• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति पौडेलसमक्ष गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ७, बिहीबार ०६:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेन्डसहितको टोलीले गोर्खा बिग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

    त्यस अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानवकल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रले राष्ट्रसंघीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरे ।

    उनले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहिआएको बताए । एक महत्त्वपूर्ण विकास साझेदार समेत रहेको संयुक्त अधिराज्यले नेपाललाई निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे ।

    उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यका माध्यमबाट नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध थप मजबुत बनाएकामा खुसी व्यक्त गरे । संयुक्त अधिराज्यमा नेपालीको उपस्थितिले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण भएको आफूहरूको ठम्याइ रहेको उनले उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    उनले पूर्वब्रिटिस गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रका माध्यमबाट छिट्टै टुंगोमा पुर्‍याउन उचित हुने आफूलाई लागेको बताए ।

    गोर्खा बिग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकामा उनले संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गरे । प्रतिवेदनउपर सम्बन्धित निकायले आवश्यक अध्ययन गर्ने उनले जानकारी गराए ।

    त्यस अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेन्डले ब्रिटिस गोर्खा सेना सधैँ अग्रपंक्तिमा रहेको बताउँदै प्रशंसा गरे । ब्रिटिस गोर्खामा भर्ना भएका युवालाई ‘तपाईंहरू नेपालका छोराछोरी हो’ भनेर आफूले सम्झाउने गरेको उनले बताए । बेलायती जनताले गोर्खा नेपालीप्रति माया र सम्मान प्रकट गर्ने गरेको उनले उल्लेख गरे ।

    त्यस अवसरमा नेपालस्थित बेलायती राजदूत रव फेनको पनि उपस्थिति थियो । रासस

    Post Views: 200
    प्रकाशित मिति: २०८२ फाल्गुन ७, बिहीबार ०६:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र
    एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण
    राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?
    Advertisement
    ताजा अपडेट
    • १. जलवायु परिवर्तनबारे राष्ट्र संघले औँल्याएको चेतावनी

    • २. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    • ३. एनआरएन नाइजेरिया र घानाबाट ७७ लाख बाढी पीडितलाई सहयोग हस्तान्तरण

    • ४. राष्ट्रहरू किन असफल हुन्छन् Why Nations Fail ?

    • ५. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    चर्चित
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. अमेरिकामा रहेका नेपालीका लागि टिपिएस माग गदै होमल्याण्ड सेक्युरिटीमा कंग्रेसम्यानको पत्र

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.