• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी दुतावासको तीन शहरमा क्रियटर्स मेला सम्पन्न

  •  खबरमाला संवाददाता
  • २०८२ माघ २१, मंगलवार ०१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालस्थित अमेरिकी दूतावासले विभिन्न तीन शहरमा ‘क्रिएटर्स मेला २०२६ सम्पन्न गरेको छ। ‘भिजन टु भेन्चर’ स्लोगन रहेको मेलामा सृजनात्मक विचार, व्यावसायिक उद्यम, कूटनीतिक र कूटनीतिक विषयका विज्ञहरूलाई समेत समावेस गरी दूतावासले सन् २०२३ देखि आयोजना गर्दै आएको थियो । ‘क्रिएटर्स मेला’ अमेरिकी परराष्ट्र नीतिको एक हिस्सा भएको बताईन्छ । क्रिएटर्स मेला २०२६ भिजन टु भेन्चर” को शुभारम्भसँगै नेपालको सिर्जनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्र बनाउँने अमेरिकी दुतावासले उल्लेख गरेको छ । यस वर्षको संस्करणले प्रमुख प्लेटफर्मको रूपमा साहसी रूपान्तरण प्रस्तुत गर्दै सामग्री सिर्जनाबाट दिगो र व्यावसायिक व्यवसाय निर्माणतर्फ ध्यान केन्द्रित गरेको छ। विभिन्न सहरमा सञ्चालन हुने यो कार्यक्रम जनवरी १७ मा चितवन, जनवरी २४ मा नेपालगञ्ज हुँदै, जनवरी ३०–३१, २०२६ मा काठमाडौँमा दुईदिने अन्तिम कार्यक्रमसहित सम्पन्न भएको छ ।

    २०२६ को मूल विषयवस्तु भिजन टु भेन्चर डिजिटल कथावाचन र व्यावसायिक उद्यमबीचको दूरी कम गर्न डिजाइन गरिएको हो। प्रविधि, प्लेटफर्ममार्फत आम्दानी मोनिटाइजेसन र डिजिटल व्यवसाय विकासमा अमेरिकी विशेषज्ञताको समावेशमार्फत, मेलाले सिर्जनाकर्ताहरूलाई आफ्नो प्रभावलाई दीर्घकालीन करियरमा रूपान्तरण गर्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ।
    कार्यक्रमपछि अमेरिकी दूतावास, नेपालका सार्वजनिक मामिला प्रमुख माइक हार्करले “क्रिएटर्स मेला २०२६ ले नेपालको सिर्जनात्मक अर्थतन्त्रलाई सुदृढ बनाउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउँछ। देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई सहयोग गरिरहेका छौँ। हामी नेपाली सिर्जनाकर्ताहरूलाई केवल स्थानीय प्रभावमा सीमित नराखी, अमेरिकी व्यवसायिक साझेदारहरूसँग तथा विश्वव्यापी बजारमा सफल हुन सक्ने अवस्थामा पुर्‍याउँदैछौँ, जसले आर्थिक सम्बन्ध र साझा समृद्धिलाई थप मजबुत बनाउँछ।”

    यस कार्यक्रममा ५० भन्दा बढी सिर्जनाकर्ता, उद्योग विज्ञ र कलाकारहरूको विशिष्ट सहभागिता रहेका थिए । सहभागीहरूले सज्जन राज वैद्य, प्रियंका कार्की, आयुष्मान जोशी, लेक्स लिम्बु, नितेश जंग कुँवर, कविता नेपाली, यवेश थापा, सोनाम टोप्देन, श्रिषेश मानन्धर, नेपाललगायत अन्य प्रभावशाली व्यक्तित्वहरूको यात्राबाट सिक्ने र उनीहरूको प्रस्तुति अनुभव गर्ने अवसर पाएको बताइएको छ ।

    Post Views: 37
    प्रकाशित मिति: २०८२ माघ २१, मंगलवार ०१:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. ९ देशका प्रतिनिधिबाट नेपालको निर्वाचन पर्यवेक्षण शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.