• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकाको भर्जिनियामा हतियार प्रहारबाट एकै परिवारका २ नेपालीको मृत्यू, १ गंभीर घाईते

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन १२, मंगलवार ०९:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र हत्याकाण्ड भएको समाचार छ। छत्रबहादुर थापाले आफ्नै परिवारका सदस्यहरूमाथि धारिलो हतियारले अन्धाधुन्ध प्रहार गरी श्रीमती र छोरीको हत्या गरेको स्थानीय समाचारहरुले जनाएका छन । पायरफक्सस्थित अपार्टमेन्टमा घरेलु हिंसा भइरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको बताइएको छ । मृतकहरुको उदयपुर बेलका नगरपालिकाका नेपाल ठेगाना भएको बताइएको छ ।

    घटनाको समयमा छत्रबहादुरका ज्वाइँ ३५ वर्षीय सन्तोष कुमार बस्नेत घरबाहिर कारबाट हिउँ पन्छाउँदै थिए। भित्र झगडा भएको आवाज सुनेर ९११ मा फोन गर्दै उनी घरभित्र पस्दा आफ्नी श्रीमती ३१ वर्षीया ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रक्ताम्मे अवस्थामा फेला पारेको समाचारमा उल्लेख छ । उनीहरुको हत्यापछि छत्रबहादुरले सन्तोषमाथि पनि सोही हतियारले आक्रमण सुरु गरेका बताइएको छ ।

    प्रहरी अधिकारीहरू घटनास्थल पुग्दा छत्रबहादुरले सन्तोषमाथि प्रहार गरिरहेको अवस्थामा फेला पारेका थिए। प्रहरीले पटक पटक हतियार फाल्न दिए पनि आदेश नमानेपछि प्रहरीले गोली चलाउँदा आक्रमणकारी छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । यस भीषण आक्रमणमा परी बिन्दा थापा र ममता थापाको मृत्यु भएको छ भने गम्भीर घाइते सन्तोष कुमार बस्नेतको अवस्था अत्यन्तै नाजुक रहेको समाचारमा उल्लेख छ।

    घटनामा ज्वाइँ गम्भीर घाइते भएका छन् र अस्पतालमा उपचाररत छन्। घरमा रहेका एक वर्षका बालक भने सकुशल फेला परेका छन्। आक्रमणमा प्रयोग गरिएको छुरा घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ। यस घटनाले भर्जिनियामा बसोबास गर्ने नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

    Post Views: 84
    प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार ०९:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.