• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

परराष्ट्र मन्त्रालयद्वारा एनआरएनए सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

  •  खबरमाला संवाददाता
  • २०८२ माघ २१, मंगलवार ०२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ। माननीय परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २ गतेसम्म (मार्च १४–१६, २०२६) नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा उक्त समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

    सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै उच्चस्तरीय समिति गठन गरिएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

    उक्त समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सह–सचिव, आर्थिक कूटनीति महाशाखाका सह–सचिव, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठ, गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतलगायत रहेका छन्।सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपाल सरकार र संघले संयुक्त रूपमा आयोजना गर्दै आएको परम्परा रहेको छ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय महाधिवेशन आगामी फागुन ३० देखि हुने भएको छ ।

    महाधिवेशनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनपछि जारी संयुक्त विज्ञप्तिमा महाधिवेशन आगामी फागुन ३० देखि चैत २ गतेसम्म सम्मेलन तय भएको जनाइएको छ ।

    ‘हाम्रो एकता, समृद्धिको आधार’ नाराका साथ हुने उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको र समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले काम सुरु गरेको जानकारी दिइयो ।

    ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको पनि जनाइएको छ ।

    ‘सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछि संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ । यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    Post Views: 31
    प्रकाशित मिति: २०८२ माघ २१, मंगलवार ०२:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.