• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

रुसी सेनामा नेपालीको कहाली लाग्दो अवस्था, कति भर्ना, कति हताहत ? अन्यौलमा आफन्त

  •  
  • २०८० चैत्र ३०, शुक्रबार ०६:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    खबरमाला विशेष समाचारदाता,
    गत २४ फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि सुरु भएको युद्धका क्रममा ठूलो रुसले विश्वभरबाट भेट्टाएसम्मका मानिसलाई सेनामा भर्ना गर्यो । जुन खास सेना होईन, युद्धका लागि भाडाका सेना थिए । त्यहि भाडाका सेनामा संसारभरका मानिसहरु आईरिए । युद्धमा पहिलो पक्तिमा राख्नका लागि भर्ना गरिएकाहरु धेरैको मृत्यू भयो । त्यहि सेनामा भर्ना हुन विभिन्न माध्यमबाट हजारौको सख्यामा नेपाली पुगेको र सयौ हताहत भएको अपुष्ट सभाचार छ । पुष्टि भएको मृतकको सख्या केहि सयको हाराहारीमा होलान । तर अपुष्ट र त्यहिबाट फर्किएका हरुको बयानलाई आधार मान्ने हो भने करिब १४, १५ हजारको हाराहारीमा रुसी सेनामा भर्ना भएका छन । यदि त्यो सत्य हो भने नेपाल सरकार त्यो विषयमा बेखबर छ ।

    कस्तो काम गर्नु पर्दछ ?
    युद्धका क्रममा रूसले आफ्नो सैनिकसँगै निजी सैनिक कम्पनी वाग्नर, रेडुट लगायतको फौजलाई प्रयोग गरेको छ । उसले अहिलेसम्म आधिकारिक रूपमा आफ्नो कति सैनिक मारिए भनेर बताएको छैन । तर बीबीसी न्यूजका अनुसार रूसले १ लाख २३ हजारभन्दा बढी रूसी सैनिक युद्धका क्रममा मारिएको अनुमान गरेको छ । त्यसरी मारिनेहरु ९० प्रतिशत भन्दा बढी त्यसरी नै भाडामा लगाएको सेना रहेको अनुमान गरिएको छ । हतियार बोक्ने र ढालका रुपमा सबैभन्दा अग्रभागमा बस्नु पर्ने रुसी सेनामा काम गरेर फर्केकाहरुले बताएका छन ।

    कति मृत्यू भए ?

    रूसी सेनामा भर्ना भएका १७ जना नेपालीको मृत्यु भएको नेपाल सरकारले नै पुष्टि गरेको छ । यद्यपि मृतकको संख्या योभन्दा धेरै बढी रहेको पीडितहरु बताउँछन् । रूसी सेनामा गएर मृत्यु भएका वा सम्पर्कविहीन भएकाहरुको खबर कन्सुलर सेवा विभागले लिइरहेको छ । विभागमा झण्डै चार सय जनाका परिवारले निवेदन दिएका छन् । रूसी सेनामा भर्ना भएकाहरूको परिवारलाई एकीकृत गरिरहेको ‘रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’सँग अहिलेसम्म दुई हजार बढी परिवार सम्पर्कमा आएका छन् । जसमध्ये साढे ६०० जनाको नाम सहितको विवरण नै तयार गरिएको अभियानकी अभियन्ता कृतु भण्डारीले बताइन् ।

    सम्पर्कविहिनको खोजी तर असंभव
    उनीहरुमध्ये करिब ३०० नेपाली सम्पर्कविहीन छन् । ‘रूसी सेनामा भर्ना भएर ५÷६ महिनादेखि हराइरहेको मात्रै तीन सय परिवार जोडिनुभएको छ’ भण्डारीले भनिन्, ‘परिवारलाई स्रोत मानेर रूसमा गएर हराइरहेका र मृत्यु भएकाहरुको रेकर्ड नै राखेका छौं । यो संख्या अझै थपिइरहेको छ ।’परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने रूसी सेनामा भर्ना भएको विषयलाई सम्बोधन गर्न कूटनीतिक प्रयास जारी रहेको बताए पनि खासै परिणाम निस्कन सकेको छैन ।
    उनले रूसी सेनाका मृतकको शव फिर्ता, सम्पर्कविहीन भएकाहरुको खोजी, घाइतेको उपचार, रूसमा रहेकाहरुलाई फिर्ता ल्याउने सवालमा सैद्धान्तिक छलफल भइरहेको बताए । ‘यो संख्या कति छ भन्न सकिने अवस्था छैन’ श्रेष्ठले भने ‘सम्बोधनका लागि प्रयत्न गरिरहेका छौं, तर ठोस कुरा आउन सकेको छैन ।’ हालसम्म हामीले ६२० जनाको विवरण संकलन गरेका छौं, जसमध्ये ३९ जनाको मृत्यु भइसकेको छ। १८ जनाको मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी छ। २७२ जना सम्पर्कविहीन हुनुहुन्छ ।

    पीडितहरुका आफन्त खोज्ने अभियान

    कृतु भण्डारीका अनुसार विभिन्न माध्यमबाट सम्पर्कमा आएका ४ सय २० जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति, श्रव्यदृश्य सामग्री पठाउने गरेको र ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ । त्यहाँबाट फर्किएका युवाले रुसी सेनामा १४ हजार ७ सय नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिन्छ । प्राप्त अपुष्ट सूचनाका आधारमा यो संख्या यतिमा सीमित छैन भन्ने देखाउँछ । भाडाका सिपाहीको रूपमा रुसी सेनामा नेपाली नागरिकको भर्ती र त्यसले सिर्जना गरेको जनधनको क्षतिको विषय नेपाल सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नैपर्दछ । आफ्ना परिवारका सदस्यलाई उद्धार गरिदिन आग्रह गर्दै हालसम्म कम्तीमा २ हजार परिवार हामीसँग प्रत्यक्ष जोडिनुभएको छ भण्डारीको भनाई छ ।

    कसरी रुस पुगे नेपालीहरु ?

    बिचौलियाको प्रलोभनमा परी रुसी सेनामा भर्ना हुन पुगेका नेपालीहरू रूसी राष्ट्रपतिले कानुन संशोधन गरेर एक वर्ष काम गरेका सैनिकलाई रूसी नागरिक भएर परिवारकासाथ रुसमै बस्ने सुविधा दिने भनी गरेका घोषणालाई आधार मानेर रुस् पुगेको बताईन्छ । छोटो समय काम गर्दा रुसी राहदानी प्राप्त गर्ने अवसरको लोभ र महिनामा ४ लाखभन्दा बढी कमाइ हुने बिचौलियाहरूको आश्वासन थियो तर कमाई खासै नभएको फर्किएकाहरुको दावी छ । सेनामा भर्ना हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष बनाएको स्थिति, दलाललाई प्रतिव्यक्ति ६ देखि १८ लाख रुपैयाँसम्म कमिसनको व्यवस्था र रुसले सेनामा सर्वसाधारणलाई आकर्षित गर्न विभिन्न प्रचारमूलक सामग्रीसमेत उत्पादन गरी प्रचार लगायतका कारण आकर्षित भएर नेपाली युवा रुसी सेनामा भर्ना भएका छन् । कति नेपाली रुसी सेनामा पुगेको औपचरिक तथांक छैन । नेपालबाट सिधै, खाडी मुलुकमा रहेका नेपालीहरु आफन्तलाई जानकारी नदिईकन त्यसैबाट रुस पुगेको तथ्थ्यांक अझै धेरै रहेको अनुमान छ । मानव तस्करहरुले जसरी यूरोप अमेरिका लैजाने भन्दै ठगेर लैजान्छन त्यसरी नै तस्करको प्रलोभनमा झुटा विवरण घोषणा गरी रुस गएको भेटिन्छन । खाडी मुलुक तथा मलेसियामा रोजगारीमा रही थप तलबको प्रलोभनमा पारिएका, विभिन्न पेसा–व्यवसाय तथा अध्ययनको सिलसिलामा रुसमै रहेका तथा नेपाली सुरक्षा क्षेत्रमा कार्यरतसमेत गरी ४ प्रकारका युवाहरू विभिन्न माध्यमबाट रुसी सेनामा भर्ना भएको देखिन्छ । नेपालबाट मात्र नभई भारतबाट पनि ठुलो सख्यांमा भर्ना भएको समाचारहरु आएका छन । यस्तो अवस्थामा पनि सरकारी पक्षबाट आफ्नो नागरिक खोज्ने कोसिश गरे जस्तो देखिन्न । सरकार कहिले काम गर्न रसिया खुल्ला गरेको निर्णय गर्दछ त कहिले बन्द भएको । त्यसैले पनि सचेत नेपालीले आफैले थाहा यतिखेर रसियन सेनामा जानु भनेको निकै चुनौतिपुर्ण रहेको देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार माध्यममा आएका समाचारहरुमा आधारित ।

    Post Views: 175
    प्रकाशित मिति: २०८० चैत्र ३०, शुक्रबार ०६:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.