• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १२, मंगलवार ०६:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+
    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि स्थिर रहेको तलब अब बढाउने दिशामा सरकार सकारात्मक देखिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याउने नयाँ बजेटमार्फत तलब वृद्धि घोषणा गर्ने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ। कर्मचारीको मनोबल कमजोर हुनुका साथै सरकारी सेवाप्रतिको आकर्षण घट्दै गएको निष्कर्षपछि सरकार तलब वृद्धि गर्न बाध्य भएको बताइएको छ।
    निजामती सेवा ऐन २०४९ अनुसार प्रत्येक तीन वर्षमा तलब पुनरावलोकन गर्नुपर्ने व्यवस्था भए पनि पछिल्ला तीन आर्थिक वर्षमा कर्मचारीको तलब बढेको थिएन। अन्तिम पटक आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले वृद्धि गरेका थिए।
    तलब भत्ता पुनरावलोकन समितिले सरकारलाई तलब वृद्धि गर्न औपचारिक सिफारिस गरिसकेको छ। मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा रहेको समितिमा अर्थसचिव डा. घनश्याम उपाध्याय र सामान्य प्रशासन सचिव चन्द्रकला पौडेल सदस्य रहेका छन्। समितिले कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउन सुझाव दिएको स्रोतको दाबी छ।हाल कार्यालय सहयोगीको तलब २४ हजार ७०२ रुपैयाँ र मुख्यसचिवको तलब ७७ हजार २११ रुपैयाँ रहेको छ। तलब वृद्धि भएमा राज्यको आर्थिक दायित्व थप ३५ अर्ब रुपैयाँसम्म बढ्न सक्ने अनुमान गरिएको छ।
    सरकारी अधिकारीहरूका अनुसार लामो समयसम्म तलब नबढ्दा कर्मचारीमा नैराश्यता बढेको छ। निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाको आकर्षण घट्नुका साथै आधारभूत आवश्यकता पूरा गर्न कठिन हुँदा अनियमित लेनदेन र भ्रष्टाचारको जोखिम समेत बढेको निष्कर्ष सरकारको छ। यद्यपि तलब वृद्धि गर्ने विषयमा राजस्व संकलन र राज्यको वित्तीय क्षमता मुख्य चुनौतीका रूपमा रहेको बताइएको छ। चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि जेठको पहिलो सातासम्म करिब ६८ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। सरकारले राजस्वको दायरा विस्तार, अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने तथा कर प्रणाली सुधारमार्फत तलब वृद्धि व्यवस्थापन गर्ने तयारी गरिरहेको बताइएको छ।
    Post Views: 76
    प्रकाशित मिति: २०८३ जेष्ठ १२, मंगलवार ०६:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !
    कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य
    नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता
    Advertisement
    ताजा अपडेट
    • १. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. फिफा विश्वकप २०२६: अर्जेन्टिना अन्तिम १६ मा, कडा टक्कर दिएर बाहिरियो केप भर्डे

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.