• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा हत्याको घटनामा संलग्न भएको भन्दै डिभी लोटरी बन्द !

  •  खबरमाला संवाददाता
  • २०८२ पुष ५, शनिबार १०:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेको आशंका गरिएका व्यक्ति डिभी भिषामार्फत अमेरिकामा स्थायी बसोबास अनुमति ग्रीन कार्ड पाएको व्यक्ति भएको भन्दै डिभी भिषा कार्यक्रम अनिश्चित कालका लागि निलम्बन गरेको छ ।

    गृह सुरक्षा सचिव क्रिस्टी नोएमले बिहीबार राति बताएअनुसार यो कार्यक्रम अब पुर्णत बन्द हुनेछ । यस कार्यक्रमअन्तर्गत, अमेरिकामा कम आप्रवासन हुने देशका नागरिकहरूलाई लटरीमार्फत वार्षिक अधिकतम ५५ हजार भिसा प्रदान गर्दै आएको थियो । यस कार्यक्रमको अमेरिकी सिनेट र कंग्रेसमा रोक्नु पर्ने भन्दै केहि विधेयकहरुसमेत दर्ता भएको अवस्थामा निलम्बन भएको हो । यो कार्यक्रमबाट अमेरिका पुग्ने अमेरिकाको कुल आप्रवासनको सानो अंश मात्र हो।

    पछिल्लो हत्याका घटनामा प्रोभिडेन्स, रोड आइल्याण्डमा प्रहरीले दायर गरेको मुद्दामा उल्लेख गरिएका आप्रवासन अभिलेखअनुसार, सन्दिग्ध बन्दुकधारी क्लाउडियो म्यानुएल नेभेस भालेन्तेलाई सन् २०१७ मा डाइभर्सिटी भिसा जारी गरिएको थियो र सोही वर्ष उनी अमेरिकाका कानुनी स्थायी बासिन्दा बनेका थिए। उनै व्यक्ति हत्यमा संलग्न भेटिएको बताइएको छ ।
    राष्ट्रपति ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षामा खतरा मानिने कुनै पनि विदेशी नागरिकको प्रवेश रोक्न राष्ट्रपतिसँग अधिकार छ भन्ने तर्क गर्दै यो कार्यक्रम निलम्बन गरेको बताईन्छ । सामाजिक सञ्जाल पोस्टमा गृह सचिव नोएमले यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेसलाई कार्यक्रम रोक्न निर्देशन दिएकी थिइन्।

    राष्ट्रपति ट्रम्पले यसअघि पनि डाइभर्सिटी भिसामाथि कडा दृष्टि राख्दै आएका थिए । आफ्नो पहिलो कार्यकालमा उनले २०१७ मा न्युयोर्क सिटीको साइकल मार्गमा आठ जनाको हत्या गर्ने सैफुल्लो साइपोभ उज्बेकिस्तानबाट डाइभर्सिटी भिसामार्फत अमेरिका आएकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए। साइपोभलाई २०२३ मा आजीवन कारावास सजाय सुनाइएको थियो। ट्रम्प प्रशासनले हालैका हिंसात्मक घटनाहरूलाई अमेरिकाको सुरक्षा सुनिश्चित गर्न आप्रवासन कडाइ आवश्यक भएको प्रमाणको रूपमा प्रस्तुत गर्दै आएको छ। तर नीतिगत परिवर्तनका आलोचकहरूले भने यी आक्रमणलाई बहुसंख्यक मानिसहरूलाई असर गर्ने कार्यक्रम रोक्ने बहानाका रूपमा प्रयोग गरिएको भन्दै प्रश्न उठाएका छन्।

    गत महिना, वाशिङ्टन डीसीको केन्द्रमा अफगान नागरिकले दुई नेशनल गार्ड सदस्यलाई गोली हानेपछि ट्रम्पले सबै आश्रय असाइलम आवेदनमाथि निर्णय रोक्ने र अफगानिस्तानका नागरिकलाई भिसा जारी गर्न बन्द गर्ने निर्णय गरेका थिए। साथै, राष्ट्रपतिको यात्रा प्रतिबन्धमा परेका देशका नागरिकले दायर गरेका आप्रवासन आवेदन पनि रोकिएका, जसले ती आवेदकका लागि ग्रीन कार्ड र अमेरिकी नागरिकता प्रक्रिया ठप्प पारेको छ। मंगलबार, ट्रम्पले यात्रा प्रतिबन्धमा पर्ने देशहरूको संख्या विस्तार गरे। हाल ३५ भन्दा बढी देश अमेरिकाको यात्रा प्रतिबन्धमा परेका छन्।

    आप्रवासन प्रतिबन्धको समर्थन गर्ने केही समूहहरूले डाइभर्सिटी भिसा कार्यक्रम निलम्बन गर्ने निर्णयको प्रशंसा गरेका छन्। सेन्टर फर इमिग्रेशन स्टडीजका कानुन तथा नीति विषयक रेसिडेन्ट फेलो एन्ड्र्यु आर आर्थरले यो कार्यक्रमले “थोरैलाई फाइदा पुर्‍याउँछ तर धेरैलाई जोखिममा पार्छ” भन्दै प्रशंसा गरेका छन ।
    “लटरीलाई सधैंका लागि अन्त्य गर्ने समय आएको छ,” आर्थरले शुक्रबार ब्लग पोस्टमा लेखेका छन ।

    अघिल्ला वर्षहरूमा यो कार्यक्रम स्थायी कानुनी बसोबास ग्रीन कार्ड पाउने सबैभन्दा छिटो मार्गहरूमध्ये एक थियो, र भिसा पाउने व्यक्तिहरूलाई परिवारिक सम्बन्ध वा विशेष सीप आवश्यक पर्दैन। हरेक वर्ष लाखौँ मानिसले लटरीमा आवेदन दिदै आएका छन । सन् १९६५ को आप्रवासन तथा राष्ट्रियता ऐनले युरोपेलीहरूलाई प्राथमिकता दिने देश–आधारित कोटा प्रणाली अन्त्य गरेपछि एसिया र ल्याटिन अमेरिकाबाट आप्रवासन बढ्यो, भने इटाली, आयरल्याण्डलगायत युरोपेली देशबाट आउने संख्या उल्लेख्य रूपमा घटेको पाईन्छ । यसले सन् १९८० को दशकमा आइरिस–अमेरिकी कंग्रेस सदस्यले यो कार्यक्रम जन्मायो, जसले १९८६ मा अस्थायी व्यवस्था पारित गरी १९६५ को परिवर्तनबाट “प्रतिकूल रूपमा प्रभावित” देशका नागरिकका लागि ग्रीन कार्डको वैकल्पिक बाटो खोल्द्यै डिभी लोटरी शुरु गरेको थियो ।
    डाइभर्सिटी भिसा कार्यक्रमको भविष्य पहिले पनि प्रश्नमा परेको छ, र दुवै दलका कंग्रेस सदस्य तथा केही कानुन विज्ञहरूबाट आलोचना हुँदै आएको छ।
    आलोचकहरूले वर्षौँदेखि यो कार्यक्रमले सुरक्षा जोखिम बढाउने, कम सीप भएका आप्रवासीलाई प्राथमिकता दिने र अमेरिकासँग कुनै सम्बन्ध नभएका मानिसहरूलाई केवल भाग्यको आधारमा स्थायी बसोबास दिने भएकाले अन्यायपूर्ण भएको तर्क गर्दै आएका छन्। उनीहरूका अनुसार, अनियमित लटरीमार्फत आप्रवासी छनोट गर्ने एकमात्र देश अमेरिका नै हो।

    तर कंग्रेसनल ब्ल्याक ककसका सदस्यहरू लगायत समर्थकहरूले भने यो लटरीले अन्यथा अवसर नपाउने अफ्रिकी देशका आप्रवासीहरूका लागि दुर्लभ बाटो उपलब्ध गराउने तर्क गर्दै आएका छन्। यो कार्यक्रम दुरुपयोगबाट पनि ग्रस्त रहँदै आएको छ। केही अवस्थामा आवेदकहरूले धेरै पटक आवेदन दिएका छन्। कतिपय विजेताहरूले अरूलाई प्रवेश गराउन नक्कली विवाह समेत गरेका भन्दै आलोचना हुँदै आएको छ । ट्रम्पले २०१७ मा “रेज एक्ट” नामक विधेयकको समर्थन गरेका थिए, जुन रिपब्लिकन सिनेटर टम कटन र डेभिड पर्ड्युले प्रस्तुत गरेका थिए। उच्च सीप भएका कामदारलाई प्राथमिकता दिने मेरिट–आधारित आप्रवासनका समर्थक ट्रम्पले आफ्नो पहिलो कार्यकालमै लटरी अन्त्य गर्ने उद्देश्यको सिनेट विधेयकलाई समर्थन गरेका थिए।

    सन् २०१३ मा प्रस्तुत द्विदलीय आप्रवासन सुधार प्रस्तावमा पनि डाइभर्सिटी भिसा कार्यक्रम हटाउने प्रावधान थियो, तर हाउस रिपब्लिकनहरूले अन्य अंशको विरोध गरेपछि प्रस्ताव अड्किएको थियो। डिभी लोटरी सामान्यतया अक्टोबरको सुरुमा खुल्ने गर्दछ। तर यसपटक भने डिभी खुल्न करिब दुई महिना ढिलो भइसकेको छ। नोभेम्बर ५, २०२५ मा अमेरिकी विदेश मन्त्रालयले डिभी–२०२७ को दर्ता अवधि ढीलो हुने घोषणा गर्दै प्रवेश प्रक्रियामा केही परिवर्तनहरू लागू गरिरहेको पुष्टि गरेको थियो। मन्त्रालयले दर्ता सुरु हुने आधिकारिक मिति भने अझै घोषणा गरेको छैन। स्मरणीइ रहोस यस डिभी लोटरी कार्यक्रमबाट हजारौ नेपाली अमेरिका आई सकेका छन भने अब आउनका लागि तयारी गरेकाहरु प्रभावित हुनेछन । विगत केहि बर्षदेखि बर्षेनी ३५ सयभन्दा बढी नेपालीहरुलाई डिभी पर्दै आएको छ । संभवत नेपालीको कोटा पुग्न लागेको बेला अमेरिी सरकारको यो निर्णय भएको हो ।

    Post Views: 57
    प्रकाशित मिति: २०८२ पुष ५, शनिबार १०:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.