• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

ट्रम्पले इरानलाई दिए १५ दिनको अल्टिमेटम

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ८, शुक्रबार २२:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रम सम्बन्धि सम्झौता गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।  वासिङ्टन डिसीमा बिहीबार आयोजित बोर्ड अफ पिसको बैठकमा बोल्दै ट्रम्पले इरानलाई १० देखि १५ दिनभित्र आणविक कार्यक्रममा ठोस सम्झौता गर्न अल्टिमेटम दिएका हुन्। अन्यथा इरानले अत्यन्त खराब परिणाम भोग्नुपर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

    ‘१०/१५ दिन पर्याप्त हुन्छ। यो समयभित्र सम्झौतामा नआए तेहरानले धेरै खराब परिणाम ब्यहोर्नुपर्नेछ,’ ट्रम्पले भने। कुटनीतिक तवरबाटै विवाद समाधानका लागि अमेरिकाले इरानसँग स्वीट्जरल्याण्डको जेनेभामा वार्ता गरेको थियो। वार्ता सकारात्मक भएको भनेर इरानले भने पनि अमेरिकाले भने कुनै पनि विषयमा ठोस सहमति नभएको बताएको छ। इरानले सम्झौताका लागि अर्को मस्यौदा तयार गर्न १५ दिनको समय मागेको छ। जेनेभाको वार्ताअघि इरान र अमेरिकाबीच ओमानको मस्कटमा छलफल भएको थियो।

    वासिङ्टनले इरानले युरेनियम समृद्धीकरण पूर्ण रूपमा त्याग्नुपर्ने सर्त वासिङ्टनको छ। साथै लामो दूरीका ब्यालिस्टिक मिसाइल कार्यक्रम रोक्नुपर्ने र मध्यपूर्वका लडाकू समूहहरूलाई समर्थन नगर्न दबाब दिएको छ। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ। उसले इरानको मिसाइल कार्यक्रम छलफलको विषय हुन नसक्ने भनेको थियो। त्यस्तै अन्य देशका कुन समूहहरूलाई समर्थन दिने/नदिने भन्ने निर्णय इरानको आन्तरिक विषय भएको पनि इरानी विदेशमन्त्री अब्बास अराक्चीले मस्कटको छलफलपछि बताएका थिए।

    Post Views: 136
    प्रकाशित मिति: २०८२ फाल्गुन ८, शुक्रबार २२:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने
    इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो
    नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !
    Advertisement
    ताजा अपडेट
    • १. मेटाले क्यानडा १० बिलियन डलरको नयाँ डाटा सेन्टर बनाउने

    • २. इरानद्धारा स्टेट अफ होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकासँगको तनाव चुलियो

    • ३. नेपालमा किन बढ्दै छन् आत्मदाहा ? दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्य !

    • ४. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.