• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

"इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने  "
  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १५, शुक्रबार ०५:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको लागि आवेदन खुलाएको छ । परराष्ट्रले सात पृष्ठको ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ जारी गर्दे राजदूतको लागि खुला आवेदन माग गरेको हो । राजदूतको लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गतेसम्म तोकिएको छ ।

    “मन्त्रालयले विभिन्न देशहरूमा नेपालको राजदूत पदमा नियुक्तिको लागि दक्ष र योग्य नेपाली नागरिकहरूबाट आवेदनहरू माग गर्दछ,” ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपालमा जनाइएको छ ।

    नेपालको इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला दरखास्त आह्वान गरिएको हो । परराष्ट्रले चीन, अमेरिका, भारतलगायत १३ देशमा राजदूत नियुक्ति गर्न आवेदन माग गरेको छ ।

    ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपालमा राजदूत हुनको लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । योग्यतामा राजदूतको लागि आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्नेछ । नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक उपाधि हासिल गरेको हुनुपर्ने छ ।

    यस्तै, सरकारी सेवाबाट बर्खास्त गरिएको वा भविष्यमा सरकारी जागिरको लागि अयोग्य घोषित गरिएको व्यत्तिले आवदेन दिन पाउने छैनन् । विदेशको कुनै पनि स्थायी वा अस्थायी बसोबास अनुमतिपत्र वा अध्यागमन लाभ धारण गरेको व्यक्तिले पनि आवेदन दिन नपाउन उल्लेख छ ।

    राजदूतमा हुनुपर्ने न्यूनतम योग्यतामा भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित कुनै पनि अपराधको लागि अदालतबाट दोषी ठहरिएको हुनु नहुने उल्लेख छ । नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय/बहुपक्षीय कूटनीतिमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्तिले मात्र आवेदन दिन पाउनेछन् ।

    देश वा पदस्थापना गर्ने संस्थामा गरिने प्रमुख कार्यहरूसँग सम्बन्धित ज्ञान तथा अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकमा अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्नेछ र आयोजक देशको आधिकारिक भाषाको ज्ञान भए थप राम्रो हुनेछ ।

    प्रस्तावित पदस्थापना भएको देशमा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व वा निहित स्वार्थ हुनहुने जनाइएको छ । अन्तर्राष्ट्रिय वा विदेशी सहायताद्वारा वित्त पोषित कुनै पनि गैर–सरकारी संस्थामा हाल कार्यरत हुननहुने उल्लेख गरिएको छ ।

    आवदेश उच्च नैतिक चरित्र र नैतिक हैसियत भएको हुनुपर्नेछ । अत्यधिक कठिन परिस्थितिमा काम गर्न सक्ने र नेपाल सरकार वा अन्य अन्तर्राष्ट्रिय निकायहरूद्वारा राखिएको कुनै पनि कालोसूचीमा नभएको हुनुपर्नेछ ।

    यदि पहिले कुनै विदेशी राज्यद्वारा तलब पाउने पदमा नियुक्त गरिएको छ भने, त्यो भूमिका छोडेको कम्तीमा १० वर्ष पूरा गरेको हुनुपर्नेछ । कूटनीतिक सम्बन्ध र कन्सुलर सम्बन्धसम्बन्धी भियना महासन्धि र सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यासहरूको ज्ञान भएकोले मात्र आवेदन दिन भनिएको छ ।

    Post Views: 96
    प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार ०५:४३
    Advertisement
    संबन्धित शिर्षकहरु
    नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी
    काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा
    राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज
    Advertisement
    ताजा अपडेट
    • १. नेपाली युवाले खोलेको ‘आर्किटेक्ट ल्याब्स’ले जुटायो २ करोड ४० लाख डलरको प्रारम्भिक लगानी

    • २. काठमाडौं उपत्यकादेखि सिलिकन भ्यालीसम्मको यात्रामा नेपाली युवाको यात्रा

    • ३. राहदानी छपाइमा अनियमितताः पूर्वपराष्ट्रमन्त्री र सचिवसँग अख्तियारको बयान कागज

    • ४. इजरायलमा केयरगिभर : आवेदकले प्रहरी प्रतिवेदन पछि बुझाउँदा हुने

    • ५. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ४. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ५. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.