• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

  •  खबरमाला संवाददाता
  • २०८३ श्रावण २३, शनिबार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुसले सन् २०२६ मा आफ्नो सुनको ठूलो हिस्सा बिक्री गरेको छ । विश्लेषकहरूका अनुसार युक्रेन युद्धका कारण बढ्दो रक्षा खर्च, बजेट घाटा र आर्थिक दबाब व्यवस्थापन गर्न रुसले यो कदम चालेको हो ।

    रुसी केन्द्रीय बैंकका अनुसार जुलाईको सुरुसम्म रुससँग दुई हजार २८२ मेट्रिक टन सुन बाँकी रहेको छ । यो वर्षको सुरुभन्दा करिब ४३.५ मेट्रिक टन कम हो । फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण सुरु भएयताकै यो सबैभन्दा कम स्तरको सुन सञ्चिति भएको बताइएको छ ।

    सुनको मूल्य यस वर्ष उच्च रहेकाले रुसले सुन बिक्रीबाट ५ अर्ब डलरभन्दा बढी रकम जुटाएको अनुमान गरिएको छ । अर्थशास्त्री एलिना रिबाकोभाले सुन बिक्रीले रुसका सजिलै नगदमा बदल्न सकिने अन्य सम्पत्तिहरू घट्दै गएको संकेत गर्ने बताए । युद्धका कारण बढेको बजेट घाटा पूर्ति गर्न सरकारमाथि दबाब बढेकाले सुन बेच्नुपरेको उनको भनाइ छ ।

    युक्रेन युद्ध सुरु भएयता रुसको रक्षा खर्च लगातार बढिरहेको बताइएको छ । सन् २०२१ को तुलनामा रक्षा बजेट चार गुणाभन्दा बढी पुगेको छ । सन् २०२५ मा मात्रै रुसले करिब १६ ट्रिलियन रुबल रक्षा क्षेत्रमा खर्च गरेको थियो ।

    सुन बिक्री संकटको संकेत हो ?

    वित्तीय विश्लेषक क्रिस विफर सुन बिक्रीलाई तत्काल आर्थिक संकटको संकेतका रूपमा लिनु उचित नहुँने बताउँछन् । उनले यो सुन रुसी केन्द्रीय बैंकले नभई अर्थ मन्त्रालयले राष्ट्रिय कल्याण कोष मार्फत बिक्री गरेको बताए ।

    युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धका कारण रुसले अमेरिकी ट्रेजरी बन्डजस्ता विदेशी सम्पत्तिमा लगानी गर्न नसकेपछि राष्ट्रिय कल्याण कोषमा सुन पनि राख्न थालेको थियो । अहिले आवश्यक पर्दा त्यही सुन बिक्री गरेर बजेट व्यवस्थापन गरिएको विफरले बताएका छन् ।

    उनले राष्ट्रिय कल्याण कोषको कुल आकार करिब १५० अर्ब डलर रहेको र त्यसमध्ये करिब ५० अर्ब डलर ‘तरल’ सम्पत्तिका रूपमा रहेको अनुमान रहेको बताए । आर्थिक कमजोरीको सन्देश जान सक्ने भएकाले क्रेमलिनले यो नगद सञ्चिति धेरै घटेको देखाउन नचाहने बताइएको छ ।

    रुस विश्वका सबैभन्दा ठूला सुन उत्पादकमध्ये एक हो । त्यसैले उसले आफ्नै देशमा उत्पादन भएको सुन किनेर भविष्यमा फेरि आफ्नो सञ्चिति बढाउन सक्छ । यही कारण सुन बिक्री गरे पनि रुससँग पुनः भण्डार बढाउने क्षमता रहेको विश्लेषकहरूको भनाइ छ ।

    युद्धको खर्च अझै धान्न सक्ला ?

    सरकारी अनुमानअनुसार सन् २०२६ मा रुसको बजेट घाटा जीडीपीको करिब १.६ प्रतिशत अर्थात् करिब ४० अर्ब डलरसम्म पुग्न सक्छ । यद्यपि, तेल र ग्यासको मूल्य बढेकाले ऊर्जा निर्यातबाट आएको आम्दानीले अहिलेका लागि रुसलाई केही राहत दिएको बताइएको छ ।

    विश्लेषकहरूका अनुसार रुसको आर्थिक अवस्था अब मुख्य रूपमा तेल र ग्यासबाट हुने आम्दानीमा निर्भर छ । यदि तेलको मूल्य उच्च रह्यो भने युद्धको खर्च धान्न सजिलो हुनेछ । तर, मूल्य धेरै घटेमा आर्थिक दबाब तीव्र हुन सक्ने बताइएको छ ।

    विश्लेषकहरूका अनुसार रुसले आगामी १२ देखि २४ महिनासम्म गैर–रक्षा क्षेत्रमा खर्च घटाएर युद्धलाई निरन्तरता दिन सक्ने सम्भावना छ । तत्काल वित्तीय संकट आउने जोखिम कम देखिए पनि दीर्घकालमा अर्थतन्त्रमा असन्तुलन बढ्दै जाने चेतावनी उनीहरूले दिएका छन् ।

    Post Views: 5
    प्रकाशित मिति: २०८३ श्रावण २३, शनिबार ०९:३१
    Advertisement
    संबन्धित शिर्षकहरु
    “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”
    एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा
    काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?
    Advertisement
    ताजा अपडेट
    • १. रसियाले युक्रेन युद्धबाट टाट पल्टिन लागेपछि ठुलो सख्यामा सुन बिक्री

    • २. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    • ३. एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डमा अगस्ट १० र ११ मा

    • ४. काठमाडौंमा शरणार्थीको जालोः सयौं रोहिंग्या कसरी पुग्यो काठमाडौं ?

    • ५. अमेरिकाले आप्रवासी भिसामा ‘पब्लिक चार्ज बन्ड’ सुरु, अस्वीकृत आवेदकले धरौटी राखेर भिसा पाउन सक्ने

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ३. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    • ४. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ५. “वायु सेवा निगमदेखि बैधखाना, दुग्ध विकास संस्थान सबै लय समात्ने बाटोमा”

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.