• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

  •  खबरमाला संवाददाता
  • २०८२ कार्तिक १९, मंगलवार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विदेशमा रहेका नेपालीले मतदानको अधिकार पाउलान की नपाउलान भन्ने विष्या यतिखेर राजनीतिक बहसमा परेको छ । पुराना राजनीतिक दलहरु विदेशमा हुनेलाई मतदानको अधिकारबाट बन्चित गर्न प्रयासरत छन । कारण विदेशमा रहेकाहरुले मतदानको अधिकार पाएमा आफ्नो पक्षमा रहने छैनन भन्ने बुझेका छन । नयाँ केहि दलहरु विदेशमा हुनेहरु सबै हामीलाई मत दिन्छन भन्दै जसरी पनि मतदानको अधिकार दिनु पर्ने पक्षमा वकालत गरी रहेका छन । नयाँ वा पुराना दुवै दलको आशा र आरोपमा सत्यता छैन । सत्यता यसमा छ की पुराना दलका सबै नेता खराव छैनन र नयाँका सबै गतिला छैनन । यति चै पक्कै हो की विदेशमा बस्ने मतदाता दुरदराजमा बस्ने भन्दा केहि बढी सचेत छन । उनिहरुलाई सामान्य प्रलोभनबाट प्रभावमा पार्न सकिन्न फरक त्यति हो । त्यसैले मुख्य कुरा आफुलाई कति मत आउँछ भनेर भोटको राजनीति गर्नेहरुका कारण फेरी पनि विदेशमा रहेकाहरुले मतदान गर्न पाउने संभावना कम छ । किनकी निर्वाचन आयोगले त्यसको बारेमा कुनै न्यूनतम तयारी गरेका छैनन । विदेशमा रहेकाहरुलाई मतदानको अधिकार सामान्य तयारीले संभव छैन त्यो पनि छोटो समयमा असंभव नै देखिन्छ । सविधानत राज्यले राजनीतिक अधिकारबाहेक अन्य अधिकार दिने व्यवस्थालाई पनि जुन ढंगले कार्यन्वयन गर्न आलटाल गरी रहेको छ यसबाट राज्य र नागरिकबीच दुरी बढ्दै जाने देखिन्न ।

    सम्बन्धित देशबाटै मतदान गर्न पाउनेगरी प्रचलित ऐन संशोधन गर्ने गृह मन्त्रालयको प्रस्तावमाथि निर्वाचन आयोग छलफलमा जुटेको छ तर उनिहरुको भाषाबाट बुझ्न सकिन् की छोटो समय छ प्रयास गरौं । गृहको प्रस्तावमा आफूहरू सकारात्मक रहेको आयोगका अधिकारीहरू बताउँछन् तर तयारीमा खासै चासो र तदारुकता दिएको देखिंदैन । त्यसमा प्रमुख कारण दलहरुबीच सहमति हुनपर्ने र तयारीका हिसावले प्रयाप्त समय पनि नभएको केहि सत्य हो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गृह मन्त्रालयले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी चार वटा प्रचलित ऐन संशोधनको मस्यौदा आयोगमा पठाएपछि उक्त मस्यौदाउपर आयोग छलफलमा जुटेको छ । गृह मन्त्रालयले संशोधनका लागि प्रस्ताव गरेका ऐनहरूमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐन छन् । यी ऐनहरूमा आवश्यक व्यवस्था राखेर विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाटै मतदान गर्न दिन सकिने उल्लेख छ । तर, कुन देशकाले पाउने कुन देशकाले नपाउने, यसका लागि खर्च व्यवस्थापन, कर्मचारी व्यवस्थापन, मतको सुरक्षाको विषयमा विस्तृत छलफल भएको छैन । आयोगका अनुसार कानुनी व्यवस्था भएपछि अन्य विषय अगाडि बढ्छन् र आवश्यक तयारी गृहले अगाडि समेत बढाएको बताइएको छ । गृह मन्त्रालयका अनुसार कानुनी प्रबन्ध भएपछि विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलनदेखि मतदान केन्द्र व्यवस्थापनसम्मका विषय निर्वाचन आयोगले बनाउने कार्यविधि अनुसार हुनेछ ।

    हालका दशकहरूमा विश्वभर फैलिएको नेपाली डायस्पोरा अभूतपूर्व रूपमा विस्तार भएको छ । मध्यपूर्वका निर्माण स्थलदेखि युरोपका शैक्षिक संस्थासम्म, दक्षिण कोरियाका व्यस्त रेष्टुरेन्टदेखि अस्ट्रेलिया र अमेरिका क्यानडाका सूचना–प्रविधि केन्द्रसम्म नेपालीहरू विश्व श्रमशक्तिको देखिने र महत्वपूर्ण अंग बनेका छन् । तर विश्वभर रहेका नेपालीबाट रेमिट्यान्स जम्मा गर्न सरकारले जसरी ध्यान दिएको देखिन्छ मतदानको अधिकार दिन कहिल्यै प्रयास गरेन भन्दा पनि हुन्छ ।

    आर्थिक आकांक्षा, राजनीतिक अस्थिरता, र अवसरको खोजको संयोजनले प्रेरित नेपाली आप्रवासन आज विश्वव्यापी घटनामा परिणत भएको छ । आज अनुमान गरिन्छ कि करिब ७ मिलियन (७० लाखभन्दा बढी) नेपाली विदेशमा बसोबास र रोजगारी गरिरहेका छन—जुन नेपालको कुल जनसंख्याको झन्डै ३५ प्रतिशत हो । तर यो बढ्दो प्रवाहको पछाडि महत्वाकांक्षा, त्याग, र सहनशीलताको गहिरो कथा लुकेको छ । भारत अर्थात सार्क मुलुकमा रहेकासमेत जोड्दा सबा करोड नेपाली देश बहिर छ तर उनिहरुको अधिकारका विषयमा सरकार जति जिम्मेबार हुनुपर्ने हो त्यो कम देखिन्छ । झन मतदानको अधिकारका बिषयमा बल्ल बहस मात्र शुरु भएको हो । त्यसैले मतदानको अधिकार र रेमिट्यान्सको व्यवस्थापन दुवै पक्षलई उत्तिकै महत्व दिएर सरकारले कानुनी व्यवस्था गर्न ढिला गर्नु हुँदैन ।

    Post Views: 214
    प्रकाशित मिति: २०८२ कार्तिक १९, मंगलवार ०८:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.