व्यापक दुरुपयोग भएपछि नेपालमा रहेका महावाणिज्यदुतहरुको निलो नम्बर प्लेटको प्रयोगमा रोक लगाएको छ । पटक पटक कुटनीतिक नम्बर प्लेटको दुरुपयोग गर्दै तस्करी र अवैध गतिविधि भएपछि सरकारले उनिहरुका त्यस्तो नम्बर प्ेलट प्रयोगलाई बन्द गरेका हुन । विदेशी मुलुकले नेपालमा नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतले पाएको कूटनीतिक नम्बर प्लेट खारेज गर्ने भन्दै अर्को प्लेट प्रयोग गर्न भनिएको छ । प्राप्त जानकारी अनुसार उनिहरुले प्रयोग गर्दै आएको राहादानीमाथी पनि छानवीन भई रहेको छ । परराष्ट्र मन्त्रालयले यस्ता महाबाणिज्यदूतको सवारी साधनमा अब निलो होइन रातो नम्बर प्लेट कायम गर्न निर्देशन दिएको छ । सरकारले शुक्रबार यो निर्णय गरेको परराष्ट्र मन्त्रालयले बताएका छन् । नेपालमा विदेशी वाणिज्यदूतावास र कूटनीतिक नियोगका सवारीसाधनहरूमा सेतो अक्षर भएको निलो नम्बर प्लेट प्रयोग गरिन्छ, जसमा “सिडी” (क्रप्स डिप्लोमेटिक) लेखिएको हुन्छ। तर, १० अक्टोबर २०२५ देखि नेपाल सरकारले मानार्थ वाणिज्यदूतहरूका लागि यस्तो नम्बर प्लेटको प्रयोग खारेज गरेको छ। अब उनीहरूले आफ्ना सवारीसाधनहरूमा निजी प्रयोजनका लागि प्रयोग हुने रातो नम्बर प्लेट राख्नुपर्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार अवैतनिक महावाणिज्यदूतसम्बन्धी अन्तर्राष्ट्रिय कानून, पारस्परिकता, अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली २०३९, हालको प्रचलनबमोजिम यो निर्णय लिइएको हो । निलो नम्बर प्लेटका सवारीसाधनहरूको दुरूपयोग भएको भन्ने गुनासो समेतका आधारमा सरकारले यो निर्णय गरेको पौडेलले बताएका छन् । निलो प्लोटको गाडी र सोसँग सम्वन्धित् सुविधा बन्द भए पनि कार्यालय राख्न पाउने, सम्वन्धित देशको झण्डा प्रयोग गर्न पाउने सुविधा भने कायमै रहेको उनले बताए । नेपालमा ६७ जना यस्ता महाबाणिज्यदूतहरु रहेकोमा करिव ५० जनाले निलो प्लेटको गाडीको सुविधा लिएको अनुमान छ । उनिहरु केहि व्यवसायी छाडेर हेर्ने हो भने ६० प्रतिशतभन्द बढी राजनीतिक कार्यकार्ता भएको पहुँचका आधारमा त्यो सुविधा प्रयोग गर्दै आएका थिए । जसले भन्सार र एयरपोर्टको व्यापक दुरुपयोग गरी रहेका थिए ।
हाल प्रयोगमा रहेका निलो नम्बर प्लेट भएका सवारीसाधनहरूलाई निजी सवारी साधनमा परिवर्तन गरिने र यस विषयमा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित निकायहरूसँग यस निर्णयको कार्यान्वयनको लागि आवश्यक समन्वय हुनेछ । अवैतनिक कन्सल जनरल–कन्सलले तोकिएको कन्सुलर क्षेत्रभित्र नेपालको राष्ट्रिय दिवस समारोह, सम्बन्धित नियुक्ति दिने मुलुकको राष्ट्रिय दिवस समारोह, सम्बन्धित मुलुकको राष्ट्र प्रमुख तथा सरकार प्रमुख र परराष्ट्र मन्त्री नेपाल भ्रमणमा रहेको समयमा सरकारी भेटघाट र स्वागत तथा विदाई र नेपालको लागि सम्बन्धित मुलुकको राजदूतको नेपाल भ्रमणको अवसरमा सम्बन्धित मुलुकको राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था भने यथावत रहने उनले बताए । नेपालमा अधिकांश व्यापरिक घरानाका प्रमुखहरु विदेशी मुलुकका अवैतनिक महावाणिज्यदूतका रुपमा कार्यरत छन् । बिगतमा पनि सरकारले यो निर्णय गरेको थियो । तर तत्कालिन परराष्ट्रमन्त्री डा नारायण खड्काको पालामा अवैतनिक महावाणिज्यदूतहरुलाई निलो नम्बर प्लेट उपलब्ध गराउने निर्णय भएको थियो




