• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नोटमा चुच्चे नक्सा प्रकरणः राष्ट्रपतिद्धारा आफ्नै सल्लाहकार डा नेपालसँग स्पष्टीकरण मागे

  •  
  • २०८१ बैशाख २७, बिहीबार ०६:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले नेपालको नक्सा नोटमा प्रकाशित गर्नेसम्बन्धी विषयबारे आफूले बोलेको भनेर केही सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर राष्ट्रपति संस्थालाई नै आक्षेप लगाउने गरी केही अनलाइन सञ्चारमाध्यममा आएको टिप्पणीप्रति आफू स्तब्ध र दुःखी भएको बताएका छन्।

    यस विषयमा डा नेपालसँग राष्ट्रपति पौडेलले चासो र जिज्ञासा राखेपछि जारी विज्ञप्तिमा यस्तो बताएका हुन्।

    ‘यस विषयमा राष्ट्रपतिले चासो र जिज्ञासा राख्नुभएकामा केही अनलाइनमा आएका विषयमा मैले पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रकाशन भएकामा दुःखी भएको अवगत गराएको छु’, उनले भनेका छन्

    केही अनलाइनमा आएका विषयमा आफूले पूर्वगर्भनर र अर्थशास्त्रीका हैसियतमा भनेको कुरालाई गलत आशयले प्रचार गरेको र सम्मानित संस्थालाई अनावश्यक विवादमा ल्याएकामा दुःख व्यक्त गर्दै आफ्नो भनाइ भनेर आएका सम्बन्धित विचारको नैतिक जिम्मेवारी आफैँ लिएको पनि वक्तव्यमा स्पष्ट पारेका छन्।

    ‘उक्त विषयमा मलाई पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा सोधेको प्रश्नको जवाफ दिने क्रममा मैले व्यक्त गरेको विचारलाई गलत आशयले प्रचार भएको जानकारी पनि गराउन चाहन्छु, मैले एउटा अर्थशास्त्री र एउटा विवेकशील नागरिकका नाताले कुनै विषयमा कूटनीतिक तहमा छलफल भइरहँदा देश र जनतालाई नै व्यावहारिक कठिनाइ उत्पन्न हुने काम हुन्छ कि भनेर सचेत गराउने मात्र मेरो आशय थियो, आफ्नो राष्ट्र, राष्ट्रियता र संविधानप्रति मेरो समर्पण मेरा लागि जीवनको सबैभन्दा मूल्यवान् छ यसमा कहिल्यै कुनै सम्झौता हुन सक्दैन’, उनले आज एक वक्तव्य जारी गरी भनेका छन्।

    उनले आफूले योभन्दा भिन्न हुनेगरी कुनै कुरा नबोलेको पनि स्पष्ट गरेका छन्।

    ‘तथापि मैले बोलेको विषयलाई लिएर राष्ट्रपति जस्तो मर्यादित संस्थालाई अनावश्यक विवाद गरिएको हुँदा मेरो भनाइ भनेर आएका सञ्चारमाध्यमका सम्बन्धित विषयका नैतिक जिम्मेवारी व्यक्तिगतरुपमा म आफैँ लिन्छु र यो विषयलाई लिएर सम्मानित राष्ट्रपति संस्थालाई अनावश्यक विवादमा नतान्न म विनम्रतापूर्वक आग्रह गर्दछु’, उनले भने। रासस

    Post Views: 107
    प्रकाशित मिति: २०८१ बैशाख २७, बिहीबार ०६:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.