परराष्ट्र मन्त्री शिशिर खनाल आज जेठ २२ गते शुक्रबार भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा तीन दिने भ्रमणका लागि खनाल नयाँ दिल्ली जान लागेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामीछाने भारतमा रही रहेको बेला परराष्ट्रमन्त्रि खनाल छोटो तयारीको बावजुत जान लागेका हुन । भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

वार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, उर्जा लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै हुन लागेको खनालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। मन्त्री खनाल गत महिना नै बाघ सम्मेलनमा सहभागी हुन भारत जाने कार्यक्रम तय भएको थियो। त्यसक्रममा द्विपक्षीय भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा उक्त सम्मेलन स्थगित भएको थियो। भारतीय विदेश मन्त्री जयशंकर र नेपालका परराष्ट्रमन्त्री खनालबीच यसअघी मौरिससमा भेटवार्ता भएको थियो। खनाल जेठ २४ गते नेपाल फर्कनेछन्। प्रधानमन्त्रि बालेन्द्र शाहले संसदमा बोलेको विषयमा भारतीय पक्षले आफ्नो अडान निश्चित गरेको अवस्थामा भारतीय पक्षले परराष्ट्रमन्त्रि खनाललाई स्वागत गर्न लागेका हुन ।





