• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका पठाउने प्रलोभनमा युवतीलाई बन्धक बनाउने वडाध्यक्ष पक्राउ

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ३१, बिहीबार ०३:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    वैदेशिक रोजगारीका लागि दुबई जान लागेकी युवतीलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा एक जनप्रतिनिधि पक्राउ परेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा महानगरपालिका वडा नं. १७ बाट पक्राउ गरेको हो।

    सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत भएको चिनजानका आधारमा थापाले पीडित युवतीलाई ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए। थापाले ती युवतीलाई २०७८ वैशाख ११ गते काठमाडौँबाट दुबई पुर्‍याएर एक महिनासम्म होटलमा राखेको बताइएको छ।

    दुबईमा रहँदा भिसा प्रक्रियाका लागि भन्दै थापाले एजेन्टमार्फत पीडित युवतीको राहदानी (पासपोर्ट), फोटो र ३५ हजार दिराम (करिब ८ लाख रुपैयाँ) लिएर भिजिट भिसा तयार गरेको पाइएको छ। त्यसपछि पीडितलाई हवाईमार्ग हुँदै बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया पुर्‍याइएको थियो।

    एक वर्षसम्म कोलम्बियामा बन्धक बनाइएकी ती युवतीलाई अमेरिका लैजाने प्रलोभन देखाएर शारीरिक तथा मानसिक यातना दिनुका साथै जबरजस्ती करणी समेत भएको ब्युरोले जनाएको छ।

    थापाले रकम पाएपछि आफ्ना एजेन्टमार्फत पीडित युवतीलाई कोलम्बियाबाट पानामाको जङ्गल हुँदै मेक्सिकोको सिमाना सम्म पुर्‍याउन लगाएका थिए। त्यहाँ पुगेपछि पुनः २० हजार डलर माग गरिएको र सो रकम दिन नसक्दा एजेन्टहरूले पीडितलाई मेक्सिकोमै अलपत्र छाडेर सम्पर्कविहीन भएका थिए।

    अलपत्र परेकी पीडितले अमेरिकामा रहेका आफन्त र अमेरिकास्थित नेपाली राजदूतावासको समन्वयमा एकतर्फी यात्रा अनुमति पत्र बनाएर २०८३ वैशाख २ गते नेपाल फर्कन सफल भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

    पीडित युवतीले आफूलाई नेपाल फर्काइदिन आग्रह गर्दा प्रतिवादी थापाले उल्टै थप रकम माग गर्दै रकम नदिए ‘जे पनि हुनसक्ने’ भन्दै धम्की दिएका थिए। ज्यान जोगाउन पीडितले अमेरिकामा रहेका साथीमार्फत बैंक खाता र वेस्टर्न युनियनबाट पटक-पटक गरी ९८ हजार ९०० अमेरिकी डलर (करिब १ करोड ४२ लाख रुपैयाँ) बुझाएकी थिइन्। ती बैंक खाताहरू थापाले नै उपलब्ध गराएका थिए।

    नेपाल आएर पीडित युवतीले दिएको उजुरीका आधारमा ब्युरोको टोलीले थापालाई २०८३ वैशाख २८ गते पोखराबाट पक्राउ गरेको हो।

    युवतीलाई विभिन्न देश पुर्‍याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोप वडाध्यक्ष थापामाथि लागेको छ। काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन्।

    त्यसैगरी राससका अनुसार वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरूङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

    उनले भने, ‘सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रूपैयाँ, शम्भु गौतमले न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रूपैयाँ तथा सनम गुरूङले क्यानडा पठाउने भन्दै २४ लाख रूपैयाँ रकम लिएको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूका उजुरीका आधारमा पक्राउ गरिएको हो।’

    उनीहरू तीनै जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बुधबार वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए

    Post Views: 11
    प्रकाशित मिति: २०८३ बैशाख ३१, बिहीबार ०३:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अष्ट्रेलियाको ‘पीआर’का लागि नयाँ नियम- दक्ष कामदारलाई प्राथमिकता
    ट्रम्पलाई बेइजिङमा उच्च सम्मान, ट्रम्पको सम्मानमा स्टेट डिनर
    इरान युद्धमा अमेरिकाको २९ अर्ब डलर खर्च ! इरान युद्धमा अमेरिकाको २९ अर्ब डलर खर्च !
    Advertisement
    ताजा अपडेट
    • १. अष्ट्रेलियाको ‘पीआर’का लागि नयाँ नियम- दक्ष कामदारलाई प्राथमिकता

    • २. ट्रम्पलाई बेइजिङमा उच्च सम्मान, ट्रम्पको सम्मानमा स्टेट डिनर

    • ३. इरान युद्धमा अमेरिकाको २९ अर्ब डलर खर्च !

    • ४. आगामी ४ वर्षमा काठमाडौंमा रहेका जनसख्या बराबरको नागरिक बिदेसिन सक्छन् !

    • ५. अमेरिका पठाउने प्रलोभनमा युवतीलाई बन्धक बनाउने वडाध्यक्ष पक्राउ

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    • ५. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.