• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

९ देशका प्रतिनिधिबाट नेपालको निर्वाचन पर्यवेक्षण शुरु

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन २१, बिहीबार ०५:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    प्रतिनिधि सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ। आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरुलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

    उनले निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको बताए। उनकाअनुसार विदेशी पर्यवेक्षकहरू मतदान कार्यदेखि मतगणना सम्मको पर्यवेक्षण गर्ने हुँदा शनिवारसम्म नेपालमै रहनेछन्। यस अवधिमा उनीहरू आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने प्रवक्ता भट्टराईले बताए।

    उनले भने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि आउनुभएका विभिन्न देशका निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुलाई निर्वाचनको बारेमा ब्रिफिङ गरेको छ। उहाँहरु ऋायोगको निमन्त्रणामा हिजो र आज नेपाल आइपुग्नुभएको हो। हामीले आमन्त्रण गरेका निकायहरुमध्ये विभिन्न ९ वटा देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा त्यहाँका कमिसनरहरु आउनुभएको छ।’

    उनले थपे, ‘उहाँहरुलाई हामीले निर्वाचनको बारेमा जानकारी गरायौँ। उहाँहरुले मतदान सम्पन्न भई मतगणना प्रारम्भ अर्थात शनिवार सम्म नेपालमा रहुनुहुनेछ। र यहाँ रहँदासम्म उहाँहरुले आयोगसँगको समन्वयमा तोकिएका मतदान केन्द्रहरुमा गएर मतदानको अवस्था हेर्नुहुनेछ । र धेरै जनाले हामीलाई बताउनुभएअनुसार मतदान पश्चात मतगणनाको समेत सर्वेक्षण गर्न उहाँहरु इच्छुक हुनुहुनेछ। मतगणनाको समेत अवलोकन गर्नुहुनेछ। यो निर्वाचनलाई विशेष चासोको रुपमा हेरेको सन्दर्भमा निर्वाचन आयोगले उहाँहरुका जिज्ञासाहरु मेटिने गरी तथ्यसहित जानकारी गराएको छ।’

    निर्वाचन पर्यवेक्षणका लागि रुस, मलेसिया, जापान, श्रीलंका, माल्द्विभ्स, भूटान, इण्डोनेसिया र बङ्गलादेशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरु नेपाल आइसकेका छन्। विदेशस्थित नेपाली कुटनीतिक आयोगका प्रमुख तथा प्रतिनिधिहरु समेत निर्वाचन पर्यवेक्षण गर्ने भट्टराईले जानकारी दिए।

    Post Views: 116
    प्रकाशित मिति: २०८२ फाल्गुन २१, बिहीबार ०५:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.