गते बिहान प्रधानसेनापति सिग्देल फेरि बालुवाटार गएर ओलीसँग भेटेका थिए। परिस्थिति झनै बिग्रँदै गएकाले तत्काल राजीनामा दिन उनले त्यो बेला पनि तत्कालीन प्रधानमन्त्री ओलीसँग सुझाएका थिए तर उनले मानेनन्। बाहिरी परिस्थितिको बारे कुनै जानकारी नपाएका ओलीले सेनाले आफूलाई गलत सूचना दिएको र बालुवाटारमा जंगी अड्डा हाबी हुन खोजेको रूपमा यसलाई लिए।

    सुरक्षाप्रमुखहरू र पृतनापतिहरूसँग निरन्तर सम्पर्कमा रहेका प्रधानसेनापतिले देशभरि नै स्थिति बिग्रँदै गएको सूचना पाइरहेका थिए। मंगलबार दिउँसो सेनाप्रमुख सिग्देल फेरि हेलिकप्टरमा बालुवाटार पुगे र राजीनामाका लागि प्रधानमन्त्री ओलीलाई सुझाए तर ओलीले त्यो बेला पनि राजीनामा गर्न मानेनन्।

    प्रधानसेनापति सिग्देल त्यहाँबाट हेलिकप्टरमै शीतलनिवास गएर सबै कुरा राष्ट्रपति रामचन्द्र पौडेललाई बताउँदा पौडेल उल्टै कड्किएको र ‘प्रजातन्त्र खत्तम गर्न खोजेको’ भन्दै सिग्देललाई भनेका थिए।

    सोही दिन बुढानीलकण्ठस्थित निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु देउवामाथि आक्रमण भएपछि भने प्रधानमन्त्री ओलीले बडो गाह्रोसँग राजीनामाको सुझाव स्वीकार गरेको एक सेना अधिकारीले जानकारी दिएका छन्।

    देउवामाथिको आक्रमण र बालुवाटार वरिपरि पनि ठूलो संख्यामा मानिसहरू जम्मा भएपछि सेनापतिसँग बालुवाटारबाट सुरक्षाका लागि आग्रह भएपछि फेरि सेनाप्रमुख सिग्देल हेलिकप्टर चढेर बालुवाटार पुगेका थिए।

    त्यो बेला पनि प्रधानमन्त्रीलाई राजीनामा गराउन कठीन भएको र प्रधानसेनापति सिग्देलले केही कडा स्वरमा ‘राजीनामाबिना हामी तपाईँको सुरक्षा गर्न सक्दैनौँ’ भनेपछि उनी तयार भएको एक सैनिक अधिकारीले दाबी गरेका छन्। प्रधानमन्त्री ओलीको निर्देशनमा राजीनामाको ड्राफ्ट त्यहाँ रहेका बिष्णु रिमालले गरेका थिए। प्रधानमन्त्रीको राजीनामा आएपछि बल्ल सेनाले ओली दम्पतीलाई हेलिकप्टरमा सेनाको ७ नम्बर बाहिनी मकवानपुरको चनबन लगेका थिए। पटक पटक समाचारहरुमा ओली काठमाडौंको सैनिक ब्यारेका रहेको बताइए पनि उनि सेनाको ७ नम्बर बाहिनी मकवानपुरको चनबनमा थिए । ओली सेनाको ७ नम्बर बाहिनी चनबनमै सेनाको सुरक्षाभित्र रहेको पनि सैनिक स्रोतले जानकारी दिएको छ।

    Post Views: 175
    प्रकाशित मिति: २०८२ आश्विन १२, आईतवार २०:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.