अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि हालसम्म ४ सय ५५ नेपाली डिर्पोट भएका छन । डिसेम्बर १७ तारिकमा ७५ जनासहित कुल साडे ४ सय नेपाली डिर्पोट भएका हुन । यो सख्या एक बर्षका तुलना गर्दा हालसम्म कुनै पनि बर्ष यति धेरै नेपाली डिर्पोट भएको थिएन । अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टको तथ्यांक अनुसार २०२१ देखि –२०२४ बीच करिब १ सय ४० नेपाली डिपोर्ट भएका थिए । तर यहि सन २०२५ को ११ महिनामा डिर्पोट हुनेको सख्या ४ सय ५५ पुगेको छ । सन २०२१ मा ३८ जना, २०२२मा २४ जना, २०२३मा २५ जना, २०२४मा ५३ जना डिर्पोट भएका थिए । अमेरिकी सरकारको प्रतिवेदनअनुसार, अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले कागजातविहीन आप्रवासीलाई लक्षित गर्दा ३ हजार ५०० भन्दा बढी नेपालीसँग डिपोर्ट आदेश रहेको छ । पछिल्लो ट्रम्प सरकारले डिर्पोट गरेकाहरुमा त्यहि पहिले नै डिर्पोट अर्डर पाएकाहरु रहेको बताइएको छ ।

अमेरिकाबाट डिपोर्ट ७५ जना नेपाली नागरिक अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ६९ पुरुष र ६ महिला रहेका छन् । अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू बिहीबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको विभागले जनाएको छ । संधै झै उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।
अवैध बाटो प्रयोग गरेका वा भिसा अवधि नाघेर बसेका व्यक्तिहरूलाई लिएर चार्टर उडानमार्फत ठूलो संख्यामा निष्कासन गरिएको छ। टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस समाप्त भएपछि नेपाली समुदायमा यसको गम्भीर असर परेको बताइएको छ । नेपालीहरु धेरैले दलाललाई ठूलो रकम तिरेर अबैध मार्गबाट ब्राजिल–कोलम्बिया–पानामा हुँदै अमेरिका प्रवेश गरेका, भिसा उल्लंघन गरेका, विद्यार्थीहरूले अवैध रूपमा काम गरेर वा अध्ययन नवीकरण नगरेकाहरु बढी रहेका छन ।
अधिकांश डिपोर्ट भएका नेपालीहरू सुदुरु पश्चिम क्षेत्र दाङ, रुकुम जस्ता जिल्लाबाट, राम्रो जीवन, शिक्षा वा स्थायी बसोबासको खोजीमा गएकाहरु रहेको देखिएको छ ।




