• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

श्रीलंकामा राजदूतावास बनाउन किनिएको जग्गा दुई पटक निजी व्यक्तिलाई बिक्री

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ३, आईतवार ०५:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारी कार्यालयहरूले आफ्नो स्वामित्वमा रहेका घर, जग्गा तथा अन्य सम्पत्तिको स्पष्ट र अद्यावधिक अभिलेख राख्नुपर्ने आवश्यकता फेरि उजागर भएको छ। महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनले विदेशस्थित नेपाली सरकारी सम्पत्तिको व्यवस्थापनमा गम्भीर कमजोरी रहेको तथ्य सार्वजनिक गरेको हो।

    प्रतिवेदनअनुसार श्रीलंकाको कोलम्बोस्थित राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्ने उद्देश्यले सन् १९८९ मे १८ मा ३ लाख ६० हजार अमेरिकी डलरमा खरिद गरिएको करिब १.५ एकड जग्गा हालसम्म पनि नेपाल सरकारको नाममा आधिकारिक रूपमा दर्ता हुन सकेको छैन। अहिले उक्त जग्गाको मूल्य श्रीलंकाको सरकारी मूल्याङ्कनअनुसार करिब ६५ लाख अमेरिकी डलर पुगेको उल्लेख गरिएको छ।

    महालेखापरीक्षकको प्रतिवेदनमा उक्त जग्गा प्रयोगविहीन अवस्थामा रहेको जनाइएको छ। सरकारले कम्पाउण्ड वाल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि स्वामित्वसम्बन्धी कानुनी स्पष्टता नहुँदा दूतावासले रकम खर्च गर्न सकेको छैन।

    प्रतिवेदनमा श्रीलंकाको सरकारी घरजग्गा व्यवस्थापन निकायमा गरिएको खोजीका क्रममा नेपाल सरकारको नाममा रहेको भनिएको जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म आइपुग्दा दुई पटक निजी व्यक्तिलाई बिक्री भइसकेको विवरण फेला परेको उल्लेख छ। यसले सरकारी सम्पत्तिको अभिलेख संरक्षण र कानुनी निगरानीमा गम्भीर कमजोरी रहेको देखाएको महालेखाको निष्कर्ष छ।

    महालेखापरीक्षकले उक्त जग्गा पुनः नेपाल सरकारकै स्वामित्वमा ल्याई संरक्षण तथा उपयोगका लागि तत्काल आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ। विदेशस्थित नेपाली सम्पत्तिको सुरक्षा, अभिलेखीकरण र कानुनी स्वामित्व सुनिश्चित गर्न प्रभावकारी संयन्त्र आवश्यक रहेको विषय पनि प्रतिवेदनले औँल्याएको छ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ जेष्ठ ३, आईतवार ०५:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
    अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने
    द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क

    • २. अमेरिका र इरानबीच २४ घन्टाभित्र सम्झौता हुने

    • ३. द्वन्द्व र उत्पीडनका कारण ५४ लाख मानिसहरू शरणार्थी

    • ४. बेलायतका रक्षामन्त्री जोन हेलीले दिए राजीनामा

    • ५. पोर्चुगलमा मनाइयो ७३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    चर्चित
    • १. घले दम्पतीको दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ सन्चालनको अन्तिम चरणमा

    • २. भारतमा शुरु भयो जेन्जी आन्दोलन, युवाहरुको सहभागीता कम

    • ३. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • ४. अमेरिकी भिषा अन्तर्वार्ताका लागि बढी रकम तिरेर फास्ट ट्रयाक सेवा लिन पाईने !

    • ५. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.