• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण ४, सोमबार ०४:१० प्रकाशित
    Spain's forward #07 Ferran Torres celebrates scoring his team's first goal during the 2026 World Cup football tournament final match between Spain and Argentina at the New York/New Jersey Stadium in East Rutherford on July 19, 2026. (Photo by FRANCK FIFE / AFP via Getty Images)
    • अ-
    • अ
    • अ+

    अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।

    निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको सुरुवातमै स्पेनले अग्रता लिँदै उपाधि हात पार्‍याे । स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।

    यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।

    विश्वविजेता स्पेनले सन् २०२६ फिफा विश्वकपको उपाधि जिते संगै फुटबल इतिहासकै सबैभन्दा ठूलो नगद पुरस्कार प्राप्त गरेका छन । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले विश्वकप विजेतालाई ५ करोड अमेरिकी डलर पुरस्कारबाट पुरस्कृत गरेको छ । यो रकम सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिनाले पाएको ४ करोड २० लाख अमेरिकी डलरभन्दा ८० लाख डलर बढी हो। ४८ टोली सहभागी भएको विस्तारित विश्वकपसँगै पुरस्कार रकममा पनि उल्लेखनीय वृद्धि गरिएको फिफाले जनाएको छ।

    फिफाका अनुसार उपविजेताले ३ करोड ३० लाख अमेरिकी डलर, तेस्रो हुने टोलीले २ करोड ९० लाख अमेरिकी डलर र चौथो स्थान हासिल गर्ने टोलीले २ करोड ७० लाख अमेरिकी डलर प्राप्त गर्नेछन्। क्वार्टरफाइनल, अन्तिम १६, अन्तिम ३२ तथा समूह चरणबाट बाहिरिने टोलीहरूका लागि पनि छुट्टाछुट्टै पुरस्कार रकम निर्धारण गरिएको छ।

    यस संस्करणमा फिफाले प्रदर्शनका आधारमा वितरण गरिने पुरस्कार रकम ६५ करोड ५० लाख अमेरिकी डलर पुर्‍याएको छ। तयारी खर्च, सहभागिता अनुदान तथा अन्य आर्थिक सहयोगसमेत जोड्दा विश्वकप २०२६ का लागि कुल आर्थिक वितरण ८७ करोड १० लाख अमेरिकी डलर पुग्नेछ, जुन विश्वकप इतिहासकै सबैभन्दा ठूलो आर्थिक प्याकेज हो।

    फिफाले पुरस्कार रकम प्रत्यक्ष खेलाडीलाई नभई सम्बन्धित राष्ट्रिय फुटबल संघलाई उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसपछि सम्बन्धित देशका फुटबल संघहरूले आफ्ना नियमअनुसार खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीबीच रकम बाँडफाँट गर्नेछन्।

    विश्वकप २०२६ संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेका हुन्। ४८ टोली सहभागी भएको यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ।

     

    Post Views: 84
    प्रकाशित मिति: २०८३ श्रावण ४, सोमबार ०४:१०
    Advertisement
    संबन्धित शिर्षकहरु
    जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?
    रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !
    रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट
    Advertisement
    ताजा अपडेट
    • १. जापानमा नेपालीको बढ्दो मृत्यू, आत्महत्या कारण के हो ?

    • २. रुस-युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका ‘भाडाका सैनिक’ १ सय ३१ नेपाली मृत्यु !

    • ३. रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो, पुरस्कार २ करोड ९० लाख अमेरिकी डलर

    चर्चित
    • १. अमेरिकामा अन्तर्राष्ट्रिय विधार्थीमाथी थप कडाईको संकेत !१७ प्रतिशत अन्तर्राष्ट्रिय विधार्थी घटेको तथ्यांक ?

    • २. नयाँ राजदुत नियूक्तिमा प्रधानमन्त्रि र परराष्ट्रमन्त्रिको आआफ्नै लिष्ट !

    • ३. अमेरिकी ग्रीनकार्ड पाउन अब एक लाख डलर धरौटी !

    • ४. अर्जेन्टिनालाई हराउँदै स्पेनले १–० ले जित्यो विश्वकपको उपाधि

    • ५. मेसीलाई पछि पार्दै एमबाप्पे विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी, “गोल्डन बुट” एम्बापेले पाउने निश्चत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.