• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाका लागि नेपाली राजदुत पौड्यालद्धारा ओहोदा प्रमाणपत्र प्रस्तुत, यस्ता छन पौडेलका आगामी कार्यसुचीहरु

  •  
  • २०८१ बैशाख २०, बिहीबार ०९:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होम लम्साल
    क्यानडाका लागि नवनियूक्त नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका गभर्नर जनरल तथा कमाण्डर इन चीफ मेरी जे मे साइमनसमक्ष पद तथा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन । ओटावामा आयोजित समारोहमा पौड्यालले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन । ओहोदाको प्रमाणपत्र पेश गरेपछि राजदूत पौड्याललाई क्यानडाका गभर्नर जनरलले स्वागत गर्नुका साथै राजदूत पौड्यालले क्यानडाका गभर्नर जनरललाई नेपालको राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।

    ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रममा राजदूत पौड्यालले गभर्नर जनरललाई नेपाल र क्यानडाबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको आयम, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासका प्रयासलगायत विषय नेपाल सरकारका प्रमुख प्राथमिकताहरू रहेका जानकारी गराएका थिए । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने र अतिकम विकसित मुलुक एलडीसीबाट नेपालको सहज र दिगो स्तरोन्नतिका लागि भइरहेको प्रयास र क्यानडा जस्ता विकसित राष्ट्रहरुबाट हुने सहयोगका बारेका प्रस्तुति दिएका थिए ।

     


    क्यानडाका लागि नेपाली राजदूतको रूपमा मान्यता पाएकोमा राजदूत पौड्याललाई बधाई दिँदै गभर्नर जनरलले दुई देशबीचको सम्बन्धको आयमहरुबारे बताउँदै दुई देशबीचको सम्बन्ध थप बलियो बन्ने आशा व्यक्त गर्दै नेपालको नेतृत्वलाई शुभकामना दिएका थिए । गर्भनरले द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्था र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन क्यानडा सरकारको पूर्ण सहयोग रहने बचन दिंदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको दुतावासले जनाएको छ ।
    सो अवसरमा गभर्नर जनरलको कार्यालयका वरिष्ठ अधिकारीहरु, क्यानडा सरकारका उच्च पदस्थ अधिकारीहरु, ग्लोबल अफेयर्स क्यानडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समारोहमा राजदूत पौड्यालको साथमा उहाँका धर्मपत्नी, परिवारका सदस्यहरू र ओटावास्थित नेपाली राजदूतावासका अधिकारीहरूउपस्थिति रहेको दूतावासले जनाएको छ ।

    राजदुत पौड्यालका विगत र आगामी कार्यसुचिहरु

    राजदूत पौड्यालले सोही समारोहमा क्यानडा सरकारको निरन्तर सहयोगको प्रशंसा गर्दै द्विपक्षीय व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरण प्रवद्र्धन, आर्थिक साझेदारी जनताबीचको सम्बन्ध सुदृढ गर्न र आपसी सम्बन्धलाई अगाडि बढाउन क्यानडा सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तीन बर्ष परराष्ट्र मन्त्रालयमा सचिव भएका पौडेल त्यस अघि मन्त्रालयमा संयूक्त राष्ट्र संघीय मामिला प्रमुख, मन्त्रालयका प्रवक्ता, चार बर्ष पाकिस्तानका लागि नेपाली राजदुत, दुई बर्ष सार्क डिभिजन प्रमुख, चार बर्ष जेनेभास्थित राष्ट्रसंघीय नियोगमा नायव डिपुटी स्थायी प्रतिनिधि, नेपालमा पासपोर्ट विभागमा डिजी भएर काम गरेको लामो अनुभव रहेको छ । पासपोर्ट विभागमा डिजी हुँदा पौडेलले नेपालको सरकारी कार्यालयलाई उत्कष्ठ कार्य सन्चालन गरेको भन्दै पहिलो पल्ट आईएसओ ९००१ दिलाएका थिए ।
    क्यानडाका लागि राजदुतको कार्यभार संहाल्दै गर्दा पौडेलले आगामी दिनमा गर्नुपर्ने कार्यसुची नै तयार पारेका छन । खबरमालासंगको कुराकानीमा आफ्नो कार्यसुचीको फेहरिस्त नै सुनाए । राजदुत पौडेलको कार्य सुचिमा नेपालबाट वस्ुतको निर्यात बढाउने, क्यानडाबाट लगानी र प्रविधि भित्र्याउन पहल गर्ने, दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने, नेपालको पर्यटकीय गन्तव्यलाई चिनाएर प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने रहेका छन । त्यसैगरी क्यानडामा बढी रहेका नेपालीका समस्या समाधानका लागि छिटो र छरितो सेवा उपलब्ध गराउने, तत्कालै क्यानडाको ५ स्थानमा कन्सुलर सेवा दिने बताएका छन । कन्सुलर सेवाको लागि टोरोन्टो, एडमन्टन, भ्याँकुभर, क्यालगरीलगायत स्थानहरु तेकिएका छन । कार्यभार सम्हाले लगत्तै राजदुत पौड्यालले क्यानडामा भएका नेपाी विधार्थीहरुको विषमा बहुपक्षिय छलफल गरी आगामी दिनमा अपनाउनु पर्ने सजकताका बारेमा सुझाव दिएका छन । जुन नेपाली विधार्थीहरुका लागि निकै पलदायी हुने विषयहरु समावेस गरिएका छन ।

     

    Post Views: 134
    प्रकाशित मिति: २०८१ बैशाख २०, बिहीबार ०९:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी
    एकहप्ता राहादानी बनाउन समस्या आउने !
    मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. मध्यपूर्व तनावः नेपाल फर्किन नाम लेखाउने नेपाली संख्या  ६५ हजार बढी

    • २. एकहप्ता राहादानी बनाउन समस्या आउने !

    • ३. मध्यपुर्व तनावको व्यवस्थापन र नेपाली उद्दारका लागि परराष्ट्र मन्त्रालयको तयारी

    • ४. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    • ५. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    चर्चित
    • १. अमेरिकी दुतावासद्धारा नेपालमा आफ्ना नागरिकले असुरक्षित महसुश भए दुतावासमा नाम दर्ता गर्न आग्रह

    • २. यसकारण स्वतन्त्र पार्टीको दुई तिहाई आए पनि सविधान संशोधन असंभव !

    • ३. कार्की आयोगको प्रतिवेदनलाई काउन्टर दिने मानव अधिकार आयोगको प्रतिवेदन आउँदै !

    • ४. जाँचबुझ आयोगको प्रतिवेदन आईतबार प्रधानमन्त्रीलाई बुझाइने तयारी

    • ५. अमेरिकाले तेल भण्डारबाट १७ करोड ब्यारेल तेल निकाल्यो, कति तेल भण्डारमा बाँकी छ ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.