• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख १७, बिहीबार ०४:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालस्थित अमेरिकी दूतावास एमसीए नेपाल र नेपाल सरकारसँग एमसीसी नेपाल सम्झौताअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम उक्त परियोजनाको कार्यान्वयनमा एक महत्त्वपूर्ण कोसेढुङ्गो हो । जसले अमेरिका र नेपालबिच रहेको साझेदारीको मजबुती र नेपालका सर्वाधिक महत्त्वपूर्ण पूर्वाधारसम्बन्धी कार्यमध्ये एउटामा भएको नयाँ प्रगतिलाई प्रतिबिम्बित गर्दछ । उक्त बृहत्तर सम्झौतामा एमसीसीबाट ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर गरी कुल ७४ करोड ७० लाख डलरको संयुक्त लगानी समावेश रहेको अमेरिकी दुतावासबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    एमसीए नेपालले पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य बुधबारदेखि थालेको छ ।

    यो सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ।

    यसबाट बलियो एवम् टिकाउ सडक निर्माण हुने एमएसीए नेपालले जनाएको छ । ‘पहिल्यै भएका आस्फाल्ट पदार्थ पुनःप्रयोग गरी वातावरणीय प्रभाव न्यूनीकरण गरेर यस पद्धतिले सडक मर्मतमा गरिएको लगानीलाई दीर्घकालका लागि थप भरपर्दो तथा लागत प्रभावकारी बनाउन सहयोग गर्नेछ’ एमसीए नेपालले एक विज्ञप्तिमा भनेको छ, ‘यस आयोजनाले सडकको दुवैतर्फ सात मिटर चौडा क्यारिजवे र साढे दुई मिटर चौडा सोल्जर निर्माण गरेर सडकलाई १२ मिटर चौडा बनाउनेछ।’

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गर्दै सडकको राम्रो गुणस्तर र टिकाउपना सुनिश्चित गर्ने एफडीआर तथा सुपरपेभ जस्ता आधुनिक प्रविधि प्रयोगको सराहना गरे । ‘यो सडक खण्डको स्तरोन्नतिले यात्रालाई थप सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्थानीय व्यवसायी, किसान तथा उद्यमीका लागि नयाँ अवसरहरू पनि सिर्जना गर्नेछ’ उनले भने ।

    यसैगरी नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी नेपाल कम्प्याक्टमार्फत ढुवानी लागत घटाउने, सुरक्षा वृद्धि गर्ने तथा समुदायहरूलाई बजार र अवसरहरूसँग जोड्ने उच्च पूर्वाधारमा लगानी भएको बताए ।

    ‘यस आयोजनाले नेपालको भविष्यप्रति हाम्रो विश्वास र दिगो आर्थिक वृद्धिका लागि संयुक्त निष्ठालाई प्रतिविम्बित गर्छ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले आयोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

    एमसीसीका राष्ट्रिय आवासीय उप–निर्देशक सञ्जय पौड्यालले आधुनिक प्रविधि प्रयोग गरेर सबल एवम् लागत प्रभावकारी पूर्वाधार निर्माणमा नेपाललाई सघाउने एमसीसीको प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उल्लेख गरे ।  समारोहलाई सम्बोधन गर्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो आयोजना प्रभावकारी रूपमा, पारदर्शितापूर्वक तथा उच्चतम गुणस्तरसहित सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

    Post Views: 20
    प्रकाशित मिति: २०८३ बैशाख १७, बिहीबार ०४:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न
    संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?
    मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी
    Advertisement
    ताजा अपडेट
    • १. हार्वर्ड र एमआईटीमा ‘द नेपाल डिस्कोर्स’ को पहिलो सम्मेलन सम्पन्न

    • २. एमसिए नेपालले सुरू गर्‍यो धानखोला–लमही सडक खण्ड स्तरोन्नतिको काम

    • ३. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    • ४. मध्यपुर्वको ३ देशमा मात्रै अबैध नेपालीको संख्या ३ लाख ७१ भन्दा बढी

    • ५. अमेरिकामा मनाइयो नेपाल दिवस

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.