• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

  •  
  • २०८१ बैशाख ११, मंगलवार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने भएका छन् ।अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार उनीहरू यही वैशाख १७ गते काठमाडौँ आइपुग्ने छन् । युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले साेमबार अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त भ्रमणबारे जानकारी गराएकी थिइन् ।

    युएनडिपीको एसिया प्रशान्त क्षेत्रको बैठकका लागि उनीहरू काठमाडौँ आउन लागेका हुन् । बैठकका लागि संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव एवं युएनडिपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि नेपाल आउनेछिन् । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्ने जनाइएको छ ।

    यस्तै, विग्नाराजासहितको टोलीले सोलुखुम्बु क्षेत्रको भ्रमणमा गर्नेछ । त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ । युएनडिपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि युएनडिपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो । यस्तै, युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठुलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताइन् ।

    भेटमा लाबेले युएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे स्मरण गदै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’को कार्यक्रम नेपालमा लागू गर्न लागेको जानकारी दिइन् ।

    RSS

    Post Views: 178
    प्रकाशित मिति: २०८१ बैशाख ११, मंगलवार ०८:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !
    निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता
    आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा
    Advertisement
    ताजा अपडेट
    • १. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    • ४. १० महिनामा ९० चिकित्सकमाथि कुटपिट र धम्कीः चार बर्षमा २५ सय डाक्टर देश विदेश पलायन

    • ५. सुनसरीको साम्प्रदायिक तनावः सुरक्षा चुनौती की बालेन सरकारको राजनीतिक परीक्षा !

    चर्चित
    • १. सिड्नीमा युवा उद्यमीहरूको विश्व सम्मेलन सम्पन्न

    • २. डा. चन्द्र गिरीको नयाँ साहित्यिक कृति ‘डङ्कीः सपनाको कालबाटो’

    • ३. विश्वकप फुटबल हेर्न क्यानडामा पुगेका नेपालीसहित १० देशका सयौद्धारा शरणार्थी बन्न निवेदन !

    • ४. अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षरोपण सम्पन्न

    • ५. आज शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.