• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

टेक्सासमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माणका लागि नवाह कलश यात्रासहित शुरु

  •  
  • २०८० चैत्र २६, सोमबार २१:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

     

    नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा  टेक्सासस्थित पसुपतिनाथ मन्दिरमा नवाह शुरु भएको छ । प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोख्रेलसहित अन्य सात जना पण्डित रहेको बताइएको छ । कलश यात्रासहित शुरु भएको नवाहमा टेक्सास, अष्टिन र सानआन्टानीओ, ओक्लोहामा लगायतबाट नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ । ९ अप्रिलमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी हुने आयोजक सस्थाका पुर्व अध्यक्ष सुरेश पोख्रेलले बताए ।

    टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट करिब ५० लाख अमेरिकी डलर सहयोग संकलन हुने आयोजक पक्षले जनाएको छ । आयोजकका अनुसार बहुआयामिक परियोजना पूरा हुन दस मिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । आयोजक केन्द्रले गरेको पत्रकार सम्मेलनमा कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटाले महायज्ञमा करिब दुई लाख डलर खर्च लाग्ने अपेक्षा गरिएको पनि जानकारी दिनुभयो ।


    महायज्ञको समयमा व्रतबन्ध गर्न इच्छुकहरूको व्रतबन्धको पनि व्यवस्था गरिएको छ । महायज्ञ स्थल आसपासमा महायज्ञ अवधिरका लागि कम्तीमा ११ सय सवारीसाधन पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङस्थलबाट महायज्ञस्थलसम्म आवतजावतका लागि निशुल्क ‘सटल’को व्यवस्था मिलाइएको छ । साथै, महायज्ञमा आउने भक्तजनहरूका टेक्सास नेप्लिज मेडिकल एसोसिएसनद्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकको तर्फबाट निस्शुल्क स्वास्थ्य सेवाका उपलब्ध गराउने सो पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।


    महायज्ञमा १ सय ८ कलश रहेको र सो कलश २ सय १ डलरमा खरिद गर्न सकिने जानकारी दिइयो । सो कलश अब केही थान मात्र बाँकी रहेको सो कार्यक्रममा जानकारी दिइएको थियो । यसैगरी, १ हजार डलर सहयोग गरी सो महायज्ञमा कर्ता बन्न सक्ने व्यवस्था मिलाइएको र हालसम्म १ सय ७५ जनाभन्दा बढी कर्ता भइसकेको जानकारी दिइयो । महायज्ञमा वाचक वाचन प्रवीण दीनबनन्धु पोखरेल रहनेछन् । महायज्ञको पहिलो दिन ९ अप्रिलमा १ हजार ८ कलश सहितको कलशयात्रा गरिनेछ ।

    Post Views: 259
    प्रकाशित मिति: २०८० चैत्र २६, सोमबार २१:५२
    Advertisement
    संबन्धित शिर्षकहरु
    पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !
    पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै
    साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने
    Advertisement
    ताजा अपडेट
    • १. पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सर्वोच्चको अन्तरिम आदेश !

    • २. बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा

    • ३. पोल्यान्डमा ‘नेपाल फेस्टिबल–२०२६’ सञ्चालन हुँदै

    • ४. साउथ अस्ट्रेलियामा नोभेम्बर अन्तिम साता नेपाल फेस्टिभल हुने

    • ५. १३ हजार ६६० जनाले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण

    चर्चित
    • १. अमेरिकाबाट नेपालका थप दुई ऐतिहासिक मूर्ति स्वदेश फिर्ता, हालसम्म १२७ पुरातात्त्विक सम्पदा फिर्ता

    • २. कम्बोडियामा नेपाली नागरिकको शोषण रोक्न नेपाल–कम्बोडिया सहकार्य

    • ३. नेपाल–एडिबीबीच १६ करोड ५० लाख डलर ऋण सम्झौता, ९.३ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता

    • ४. नार्कबाट १८ जना निलम्बन, २५ वैज्ञानिकलाई निलम्बनको तयारी !

    • ५. एलनिनो तीव्र बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ्ने

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.