• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

शताब्दीको पहिलो खग्रास सूर्य ग्रहण अमेरिकामा, दिउँसै अन्धकार

  •  
  • २०८० चैत्र २६, सोमबार २०:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    आज सोमवार अर्थात् अप्रिल ८ तारिखमा अमेरिकाभर सूर्यग्रहण लाग्नेछ । अमेरिकाका धेरै राज्यबाट दुर्लभ खग्रास सूर्यग्रहण देख्न सकिँदैन । तर १५ वटा राज्यका करिब तीन करोड मानिसको घरको आँगन हुँदै यो खग्रास सूर्यग्रहण गुज्रनेछ । त्यसो त अमेरिकाका सबैजसो राज्यका वासिन्दाले पूर्ण रुपमा सूर्यग्रहणको महसुस गर्न नपाए पनि आंशिक रुपमा भए पनि यो ग्रहण हेर्न भने पाउनेछन् ।
    सूर्यग्रहण लगभग १ घण्टा २० मिनेट रहनेछ भने खग्रास सूर्यग्रहण लाग्दा एकदेखि चार मिनेट त्यो क्षेत्र पूरै अन्धकार हुनेछ ।
    अहिले अमेरिकाका लाखौँ मानिसहरु खग्रास सूर्यग्रहण हेर्नका सूर्यको बाटो पर्ने स्थानमा डेरा जमाउन घरबाट निस्किसकेका छन् ।
    सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर बसेको स्थितिलाई सूर्यग्रहण भनिन्छ । नासाले सूर्यग्रहणको अवधिभर नांगो आँखाले आकाशतर्फ नहेर्न सचेत गराएको छ । नासाका अनुसार, नांगो आँखाले सूर्यको अवलोकन गरेमा आँखाको ज्योति सदाका लागि गुम्नेछ ।
    सूर्य ग्रहण अमेरिकाको डलासबाट सुरु भएर मेन हुँदै क्यानडातर्फ लाग्नेछ । अमेरिकाका राज्यहरु क्रमशः डलासमा १।४२ मा सुरु हुनेछ भने लिटिल रक १।५२ मा, इलिनोई २।१ मा, क्लिभल्याण्ड ३।१५ मा, वफेलो ३।२० मा, भर्मन्ट ३।२३ मा, र मेनमा ३।३३ मा खग्रास सूर्यग्रहण लाग्ने कुरा नासाले जानकारी दिएको छ । नासाले वाइनाकुलर, क्यामरा वा टेलिस्कोपको सहयोगले पनि सूर्यग्रहण हेर्न नमिल्ने जनाएको छ ।


    सूर्यको प्रकाश चन्द्रमाले रोकिदिएपछि आकाशमा तारा देखिनेछन् भने रात परेको ठानेर चराहरु बासको खोजीमा रुखरुखमा फर्कनेछन् ।
    नासाका अनुसार, अमेरिकाको न्यूयोर्कमा २।५१ देखि ३।२५ सम्म, वोस्टनमा २।१६ देखि ४।३९ सम्म, रालेमा १।५८ देखि ४।३० सम्म र भर्जिनियामा २।४ देखि ३।२० सम्म आंशिक सूर्यग्रहण देख्न सकिनेछ । नेपालबाट भने यसपटक हेर्न पाइने छैन । तपाइ पनि सावधानी अपनाएर यो सूर्यग्रहण हेर्ने हो कि ?

    केही घण्टापछि उत्तर अमेरिकामा देखिने सूर्यग्रहणका बेला पनि धेरै वैज्ञानिकले सूर्यका बारेमा अध्ययन गर्ने छन्। यो सूर्यग्रहणका बेला चिडियाघरमा र अन्त रहेका विभिन्न जनावरले कसरी प्रतिक्रिया दिन्छन् भनेर हेर्न पनि वैज्ञानिक तयारी गरेर बसेका छन्।

    खासमा ग्रहण ब्रह्माण्डमा सामान्य घटना हो। कुनै पनि प्रणालीमा तारा, त्यसको वरिपरि घुम्ने ग्रह र ग्रहको वरिपरि घुम्ने उपग्रह एउटै रेखामा परे भने ग्रहण लाग्छ। हाम्रो परिप्रेक्ष्यमा भन्दा सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा परे भने ग्रहण लाग्छ। सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आयो भने पृथ्वीमा सूर्य छेकिन्छ र सूर्यग्रहण लाग्छ भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आयो भने चन्द्रग्रहण लाग्छ।

    यति सामान्य भए पनि किन केही घण्टापछि उत्तर अमेरिकामा देखिने सूर्यग्रहणबारे यति धेरै चर्चा छ त? यो संसारको सबैभन्दा विकसित र शक्तिशाली देश अमेरिकाबाट देखिने भएकाले पनि यसको यति धेरै चर्चा भएको हो। तर यसरी चर्चा हुनुका केही जायज कारण पनि छन्।

    मुख्य कुरा त अमेरिकामा देखिने यो खग्रास सूर्यग्रहण हो। खग्रास सूर्यग्रहण चाहिँ अलिक विरलो हुन्छ। पृथ्वीमा खग्रास सूर्यग्रहण औसतमा १८ महिनामा एकचोटि लाग्छ भने कुनै ठाउँबाट फेरि खग्रास सूर्यग्रहण हेर्नका लागि लगभग ३७५ वर्ष पर्खिनुपर्छ। आफू बसेको ठाउँबाट आफ्नो जीवनकालमा अर्को खग्रास सूर्यग्रहण फेरि हेर्न नपाइने भएकाले पनि मान्छेले यसलाई यत्तिको महत्व दिन्छन्।

    चन्द्रमाको भन्दा सूर्यको व्यास ४०० गुणा ठूलो भए पनि चन्द्रमाको तुलनामा सूर्य झण्डै ४०० गुणा टाढा भएकाले पृथ्वीबाट सूर्य र चन्द्रमा झन्डै उत्रै देखिन्छन्। यस्तोमा खग्रास सूर्यग्रहण लाग्दा चन्द्रमाले सूर्यलाई ठ्याक्कै छेक्छ र सूर्यको बाहिरको ‘कोरोना’ (प्रभामण्डल) को मधुरो प्रकाशमात्रै देखिन्छ।

    खग्रास सूर्यग्रहण किन पनि विशेष हुन्छ भने पृथ्वीबाट देखिने जस्तो देखिन ग्रहण लाग्ने ग्रहबाट तारा र ताराको प्रकाश छेक्ने उपग्रहको आकार उस्तै देखिनु पर्छ। तारा धेरै ठूलो आकारको देखिन्छ भने उपग्रह बीचमा आए पनि प्रकाश दिने तारालाई पूरै छेक्न सक्दैन।

    अर्कोतर्फ उपग्रह धेरै ठूलो आकारको देखिन्छ भने उपग्रहले ताराको प्रकाशलाई पूरै छेकिदिन्छ। पृथ्वीबाट देखिनेजस्तो कोरोनाको घेरा देखिँदैन।

    पृथ्वीबाट खग्रास सूर्यग्रहण सधैं यस्तो भने देखिँदैन थियो।

    द एटलान्टिकका अनुसार साढे चार अर्ब वर्ष पहिले पृथ्वी र मंगल ग्रहको जत्रो आकारको अर्को ग्रह ठोक्किएर चन्द्रमा बन्दा यो केवल १४ हजार माइल जतिमात्रै टाढा थियो। र अहिलेको भन्दा झण्डै १७ गुणा ठूलो देखिन्थ्यो। त्यसैले खग्रास सूर्यग्रहण लाग्दा चन्द्रमा सूर्यभन्दा धेरै ठूलो देखिने भएकाले सूर्यलाई पूरै छोपेकाले अहिलेको जस्तो सूर्यको कोरोना देखिँदैन थियो।

    पृथ्वी र चन्द्रमाको एक अर्काको गुरुत्वाकर्षण र घुमाइका प्रभावले चन्द्रमा पृथ्वीबाट केही टाढा जान थाल्यो। अहिले हरेक वर्ष यो लगभग डेढ इन्च (३.८ सेन्टिमिटर) टाढा जान्छ। यसरी अहिले चन्द्रमा पृथ्वीबाट लगभग २४०,००० माइल पर पुगेको छ।

    वैज्ञानिकका अनुसार लगभग १ अर्ब वर्ष जति अघि मात्रै चन्द्रमा सूर्यजत्रै देखिने गरी पृथ्वीबाट टाढा पुगेको थियो। पृथ्वी र चन्द्रमा दुवैमा अहिले अनुमान गर्न नसकिने केही ठूलो उथलपुथल नभए अबको लगभग ६० करोडदेखि १ अर्ब वर्ष जति पछि चन्द्रमा पृथ्वीबाट यति टाढा पुग्नेछ कि सूर्यभन्दा सानो देखिन थाल्नेछ। त्यतिबेला चन्द्रमाले सूर्यलाई पूरै छेक्न नसक्ने भएकाले अहिलेको जस्तो खग्रास सूर्यग्रहण देखिने छैन।

    विभिन्न सन्चारमाध्यममा आएका समाचारका आधारमा

    Post Views: 106
    प्रकाशित मिति: २०८० चैत्र २६, सोमबार २०:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.