• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

प्रतिष्ठित कर्मयोगी बद्री पहाडी मानवअधिकार पुरस्कार डा परियारलाई

  •  
  • २०८१ बैशाख १३, बिहीबार ००:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानवअधिकार क्षेत्रमा देशको सर्वाधिक प्रतिष्ठित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार—२०८०’ डा विष्णुमाया परियारलाई प्रदान गरिएको छ। मानवअधिकार, सामाजिक न्याय र नागरिक सशक्तीकरण क्षेत्रमा डा परियारले अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएकी ख्यातीलाई मध्यनजर गर्दै प्रदान गरिएको आयोजक सस्था मानवअधिकार तथा शान्ति समाजले जनाएको छ ।

    मानवअधिकार तथा शान्ति समाजले हरेक वर्ष यो पुरस्कार दिन्छ। यसको राशि १ लाख १० हजार रुपैयाँ छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विशेष समारोहमा उनलाई प्रशंसापत्र र पुरस्कार हस्तान्तरण गरेकी हुन्। समारोहमा ठूलो संख्यामा देशका विशिष्ट व्यक्तिहरू सहभागी थिए।

    मानवअधिकार एवं सामाजिक न्यायका क्षेत्रका विशिष्ट योगदान पुर्‍याउनेलाई प्रत्येक वर्ष कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिँदै आएको शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले जानकारी दिए। दलित गरिव बालबालिका तथा महिलाको उत्थान र अधिकारका २५ वर्षदेखि अभियन्ता डा। परियारले काम गर्दै आएकी छिन्। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार, सामाजिक न्याय, समानताका लागि समेत उनी क्रियाशील छिन्।
    अमेरिकामा डा परियारको जीवनीमा आधारित पाठ्याक्रमसमेत केहि स्टेटमा विधालय स्तरमा पढाई हुने गरेको छ । त्यतिमात्रै होईन, विष्णुमायाको नाममा डा विष्ण्ुामाया परियार डे समेत मनाईन्छ ।

    डा परियारले आफूले पाएको पुरस्कार मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएका अभियन्ता तथा अधिकारकर्मीमा सम्पर्ण गरेकी छिन्। प्राप्त पुरस्कार राशि बालबालिका तथा महिलाको उत्थानमा खर्च गर्ने घोषणासमेत गरेकी छन्। प्रतिष्ठित अमेरिकी प्रकाशन गृह म्याकग्र हिलद्वारा प्रकाशित विश्वव्यापी पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’मा डा परियारबारे लेखिएको एउटा पाठ छ। गोरखाको दुर्गम गाउँको गरिब दलित परिवारमा जन्मिएकी उनी पिसकर्पको सहयोगमा कसरी यो ठाउँमा पुगिन् भन्ने वृत्तान्त त्यसमा समेटिएको छ।
    उनले प्रतिष्ठित दर्जनौं अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेकी छन्। ‘विदेशमा धेरै पुरस्कार र सम्मान पाएँ, ती सबैभन्दा मातृभूमिमा पाएको पुरस्कार र सम्मानले मेरो जीवनमा विशेष महत्व राखेको छ’, पुरस्कार पाएपछि भावुक बनेकी उनले भनिन्, ‘मानवअधिकार र सामाजिक न्यायका लागि मेरो लडाइँलाई अझ उचाइमा पुर्‍याउन यसले हौसला दिएको छ।

    डा परियारले विभेदविरुद्ध गाउँदेखि सुरु गरेका संघर्षले अमेरिकासम्म चर्चा कमाएकी छिन्। सामाजिक क्षेत्रमा काम गरेर नेपाल र नेपालीको शिर उच्चो पारेको भन्दै उनले प्रशंसा बटुलेकी छन्। डा परियारले कार्यक्रममा भनिन्, ‘मेरो माता र पिताले मलाई दिएकोजस्तै अवसर र स्वतन्त्रता पाउने हो भने सबै छोरीले हरेक क्षेत्रमा सफलता हासिल गर्छन्।’

    सन् १९७३ को डिसेम्बर १९ मा गोरखामा जन्मिएकी डा परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेटस राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यक्रममा समेत संलग्न छ। अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेट अफ नेपाल की संस्थापक अध्यक्ष डा परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन्। पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डिलिट डक्टर अफ लेटर्सबाट उनलाई सम्मान गरेको थियो। उनका दुई वटा कृति प्रकाशित छन्।

    समारोहमा बोल्दै पुर्वप्रधानन्यायाधीश कार्कीले डा परियारको सफलताको कथा सुनेर खुुसी लागेको बताइन्। ‘जीवनमा कडा परिश्रम एवं क्षमताले मात्रै उपलब्धि हासिल हुन्छ भन्ने उदाहरण हुन् डा  परियार’, उनले भनिन्, ‘समाजिक न्याय र मानवअधिकार सुनिश्चितताका लागि समाजमा शिक्षा र सचेतनाको आवश्यकता छ।’

    उपसभामुख इन्दिरा रानामगरले धर्म, जात, सम्प्रदाय, बोलीको आधारका कसैले कसैलाई छुवाछूत, दुव्र्यवहार, हेलाँ गर्नु नहुने बताइन्। त्यस्ता भेदभाव र छुवाछूतविरुद्ध डा। परियारको आन्दोलनको उदाहरण यसमा प्रस्तुत गरिन्।

    Post Views: 104
    प्रकाशित मिति: २०८१ बैशाख १३, बिहीबार ००:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.