चर्चित यौनकाण्डका दोषी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण बेलायतका प्रिन्स एन्ड्र्यूले उपाधि तथा सम्मानहरू त्याग्ने घोषणा गरेका छन्। प्रिन्स एन्ड्र्यूले लामो समयदेखि यौनकाण्डका दोषी जेफ्री एप्स्टिनसँगको सम्बन्धका कारण बढ्दो दबाब झेल्दै आएपछि परिवारसंगको सल्लाहामा राजकीय सुविधासहित त्याको घोषणा गरेका हुन । बेलायतको बकिङ्घम प्यालेसले उनीविरुद्ध कारबाही गर्नुपर्ने आवाज बढेसँगै उनले स्वेच्छाले आफ्ना उपाधि फिर्ता गर्ने निर्णय गरेका हुन्।

अब एन्ड्र्यू “ड्युक अफ योर्क” उपाधिबाट समेत वञ्चित हुनेछन्। बेलायतको सबैभन्दा पुरानो शौर्य संघको सदस्यता पनि त्याग्नेछन्। उनले वक्तव्यमा भनेका छन्, “ममाथि लगाइएका सबै आरोपहरूलाई म दृढतापूर्वक अस्वीकार गर्छु।” “पाँच वर्षअघि सार्वजनिक भूमिकाबाट अलग हुने निर्णयमा म आज पनि अडिग छु।
राजाको सहमतिसँगै अब म थप कदम चाल्दै मेरा सबै उपाधि र सम्मानहरू प्रयोग नगर्ने निर्णय गरेको छु,” उनले निकालेको वक्तव्यमा उल्लेख छ। यो निर्णय प्रिन्स अफ वेल्स विलियम र राजा चार्ल्स दुवैसँगको परामर्शपछि गरिएको हो। एन्ड्र्यूले अझै पनि “प्रिन्स” उपाधि भने राख्नेछन्। तर “ड्युक अफ योर्क” उपाधिबाट भने वञ्चित हुनेछन्।





