• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पशुपति मन्दिरका लागि ३३ लाख डलरको प्रतिबद्धतासहित नवाह सम्पन्न

  •  
  • २०८१ बैशाख ७, शुक्रबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    ३३ लाख डलर सहयोगको प्रतिवद्धतासहित नेपाली समुदायको बाक्लो बस्ती भएको टेक्सासको डालासमा आयोजित नौ दिनसम्म चलेको नवाह यज्ञ बुधबार सम्पन्न भएको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको संयोजनमा सुरु गरेको नवाहको क्रममा ड्यालस फोर्टवर्थको नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
    पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपा बनाउन आर्थिक सहयोग जुटाउने उद्वेश्यले लगाइएको नवाहको क्रममा दाताहरुबाट ३३ लाख डलर सहयोगको प्रतिवद्धता आएको आयोजकले बताएका छन । यो सहयोग बढीमा आउँदो तीन वर्षभित्र दाताहरुले मन्दिरलाई दिइसक्ने प्रतिवद्धता जनाएका छन् । कतिपयले भने प्रतिवद्धता जनाएको रकम तत्कालै दिएका छन् ।

    नौ दिनको अवधिमा १६ हजारभन्दा बढी भक्तजनहरुले मन्दिर प्रवेश गरेको तथ्यांक छ । मन्दिर र स्तुपा निर्माणको लागि समुदायले देखाएको अपार सहयोगको लागि समापन समारोहमा मन्दिर बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डा। प्रेम अधिकारी, मन्दिर कार्यसमितिकी अध्यक्ष सीता सापकोटा, उपाध्यक्ष छबी चापागाई लगायले खुशी व्यक्ति गर्दै हरेक दिन मन्दिरलाई मायाँ गर्न र सबै परिवार कम्तिमा फाउण्डिंग मेम्बर बनेर सहयोग गरिदिन आव्हान गरेका थिए । नौ दिनको अवधिमा तीनसय १४ जनाले संस्थापक सदस्य थपिएको बताइएको छ ।

    ठुलो रकम सहयोग गर्नेहरुमा व्यबसायी भीम कार्की र इन्दिरा कार्की दम्पत्तिले मन्दिरलाई एकलाख ११ हजार एकसय ११ डलर, नेपाली समाज टेक्ससका उपाध्यक्ष बलराम पौडेल दम्पत्तिले ५० हजार र सिपिए प्रेम शाहीले पनि ५० हजार सहयोगको घोषणा गरेका छन् । नवाहको अवधिमा ६ जनाले मन्दिरलाई एकलाख भन्दा बढी सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । एकलाख भन्दा बढी सहयोग गर्नेलाई मन्दिरले वाल अफ अनर प्रदान गर्नेछ । प्रवास विगतमा यस्ता सप्ताह वा नवाह हुने गरेको र प्रतिवद्धता गरे अनुसार रकम नउठ्ने गरेको तितो घटनाहरुले भने यस्ता प्रतिवद्धता कति पुरा होलान त्यो भने हेर्न बाँकी छ । जे होस नेपाली समाज आफ्नो धर्म सस्कृति र परम्परा बचाउन हर हमेशा एक जुट हुने गरेका छन । प्रवासमा रहेर पनि जुन खालको उत्साह छ त्यो अनुकरणीय नै छ । मुल पुरोहित रहेर कार्य सम्पन्न गरेका पण्डित दिन बन्धु पोख्रलले यस्ता धार्मिक कार्यहरुले समाजलाई एकतावद्ध गराउने बताएका छन ।

    Post Views: 100
    प्रकाशित मिति: २०८१ बैशाख ७, शुक्रबार ०८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाडीका २० लाख नेपाली प्रभावित  !
    यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !
    कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !
    Advertisement
    ताजा अपडेट
    • १. खाडीका २० लाख नेपाली प्रभावित  !

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. निर्वाचनमा करिब ६० प्रतिशत मत खस्यो

    चर्चित
    • १. भविश्यवाणी गरेको आरोपमा ज्योतिषी रुद्रनाथ अधिकारी गिरफ्तार

    • २. १५ जिल्लाको ६१ स्थानबाट सेनाको हेलिकप्टरले मतपेटिका संकलन गर्ने, दलका प्रतिनिधि अनिवार्य रहने 

    • ३. प्रतिनिधि सभा निर्वाचनको मतदान शुरु

    • ४. जेनजी परिषद् गठनः परिषदको कार्यक्षेत्र र अधिकार यस्तो छ ?

    • ५. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.