• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध भ्रूण हत्या, बलात्कार कसुरमा जाहेरी दर्ता

  •  
  • २०८० चैत्र २६, सोमबार ०३:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो ।

    नेकपा (एमाले)मा सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने–‘जाहेरी दर्ता गरेका छौँ ।’

    बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

    बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रूण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

    बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतकाे निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँका चोरी गरिएको पनि पीडितको दाबी छ । उनले जाहेरीमा लेखेकी छन्– ‘बस्नेतको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

    बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्‌मा उद्योगमन्त्री थिए । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘उहाँसँग हामीले त्यसबारे सोधपुछ गरेका छौँ ।’

    प्रहरीले पीडितकाे दाबीलाई भेरिफाई गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘मुद्दा अगाडी बढाउने आधार खोज्दै छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् .

    from Ratopati.com

    Post Views: 229
    प्रकाशित मिति: २०८० चैत्र २६, सोमबार ०३:०६
    Advertisement
    संबन्धित शिर्षकहरु
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन
    सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !
    Advertisement
    ताजा अपडेट
    • १. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • २. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ३. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. भारतीय सीमाबाट सयौ शरणार्थी प्रवेशलगत्तै पुर्वी नेपालमा अशान्त, संयोग मात्रै होला ?

    चर्चित
    • १. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • २. पार्टी र सरकारबीच फरक कुटनीतिक अभ्यास केका लागि ?

    • ३. तीन वरिष्ठ न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्की !

    • ४. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ५. युरोपको श्रम बजारमा आप्रवासीको प्रभाव बढ्दै, लाखौं दक्ष जनशक्तिको अझै अभाव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.