• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्व शान्तिको कामना गर्दै “बौद्ध भिक्षुहरुको शान्ति यात्रा ” को वासिंटन डिसीमा समापनको तयारी

  •  खबरमाला संवाददाता
  • २०८२ माघ २१, मंगलवार ०२:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा टेक्सासबाट शुरु भएर यहि फेब्रुअरी १० तारिकमा वासिंटन डिसी पुगेर समापन हुन लागेको बौद्ध भिक्षुहरुको शान्ति यात्राको चर्चा विश्वभर छ । हिंउ होस वा चिसो आँधी होस वा पानी केहि प्रवाह नगरी भर्जिनिया पुगेका छन । विश्वभरि शान्तिको सन्देश सम्प्रेषण गर्नका लागि बौद्ध भिक्षुहरू हिउँका पहाड छिचोल्दै र शून्य डिग्रीको तापक्रमलाई समेत बेवास्ता गर्दै लामा राजमार्गमा निष्फिक्री हिँडिरहेका छन् । गेरु वस्त्र धारणा गरेका दायाँ र बायाँ हातमा आफ्ना आवश्यक सामग्रीको गह्रौँ झोला बोकेर लामो यात्रामा निस्किएका यी भिक्षुहरूले मानवता, भ्रातृत्व र शान्तिको सन्देश दिइरहेका छन् । बाटोमा भेटिएकाहरुलाई आर्शिवाद दिंदै कुनै थकान महसुश नगरी एकछत्र रफ्तारमा हिडेर उनिहरु आलोका नामको कुकुरसहित आज फेब्रुअरी २ तारिक भर्जिनियाको रिचमण्ड पुगेका छन । सो शान्ति यात्रालाई भव्य समारोहकाबीच डिसीमा कसरी समापन गर्ने भन्ने विषयमा छलफल शुरु भएको छ । टेक्सासबाट अष्टिन, लुजियाना, मिसिसिपी, अलवामा, जर्जिया, साउथ क्यारोलिना, नर्थ क्यारोलिना, भर्जिनिया मेरिल्याण्ड हुँदै डिसी पुग्नेछन ।

    विश्वको विभिन्न भूगोलमा अशान्त वातावरणको हजारौँले अनाहकमा जीवन गुमाइरहेको र अझै डरलाग्दो युद्धको कालो बादल मडारिरहेको बेलामा शान्तिको सन्देश बोकेर जागरण गराइरहेका भिक्षुहरूले मानव कल्याण नै सर्वोपरि ठानेका छन् । विश्वभरि र अमेरिकामा अन्तरमनको शान्ति तथा मानसिक शान्तिको जागरण ल्याउनका लागि भन्दै पच्चीस सय वर्ष अगाडि नेपालमा जन्मिएका गौतम बुद्धको अनुयायी बनेर जीवन व्यतीत गरेका भिक्षुहरू ‘शान्तिको लागि पदयात्रा’ वाक फर पिस नाम दिएर १२० दिने पैदल यात्रामा निस्किएका हुन ।

    फोर्टवर्थमा रहेको ह्योङ्ग दो विपश्यना भावना सेन्टरले संयोजन गरेर विश्वमा अहिंसा, शान्ति, करुणा र सचेतनाका लागि शान्तिका लागि पदयात्रा आयोजना गरिएको हो । अक्टोबर २६ तारेखदेखि प्रारम्भ भएको यो यात्रा आगामी साता १० फेबू्रअरीमा समापन हुने छ । उनीहरूको यात्राले अन्तिम गन्तव्य तय गरिरहेको छ । उनीहरू अमेरिकाको राजधानी डिसीतर्फ पाइला लम्काइरहेका छन् । यस अवधिमा उनीहरूले योजना गरेअनुसार १०० दिनको यात्रा पूरा गरिसकेका छन् ।

    टेक्सासदेखि बाटोमा पर्ने सबैस्थानहरुमा सरकारी वा गैरसरकारी सहयोग सद्भाव सम्मान पाएका टोलीले विश्वभरका मानिसको ध्यान खिचेका छन । अमेरिकाको टेक्सास राज्यको फोर्टवथबाट राजधानी वाशिङ्गटन डिसीसम्म दुई हजार ३०० माइल अर्थात् तीन हजार ७०० किलोमिटरको यो यात्रामा कतिपय राज्यहरूमा स्टेटका गभर्नरहरूले समेत स्वागत गर्ने, प्रोक्लोमेसन जारी गर्ने र यात्रालाई उत्साह थप्ने काम गरिरहेका छन् । खासमा यो पदयात्राले धार्मिक सहिष्णुता र मानव शान्तिका लागि सहकार्यको सन्देश सम्प्रेषण गर्न खोजेको देखिन्छ । शुभारम्भको बेलामा पनि विभिन्न धार्मिक समुदायका व्यक्तिले उपस्थित भएर मानवता, एकता र धार्मिक सहिष्णुताको सन्देश दिएका थिए ।

    पछिल्ला वर्षहरूमा विभिन्न कारणले विश्वमा आममानिसको मानसिक स्वास्थ्यमा गम्भीर विचलन आइरहेको सन्दर्भमा भिक्षुहरूले शान्तिको झन्डा बोकेर अमेरिकाको विशाल भूमिमा लामो पदयात्रा गर्नु यसै पनि सकारात्मक रहेको छ । आफ्नो पदयात्राका लागि पाइला सारका भिक्षुहरूले अनवरत रूपमा आफ्नो यात्रालाई निरन्तरता दिनुभएका भिक्षुहरूलाई स्थानीय जनसमुदाय, स्थानीय सरकारी संयन्त्र, सुरक्षाकर्मीले ‘स्कट’ गरिरहेका छन् । पछिल्लो साता अमेरिकामा परेको भारी हिमपातको बीचमा पनि शान्तिको सन्देश दिन पदयात्रामा रहेका भिक्षुहरूले गरेको साहस र निरन्तरतालाई समेत यहाँका मानिसहरूले प्रशंसा गरेका छन् ।

    वाक फर पिसले दिएको जानकारीअनुसार १९ जना भिक्षुले झन्डै दुई हजार माइलको यात्रा सम्पन्न गरेका छन् । उनीहरूका साथमा एउटा आलोक नाम गरेको कुकुर पनि रहेको छ । पदयात्राको मिडिया समन्वय गरिरहेका डा निरञ्जन बज्राचार्यले यो अभियानले मानव हितका लागि शान्तिको सन्देश सम्प्रेषण गर्ने भएको बताए । यो यात्राका क्रममा भिक्षु आफ्नै नीतिनियममा बाँधिएका छन् । उनीहरू दैनिक २० माइलको यात्राका लागि तय गरेका कतिपय अवस्थामा ३० माइलसम्म यात्रा तय गर्न सफल भएको आयोजकहरूले जानकारी दिएका थिए ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ माघ २१, मंगलवार ०२:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.