• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सरकारप्रति टिप्पणी र भ्रष्ट्रचारमा मुछिएपछि फिर्ता गरिए ११ राजदुत

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक १७, आईतवार ११:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रधानमन्त्री सुशीला कार्कीले ११ देशका राजदूतलाई किन फिर्ता बोलाउने निर्णयको विषयमा सर्वोच्च अदालतमा बहस भई रहेको बेला फिर्ता बलाउँदा अपनाएको कारण बताउनु भएको छ । बालुवाटारमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रिले तीन कारण खुलाउँदै राजदुत फिर्ता बोलाएको बताएकी हुन् । सरकारले राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
    असोज ३० गते बसेको मन्त्रिपरिषद बैठकले चीन, जर्मनी, मलेसिया, इसराइल, कतार, रूस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्तराज्य अमेरिका र जापानमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरूलाई कात्तिक २० गतेसम्म स्वदेश फर्किसक्न भनिएको छ । केहि राजनीतिक नियूक्त भए पनि फरक व्यवहार गरिएको भन्दै आलोचना भईरहेको छ । तथापि राजनीतिक नियूक्त व्यक्तिहरु सरकार फेरिएपछि अन्तर्राष्ट्रिय परम्पार हेने हो भने राजदुतहरु फिर्ता आफै हुनुपर्ने हो ।
    यसरी विभिन्न देशमा नियुक्त राजदूतमध्ये के आधारमा ११ जनालाई मात्र फिर्ता बोलाइयो भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले तीन कारण बताएकी हुन् । जसमा पहिलो कारण राजदूतहरूको कार्यसम्पादनबारे सम्बन्धित मुलुकहरूसँग परामर्श गरिएको मुल्यांकनमा आधारित रहेको छ । त्यस क्रममा उनीहरूको राय बुझेर कार्यसम्पादन चित्तबुझ्दो नभएका राजदूतलाई फिर्ता बोलाइएको प्रधानमन्त्री कार्कीले बताइन् ।
    दोस्रो, कतिपय राजदूतले अहिलेको अन्तरिम सरकारमाथि नै प्रश्न उठाउँदै सार्वजनिक टिकाटिप्पणी गरेको आधारमा त्यस्ता राजदूतलाई पनि फिर्ता बोलाइएको प्रधानमन्त्रीको भनाइ छ । ’कतिपय राजदूतले अहिलेको सरकार दुई–चार महिनाका लागि मात्र हो भन्ने अभिव्यक्ति दिइरहेको पाइएकोले उनीहरूले देशको परिवर्तित राजनीतिक अवस्था स्वीकार नगरेजस्तो देखिएप्छि हामीले फिर्ता बोलाउने निर्णय गर्यौं,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
    तेस्रो कारण, पछिल्लो समय कतिपय राजदूतको नाम आर्थिक अनियमिततामा मुछिएकाले तिनलाई पनि फिर्ता बोलाइएको प्रधानमन्त्री कार्कीले बताइन् । ’हाम्रो अनुभवमा राजनीतिक कार्यकर्ता भएर राजदूत नियुक्ति पाएकाहरूले भन्दा कूटनीतिक अनुभवका आधारमा राजदूत बनेकाहरूको कार्यसम्पादन राम्रो देखियो,’ कार्कीले भनिन् ।

     

    Post Views: 154
    प्रकाशित मिति: २०८२ कार्तिक १७, आईतवार ११:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी
    ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की
    एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने
    Advertisement
    ताजा अपडेट
    • १. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • २. ‘न्यायालय अब अगाडि जाँदैन, न्याय एउटा घेराभित्र संकुचित हुन्छ’: पूर्वप्रधानन्यायाधीश एवं पूर्वप्रधानमन्त्री सुशीला कार्की

    • ३. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ४. सञ्चार मन्त्रालय मातहत राजनीतिक नियुक्ति खाएका को–को पदमुक्त भए ?

    • ५. एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

    चर्चित
    • १. रोयल टुलिपपछि रामेश्वर शाहको २ अर्ब रुपैयाँ लगानीमा अर्को ५ तारे होटल जनकपुरमा शुरु

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. नेपाल भारतबीचको लिपुलेक विवाद के हो ? सन् १९५४ को सम्झौतामा के छ ?

    • ४. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • ५. कम्बोडियामा रहेका नेपालीलाई गैरकानुनी काममा नलाग्न बैकक दुतावासको आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.