• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ १५, शुक्रबार ०६:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको कोलोराडोमा सम्पन्न भइरहेको नवौँ नेपाली साहित्य सम्मेलनको भव्य समारोहबीच लेखक डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण (कभर) सार्वजनिक गरिएको छ।

    नेपाललगायत विश्वका विभिन्न मुलुकबाट सहभागी हुनुभएका विशिष्ट अतिथिहरू, साहित्यानुरागी तथा स्थानीय कोलोराडोवासी सहित करिब २५० जनाको गरिमामय उपस्थितिका बीच सम्मेलनको पहिलो दिन उक्त आवरण अनावरण गरिएको हो।

    आवरण सार्वजनिक कार्यक्रममा नेपाली वाङ्मयका विशिष्ट स्रष्टाहरूको विशेष उपस्थिति रहेको थियो। सम्मेलनका प्रमुख अतिथि डा. नवराज लम्साल, अन्तरास्ट्रिय नेपाल साहित्य समाज (अनेसास) का अध्यक्ष सर्बज्ञ वाग्ले, अनेसास ट्रस्टीका सभापति पदम विस्वकर्मा, मदन पुरस्कार बिजेता डा निलम कार्की निहारिका, डा. ऋषि वस्ताकोटी, डा. शरद परासर, सुरेश कुमार भट्ट, र गोविन्द अधिकारीको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

    समारोहमा संक्षिप्त मन्तव्य राख्दै साहित्यकार डा. ऋषि बस्ताकोटीले भने, “जीवनभर प्राज्ञिक अध्ययन र अनुसन्धानका माध्यमबाट विश्वभर ख्याति प्राप्त गर्नुभएका डा. गिरीले नेपाली साहित्यमा प्रवेश गरेर सिर्जना गर्नुभएको यो उपन्यास अत्यन्तै उच्च कोटीको र पठनयोग्य हुने कुरामा म पूर्ण विश्वस्त छु।”

    त्यसै गरी आफ्नो कृतिको भावभूमिबारे प्रकाश पार्दै लेखक डा. चन्द्र गिरीले भने, “यो उपन्यास केवल एउटा कथा मात्र नभएर सुन्दर सपनाको खोजीमा हिँडिरहेका असङ्ख्य प्रवासीहरूको एउटा सजीव र करुण मानवीय दस्तावेज हो।”

    बुकहिल प्रकाशनद्वारा जेठ महिनाको अन्तिम साता बजारमा ल्याउन लागिएको यस उपन्यासले वैदेशिक सपना, विस्थापन, सङ्घर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर समकालीन नेपाली समाजको एउटा कठाङ्ग्रिँदो यथार्थलाई साहित्यिक रूप दिएको छ।

    सार्वजनिक गरिएको आवरणमा एक यात्री मरुभूमि र सिमाना पार गर्दै अनिश्चित गन्तव्यतर्फ अघि बढिरहेको दृश्य देखिन्छ, जसले ‘डंकी रुट’ मार्फत हुने जोखिमपूर्ण आप्रवासन यात्राको प्रतीकात्मक चित्रण गर्दछ। पुस्तकको कलात्मक कभर डिजाइन सचिन यगोल श्रेष्ठले तयार पारेका हुन्।

    आवरण सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय साहित्यिक वृत्त तथा पाठकहरूमा डा. गिरीको यस कृतिप्रति उल्लेखनीय चासो देखिएको छ।

    Post Views: 17
    प्रकाशित मिति: २०८३ जेष्ठ १५, शुक्रबार ०६:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा
    अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला
    मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • २. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    • ३. अमेरिका र चिनसहित १३ देशका लागि राजदूत पदमा आवेदन खुल्ला

    • ४. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ५. सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन: मानवअधिकार आयोग प्रतिवेदन

    चर्चित
    • १. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • २. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ३. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.