• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संवैधानिक परिषदमा नयाँ नियूक्त गर्न सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धी अध्यादेश

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर ६, शुक्रबार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संवैधानिक परिषदसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ ।  मन्त्रिपरिषदको मंसिर २ को बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश–२०८२ लाई मन्त्रिपरिषदले स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको हो । अध्यादेश राष्ट्रपतिबाट पारित भएपछि जारी हुनेछ ।

    निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको पद रिक्त रहेकाले चुनावको तयारीका लागि सरकारले प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्न चाहेको छ । अन्य संवैधानिक अंगहरुमा पनि केही पदहरु रिक्त छ । निर्वाचन आयुक्तलगायत संवैधानिक अंगका पदाधिकारीहरु चयन गर्दा संसदीय सुनुवाई अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । अहिले प्रतिनिधिसभा नभएकाले संसदीय सुनुवाई गर्ने स्थिति छैन । त्यसैले, आगामी फागुन २१ को चुनावपछि बन्ने संसदबाट सुनुवाई गर्ने गरी ऐन संशोधन गर्न लागिएकोे सरकारको तर्क छ ।

    त्यसो त नेपालको संविधानले नै संसदीय सुनुवाईलाई अनिवार्य गरेको छ । संविधानको धारा २९२ अनुसार संवैधानिक निकायका पदाधिकारीको कानून वमोजिम संसदीय सुनुवाई गर्नुपर्ने हुन्छ । संवैधानिक अंगका पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी पाएको संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । त्यसैगरी कुल ६ सदस्यीय परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र उपसभामुखसमेत सदस्य रहन्छन् । हाल संसद विघटन भएको हुनाले विपक्षी दलका नेता नहुँदा संवैधानिक परिषदमा कुल ५ जनामात्र छन् ।

    सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट पारित भइसकेपछि त्यसैका आधारमा संवैधानिक परिषदको बैठक बस्ने र प्रमुख निर्वाचत आयुक्तको नाम सिफारिस गर्ने तयारी छ ।

    Post Views: 226
    प्रकाशित मिति: २०८२ मंसिर ६, शुक्रबार ०८:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.