• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

लगानी सम्मेलनमा कति लगानीकर्ता सहभागी हुँदैछन ?

  •  
  • २०८१ बैशाख १२, बुधबार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं : लगानीको वातावरण बनाउने भन्दै सरकार तथा लगानी बोर्डले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्दै यसका लागि तेस्रो लगानी सम्मेलन आयोजना हुँदैछ।

    सम्मेलनमा सहभागी हुन १९ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई सरकारले निमन्त्रणा पठाएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्याय बताउँछन्। अहिलेसम्म नेपालसमेत गरी ५३ देशका १ हजार २९ जनाले लगानी सम्मेलनमा सहभागिताका लागि पुष्टि गरेका छन्। सम्मेलनमा सहभागिताका लागि उत्साहजनक रूपमा पुष्टि भइरहेको उनले जानकारी दिए।

    सबैभन्दा धेरै नेपाली लगानीकर्ताहरू ३ सय ८५ जनाले सहभागिताको पुष्टि गरेका छन्। दोस्रोमा छिमेकी मुलुक चीनबाट करिब २ सय ६५ लगानीकर्ता सम्मेलनमा भाग लिँदैछन्। भारतबाट पनि अहिलेसम्म करिब १ सय ४३ जना लगानीकर्ता सहभागिताका लागि पुष्टि जनाएको बोर्डको तथ्यांकमा छ। लगानी सम्मेलनमा सहभागी हुने प्रायः विदेशी लगानीकर्ताहरूमा नेपालस्थित नियोग, दातृसंस्थाका प्रतिनिधिहरू, पहिला नै लगानी गरिरहेका लगानीकर्ता रहेका छन्। भारतीय आडवानी समूह आउने चर्चा चले पनि अहिलेसम्म पुष्टि नभएको प्रवक्ता उपाध्याय बताउँछन्। बोर्डले भारतीय खर्बपति अम्बानीदेखि अलिबाबा कम्पनी, टेस्ला कम्पनीलगायतका विश्वविख्यात कम्पनीहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता उपाध्यायको भनाइ छ। तर, विश्वविख्यात लगानीकर्ताहरूको सहभागिताको पुष्टि नभएको उनी बताउँछन्। नेपालमा नै लगानी गरिरहेका विदेशी कम्पनीहरूसँग नेपालसँगको सम्बन्धको बारेमा जानकारी लिने र त्यसले अरूलाई प्रेरणा मिल्ने विश्वास बोर्डको छ।

    यसअघि पनि सरकारले दुई लगानी सम्मेलन आयोजना गरिसकेको छ। पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। जसमध्ये सबैभन्दा बढी चिनियाँ लगानीकर्ताले आठ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता गरेका थिए। बंगलादेशी लगानीकर्ताले दुई खर्बभन्दा बढी लगानी गर्ने विश्वास दिलाएका थिए। सम्मेलनमा भारत, जापान, बेलायत, श्रीलंका, मलेसियालगायतका देशका लगानीकर्ताले पनि नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए। सो सम्मेलनमा दुई दर्जन मुलुकका झन्डै २ सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो।

    दोस्रो लगानी पहिलोभन्दा अझै बृहत् ढंगले आयोजना गरियो। सम्मेलनमा शोकेस गरिएका र नगरिएका गरी कुल ४१ परियोजना निर्माण गर्न तथा अघि बढाउन ७१ वटा प्रस्ताव आएका थिए। सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका २७ गरी कुल ३२ खर्ब रुपैयाँबराबरका ७७ वटा परियोजना प्रदर्शनीमा राखिएको थियो। ७७ मध्ये ३० वटा परियोजनामा २३ खर्ब र तथा शोकेस नगरिएका थप ११ वटा परियोजनामा ८ अर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको थियो।

    सम्मेलनमा ४० देश र ३ सय कम्पनीका ७ सय प्रतिनिधि सहभागी थिए। यस्तै १ सय स्थानीय कम्पनीबाट ६ सय जना सहभागिता रहेको सम्मेलनमा ४ वटा प्लेनरी सत्र, ६ वटा प्यारालाल सत्र र ४ वटा साइडलाइन सत्र आयोजना गरिएको थियो। सम्मेलनमा ३६ वटा द्विपक्षीय मिटिङ, ३९ वटा बीटूजी र ३० वटा बीटूबी मिटिङ भएका थिए।

    दुईदिने सम्मेलनमा १६ वटा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। दुवै सम्मेलनमा भव्यताका साथ सम्पन्न भएको बताइएको थियो। तर, त्यसपछिको कार्यान्वयनमा भने बोर्डको सक्रियता कम भएको भन्दै आलोचना हुने गरेको छ।

    Post Views: 156
    प्रकाशित मिति: २०८१ बैशाख १२, बुधबार ०७:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?
    ४१ अर्ब वैदेशिक लगानी भित्रियो, आईटीमा आकर्षण बढ्दै
    ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • २. ४१ अर्ब वैदेशिक लगानी भित्रियो, आईटीमा आकर्षण बढ्दै

    • ३. ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप

    • ४. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ५. अमेरिकी सहायक मन्त्री कपुरद्धारा परराष्ट्र र अर्थमन्त्रिसंग भेटघाट

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.