• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गौरीराज जोशीको अध्यक्षतामा गैरआवासिय नेपाली व्यवसायी संघ दर्ता हुँदै, यस्तो बन्दैछ केन्द्रिय समिति

  •  
  • २०८० चैत्र २६, सोमबार ०२:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    खबरमाला, गैरआवासिय नेपाली संघका निर्वतमान महासचिव (अदालतको आदेश अघिका महासचिव )गौरी जोशीले गैरआवासिय नेपाली अभियानबाट अलग भएर प्रवासमा व्यवसाय गर्ने नेपाली व्यापारीहरुको छुट्टै संस्था गैरआवासिय नेपाली व्यवसायी संघ शुरु गर्ने भएका छन । संस्थाको दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै यस अभियानको संयोजक जोशीले भने हालसम्म एक हजार भन्दा बढी व्यवसायीहरु सम्पर्कमा आई सकेको र अरु आउने क्रममा रहेको बताए । संस्था सन्चालनका लागि विधानको काम सकिएको र दर्ता अन्तिम चरणमा पुगेको बताए । यो संस्थामा प्रवासमा बस्ने विसुद्ध व्यवसायमा संलग्न रहेकाले मात्रै सदस्यता पाउनेछन । जसको केन्द्रिय समितिको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, पाँच क्षेत्रीय(यूरोप, अमेरिकाज, एसियाना, एसिया र अफ्रिका) उपाध्यक्ष, कोशाध्यक्ष्य र २५ जनाको केन्द्रिय सदस्यहरु रहने छन । जोशीको यो अप्रत्यासित निर्णयले गैरआवासिय नेपाली संघलाई अपुरणीय क्षति हुने गैरआवासिय नेपाली संघका अभियान्ताहरुले बताउन थालेका छन ।

    अमेरिकामा आईटी व्यवसायमा जमेका जोशी यस संस्थाको संस्थापक अध्यक्ष बन्नेछन र ६ देखि एक बर्षमा बरिष्ठ उपाध्यक्ष रहने व्यक्ति स्वतह अध्यक्ष रहने प्रवाधान विधानमा उल्लेख रहेको बताए । जोशीका अनुसार यो सस्थाको संरचना नेपाली व्यापारीहरुको संस्था नेपाल उधोग वाणिज्य संघको जस्तो बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने विधानत व्यवस्था गरिएको बताए । अमेरिका, नेपाल र भारतमा समेत आइएटि व्यवसाय गरेर सफल उधमीको परिचय बनाएका जोशीको एनआरएनबाट अलग हुने घोषणालाई अप्रत्यासित मानिएको छ । जोशीले आफ्नो कदम अप्रत्यासित नभएको भन्दै भने यो संस्था एनआरएनको अब काम सकिएको भन्दै भर्खरै भएको अदालतको फैसालाले पनि निकास नदिने दावी गरे । आफु यस्ता कामभन्दा विवाद बढी हुने संस्थामा बस्न नसक्ने भन्दै आफुले शुरु गरेको अभियानमा विश्वभरीका साथीहरुको निकै ठुलो साथ र समर्थन रहेको दावी गरेका छन । नयाँ संस्थामा पहिलो चरणमा अमेरिका, युरोप र अष्ट्रेलियाका नेपालीहरुलाई समेटने र क्रमश एसिया र अफ्रिकामा पनि विस्तार गर्नेछौं । अदालतको फैसलापछि असन्तुष्ट बनेका जोशीले भने यो संस्थांपक र अग्रज भनौदाहरुको चंगुलमा पर्ने र सधै उनिहरुकै पेरीफेरीमा नपरे विवाद भईरहने भएकाले यस्ता सस्थामा बसेर कसैको उन्नति नहुने बताए ।
    सम्पुर्ण कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको र केहि दिनमा संस्थाको औपचारिक घोषणा भव्यताका साथ गरिने खबरमालालाई बताए । ‘संस्थाको स्वरुप नेपालमा दर्ता नगर्ने र अमेरिका,अष्ट्रेलिया वा यूरोपमा विदेशमै दर्ता गछौं । विदेशमा बस्ने नेपाली व्यवसायीलाई एकिकृत गर्ने र नेपालमा लगानी भित्र्याउन नेपाल सरकारसँग सहकार्य गर्ने बताए ।

    सर्वोच्च अदालतले गत बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।
    जोशीको यो तयारी बाहिर आए लगत्तै उनका निकट मानिएका समाजसेवी तथा सफल व्यवसायी एवं नेपाली काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले एक विज्ञप्ति जारी गर्दै गैरआवासिय नेपाली संघको विकल्प अन्य संस्था नरहेको भन्दै सबैको साझा संस्थाको रुपमा एनआरएनलाई नै अगाडी बढाउनुको विकल्प नभएको बताएका छन । उनले भनेका छन संस्था ठुलो हुँदै जाँदा केहि चुनौति आउँछन सबै मिलेर समाधान गर्दै अगाडी बढ्नुको विकल्प नयाँ सस्था बनाउन हुँदैन ।

    Post Views: 135
    प्रकाशित मिति: २०८० चैत्र २६, सोमबार ०२:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.