• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली युवामा सल्किरहेको लागु औषधको कुलत : नेपाल गाँजा खपत, उत्पादन र निर्यात गर्ने देशको सूचीमा !

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर २३, सोमबार ०५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जव जव राजनीतिक संक्रमणकाल हुन्छ । राज्यको ध्यान अन्यत्र केन्द्रित हुन्छ त्यस्तो बेला जुनसुकै राष्ट्रमा अपराध कर्म गर्नेहरु वा तस्करहरुको ध्यान यस्तै अबैध काम गर्नमा व्यस्त हुन्छ । हो यति बेलाको मौका छोपेर नेपालमा यहि भएको छ । राजनीति यति धेरै उतारचढावमा छ की राज्यका हरेक अंगहरु त्यहि ध्यानमा छन । त्यहि मौका छोपेर लागु औषध तस्करहरुले नेपाललाई आफ्नो टान्जिट बनाएका छन । एक राष्ट्र संघीय रिर्पोटका अनुसार नेपाल डरलाग्दो अवस्थामा लागु तस्करहरुको नजरमा पर्दै गएको छ र बालबालिकामा प्रयोग निकै बढी रहेको उल्ल्ेख छ ।

    पछिल्लो समय लागु औषध कोकेन भित्र्याउन नेपाललाई ट्रान्जिटका रूपमा तस्करहरूले प्रयोग गर्ने गरेको र दक्षिण अमेरिकादेखि मध्यपूर्वसम्म त्यस्तो गिरोह जोडिएको, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुखले बताएको छ । प्रहरी वरिष्ठ उपरिक्षक कृष्णप्रसाद कोइरालाले तस्करहरूले नेपाल हुँदै कोकेनलाई भारत पुर्‍याउने मनसाय राख्ने गरेको उल्लेख गर्दै अघिल्लो आर्थिक वर्षमा १८ किलोभन्दा बढी परिमाणमा उक्त लागु औषध प्रहरीले बरामद गरेको बीबीसीलाई बताएका छन।
    प्रति ग्राम ४० हजार रुपैयाँसम्म पर्ने कोकेन पछिल्लो ३ आर्थिक वर्षमा मात्रै ५० किलोभन्दा बढी बरामद भएको प्रहरीको तथ्याङ्क छ। नेपालमा थाई गाँजा तस्करीको बाछिटा, पक्राउ पर्नेमध्ये अधिकांश भारतीय रहने गरिएको उल्लेख छ । त्यसरी लागु औषधका तस्करीहरु प्राय नेपाल भारत सीमा क्षेत्रका हिरासतमा पछिल्ला समयमा बढेर गएका छन ।
    यो आर्थिक वर्षमा पनि प्रहरीले भारत र भुटानमा तस्करी गर्न लागिएको कोकेन बरामद गरेको छ र त्यससम्बन्धी घटनामा रुस, भारत, इरिट्रिया र ब्रजिलसहितका देशका नागरिकहरूमाथि अनुसन्धान गरिरहेको छ। सुरक्षा अधिकारीहरूका अनुसार उत्तर अमेरिका मध्य पूर्व ( नेपाल र इथिओपिया ( मध्य पूर्व ( नेपाल कोकेन नेपाल प्रवेश गर्ने मुख्य मार्ग रहेको प्रहरीले जनाएका छन ।

    लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कोइराला कोकेन नेपाल भित्रने प्रवृत्तिमा केही फेरबदल देखा परिरहेको बताउँछन्।
    उनले भने, कोकेन उत्पादन हुने भनेकै दक्षिण अमेरिकी देशहरूमा हो। ब्रजिल, कोलम्बिया लगायतका देशहरूबाट मध्यपूर्वका देशलाई ट्रान्जिट बनाउँदै त्यस्तो लागु औषध आउने भए पनि त्यसको अन्तिम गन्तव्य नेपाल होइन। प्रहरी अधिकारीहरूले मध्यपूर्वका दोहा, दुबईलाई नेपालमा कोकेन भित्र्याउने ट्रान्जिटका रूपमा उल्लेख गर्ने गरेको पाइन्छ।
    कोइरालाका अनुसार पछिल्लो पटक आफूहरूले २ केजी कोकेनसहित एक जना ब्रजिलिअन महिला गिरफ्तार गरेको बताए। ती महिलाले ल्याएको तरल कोकेन भुटान पठाइन लागेको प्रहरीको दाबी छ। त्यसबाहेक प्रहरीको लागु औषध ब्यूरोले गएको भदौ १३ गते डेढ किलो कोकेनसहित एक जना भारतीय महिला र त्यसलाई लिन आएका एक जना भारतीय पुरुषलाई पक्राउ गरेको थियो। प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले थपे, ूपहिला चाहिँ यस्ता लागु औषध ओसार पोसारमा अफ्रिकी मुलुकका मानिसहरू संलग्न हुन्थे। अहिले त्यो पनि परिवर्तन भएर महँगा खालका लागु औषध ओसार पोसारमा संलग्न देखिन्छन्।

    यसै वर्षको जून महिनामा गृह मन्त्रालयले प्रकाशित गरेको लागु औषध नियन्त्रणसम्बन्धी एक जर्नलका अनुसार सन् २०२० यता ३३ जना विदेशीहरू कोकेनसहित पक्राउ परेका छन्। त्यसमा ८ जना भारतीय नागरिक रहेको उल्लेख गरिएको छ। पक्राउ पर्ने अन्यमा ४ बोलिभिअन, ४ तान्जिअन र ३ ब्रजिलिअन नागरिकसहित छन्। सन् २०२२ यता पक्राउ पर्नेमध्ये पाँच जना भारतीय महिला रहेका थिए र त्यसमा आगोमा जलेर अशक्त भएकी एक महिलाको पनि संलग्नता रहेको अनुसन्धानले देखाएको छ।
    कोकेन प्रतिग्राम ४० हजार रुपैयाँसम्म पर्ने भएकाले लागु औषध दुर्व्यसनीहरूले यसलाई महँगो ठान्ने गरेका छन्। प्रहरीले राजधानी काठमाण्डूबाहेक अन्यत्र यससँग जोडिएका कसुर खासै नदेखिएको उल्लेख गर्ने गरेको पाइन्छ। प्रहरीको आँकडामा अघिल्लो आर्थिक वर्षमा ५१ हजार किलोभन्दा बढी गाँजा बरामद भएको उल्लेख गरिएको छ। त्यसबाहेक झन्डै ८३० किलो चरेस, ४७ किलो हेरोइन, १८४ किलो अफिम र ३४ लाख भन्दा बढी मनोद्विपक पदार्थ प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको थियो।
    सुरक्षा अधिकारीहरू आफूहरूले कोकेन लगायत अन्य लागु औषधको तस्करी नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत विभिन्न नाकामा निगरानी गर्ने गरेको बताउँछन्। नेपाललाई राष्ट्रसङ्घले गाँजा आन्तरिक खपतका लागि उत्पादन गर्ने वा विदेशमा निर्यात गर्ने देशको सूचीमा राखेको छ ।

    नेपाललाई राष्ट्रसङ्घले गाँजा आन्तरिक खपतका लागि उत्पादन गर्ने वा विदेशमा निर्यात गर्ने देशको सूचीमा राखेको छ त्यसबाहेक संयुक्त राष्ट्रसङ्घको अफिस अन ड्रग्स एन्ड क्राइम र इन्टरपोलसँग मिलेर कोकेनजस्ता लागु पदार्थका स्रोत मुलुक, तिनलाई भित्र्याउन प्रयोग गरिने ट्रान्जिट र त्यस्ता सामग्रीहरू पुग्ने गन्तव्य मुलुकका कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्यमा जोड दिइरहेको उल्लेख गर्छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोकेन भित्र्याउन संलग्न रहेका भनिएका लागु औषध भरियाहरूले सामान राख्ने सुटकेशभित्र मसिनमार्फत् जाँच गर्दा पत्ता नलाग्ने किसिमको फल्स बटन प्रयोग गर्ने र कतिपयले ुपुष्टकारी जस्तो आकारमा प्लास्टिकले ढाकेर त्यसलाई निलेर समेत ल्याउने गरेको आफ्नो अनुसन्धानले देखाएको प्रहरी अधिकारीहरू बताउँछन्। सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको अफिस अन ड्रग्स एन्ड क्राइम्सले तयार पारेको एउटा विवरणमा नेपाल भित्रने कोकेन हङकङ, थाइल्यान्ड र भारत पुग्ने गरेको उल्लेख गरिएको छ।

    पूर्वको झापादेखि पश्चिममा बाँकेको नेपालगन्जसम्मका प्रमुख नाकाहरूमा लागुपदार्थको कारोबार अत्यधिक हुने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी अधिकारीहरूको भनाइ छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार झापाको काँकरभिट्टा, मोरङको विराटनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा भारतबाट लागुपदार्थ ल्याएर नेपालमा बेचबिखन गर्ने प्रवृत्ति बढेको छ। त्यसैले सीमावर्ती क्षेत्रका प्रहरी हिरासतहरू लागुपदार्थसँग सम्बन्धित आरोपमा पक्राउ परेकाहरूले भरिन थालेका हुन्।

    त्यसमा नेपालमा अवैध ढङ्गले उत्पादित गाँजा भारत जाने गरेको र अफिम भारत र बाङ्ग्लादेश पुग्ने गरेको जनाइएको छ। प्रहरी अधिकारीहरू विगतमा क्यानडा र अमेरिकाबाट नेपालमा गाँजा भित्रने गरेको देखिए पनि हालैका वर्षहरूमा थाइल्यान्डबाट समेत गाँजा नेपालमा तस्करी भइरहेको बताउँछन्।
    अफिस अन ड्रग्स एन्ड क्राइम्सले दक्षिण अफ्रिका, पाकिस्तान र भारतबाट नेपाललाई ट्रान्जिट र गन्तव्य बनाएर हेरोइन नेपाल आउने गरेको पनि उल्लेख गरेको छ। कतिपय त्यस्तो लागु औषध भारत र बाङ्ग्लादेशमा पुर्‍याउने लक्ष्य राखिएको उक्त विवरणमा जनाइएको छ।

    सन् २०२३ मा राष्ट्र सङ्घको अफिस अन ड्रग्स एन्ड क्राइमले प्रकाशन गरेको ग्लोबल कोकेन रिपोर्टमा पनि नेपाली अधिकारीहरूले कोकेन जफत गरेको चर्चा गरिएको छ। उक्त प्रतिवेदनले सन् २०१९ मा नेपालमा प्रतिग्राम कोकेनको मूल्य २२२ अमेरिकी डलर रहेको जनाइएको छ।

    त्यसबाहेक सन् २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी एक महिला भारतबाट ब्रजिल पुगेको र त्यहाँबाट कोकेन लिएर नेपाल आइपुगेको जनाइएको छ। ती महिला नेपालबाट मलेसिया फर्किएर उक्त लागूपदार्थ बोकेर रोम जाने तयारीमा चर्चा गरिएको उक्त प्रतिवेदनमा ती भरियाले त्यसअघि ११ पटक कोकेन विभिन्न ठाउँमा पुर्‍याउने चर्चा त्यसमा गरिएको छ।

    उक्त राष्ट्रसङ्घीय निकायले सन् २०२५ मा सार्वजनिक गरेको वर्ल्ड ड्रग रिपोर्टमा निर्यात वा आन्तरिक खपतका लागि गाँजा उत्पादन हुने देशको सूचीमा नेपाललाई पनि राखिएको छ। उक्त प्रतिवेदनले हेरोइनको अवैध निर्यात गरेर नेपालमा हुने कारोबार औषधिजन्य सामग्रीको निर्यातबाट हुने आम्दानीको बराबरी भएको रहेको पनि जनाइएको छ।

    नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार विगत तीन वर्षमा २० हजार ७ सयभन्दा बढी व्यक्तिहरू लागु औषधसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। त्यसमा विदेशीको सङ्ख्या झन्डै ८ सय ५० रहेको अधिकारीहरू बताउँछन्। पछिल्ला तीन आर्थिक वर्षमा १३ हजार ५ सयभन्दा बढी लागु औषधसम्बन्धी मुद्दाहरू दर्ता भएका छन्। स्मरणीय रहोस कलेज पढ्ने ५६ प्रतिशत युवाहरु कुनै न कुनै लागु औषध प्रयोग गर्ने गरिएको एक रिर्पोटले देखाएको छ ।
    बिबिसि र संयूक्त राष्ट्रसंघीय बेवसाईटको तथ्यांकमा आधारित समाचार ।

    Post Views: 126
    प्रकाशित मिति: २०८२ मंसिर २३, सोमबार ०५:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.