• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बर्षेनी २५ सय भन्दा बढीको ज्यान जाने सडक दुर्घटना न्यूनिकरणमा सरकारको ध्यान किन छैन ?

  •  
  • २०८० चैत्र २३, शुक्रबार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    केहिदिन यता बढेर गएको सडक दुर्घटनाले भयावह रुप धारण गरेको छ । प्रत्येक दिन जसो हुने सडक दुर्घटना जति नै भए पनि सरकारको ध्यान किन पुग्न सकेको छैन । पछिल्ला दिनहरुमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी शनिबार त्रिशूली नदीमा खस्यो। एउटै परिवारका पाँच सदस्यले ज्यान गुमाए। त्यसै दिन पोखरामा गुडिरहेको बस सडकबाट बल्ड्याङ खाँदै खस्यो र तल्लो सडकमा पुगेर ठडियो। लगत्तै आइतबार कास्कीको भदौरेमा सडकबाट जिप खस्यो। दुई जनाले मृत्युवरण गरे। दिनहुँ सडक दुर्घटनामा कसै न कसैले ज्यान गुमाइरहेकै छ।

    सरकारी तथ्यांकले नै भन्छ– सडक यातायातका साधनको दुर्घटनामा दैनिक सात जनाले ज्यान गुमाउँछन्। त्यसको सिधा तइांक हेदा बर्षमा २५ सय भन्दा बढीको ज्यान सडक दुर्घटनाबाट भैरहेको देखिन्छ तर किन सरकार यस्ता दुघटना न्यूनिकरण्न गर्न ध्यान दिंदैन । अकालमा कुनै पनि नागरिकको ज्यान जानु हुँदैन, झन् दुर्घटनामा त हुँदै हुँदैन। दुर्घटनाले ज्यानमात्रै लिँदैन, अंगभंग पनि बनाउँछ। घाइते बनाएर जीवनभर कामै गर्न नसक्ने पनि बनाउँछ। एउटा परिवार र समाजलाई मात्रै होइन, त्यो देशकै लागि नोक्सानी हो।

    नेपालमा जति पनि सडक छ, गतिलो छैन। एक त कालोपत्रे गरेको सडक कम छ, त्यही कालोपत्रेको पनि स्तरीय छैनन। भत्कनु, बिग्रनु बेलामा मर्मत नहुनु र सडकमै आहाल जम्नु सामान्य जस्तै छ। त्यसमाथि सडक यातायात गुडाउने शैली र संस्कारको पनि उत्तिकै कमी नेपालीमा छ। एक त सार्वजनिक यातायातका साधन हाँक्ने चालकमध्ये अधिकतर शैक्षिक योग्यताको कमी छ। चेतनाको अभाव छ। अवस्थ प्रतिस्पर्धाले गर्दा अस्वस्थ हँकाइले पनि दुर्घटना निम्तिरहेको छ। मादक पदार्थ सेवनलगायत कारण पनि सडक दुर्घटनासँग जोडिन्छन्। तर राज्यले सडक सुरक्षाको कुनै कार्यक्रम बनाउँदैन।

    सरकार केवल सडक यति निर्माण गर्‍यौं भनेर नापो सुनाउँछ, तर त्यसको स्तर र त्यहाँ यातायात सञ्चालन र नियमनमा कुनै ख्याल गर्दैन। सडक यातायात दुर्घटनाको भयावह हेर्दा सरकार संवेदनशील हुनै पर्नेछ। सडक सुरक्षाको देशव्यापी अभियान चलाउन जरुरी छ। सडक पूर्वाधारहरूलाई सुरक्षित बनाउने र साधन सञ्चालनको संस्कार बसाउन सकिएन भने दुर्घटना कम हुँदैन। नागरिकले अकालमा ज्यान गुमाइरहनुपर्छ। ट्राफिक नियमको पालना नेपालमा निकै फितलो छ। जरिबाना असुलीमा ट्राफिक प्रहरीको जति तदारुकता देखिन्छ, सचेतना बढाउने काममा भने ध्यान अत्यन्तै न्यून छ। दोष कसैले गरोस् र कारबाही गरुँ भन्ने भन्दा पनि दोष र कमजोरी नहुने वातावरण सिर्जना गर्ने दायित्व राज्यको हो।

    सरकारले बहुसंख्यक जनताले प्रयोग गर्ने सडक स्तारोन्नति र सवारी साधन व्यसवस्थापन गर्न बेलैमा ध्यान दिनु जरुरी छ । एउटा प्लेन दुर्घटना भएर २, ४ जनाको निधन हुँदा आयोग नै बनाएर नौटंकी गर्ने सरकार बर्षमा २५ सय भन्दा बढी नागरिकले अकालमा ज्यान गुमाउने गरी भईरहेको सडक दुर्घटना कम गर्ने समान्य प्रत्रियामा पनि किन सावधानी अपनाउँदैन आजको गंभीर प्रश्न हो ।

    Post Views: 138
    प्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार ०८:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई
    Advertisement
    ताजा अपडेट
    • १. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • २. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ३. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ४. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    • ५. अख्तियारमा उजुरीः स्थानीय तहमा भ्रष्ट्राचार बढेको की जनता सचेत भएका ?

    चर्चित
    • १. चुनाव बिथोलिने डरले जाँचबुझ आयोगको म्याद फागुन २४ (२५ दिन) सम्मलाई थपियो

    • २. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • ३. ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

    • ४. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.