• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा अमेरिकीहरु नै अल्पमतमा पर्दैछन ? आप्रवासन नीतिमा बाइडेन प्रशासन आक्रामक

  •  
  • २०८१ बैशाख २८, शुक्रबार ०९:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    पृथ्वीको हरेक देशबाट यसैगरी अवैधानिक रुपमा अमेरिका आउनेलाई छोड्दै जाने हो भने सम्भवतः संयुक्त राज्य अमेरिकाको नागरिकले निर्णय गरेको यो सन् २०२४ को अन्तिम चुनाव हुनेछ । यो भाव झल्किने ट्वीट विश्वकै धनी एलन मक्सले मे ८ तारिक गरेकोबाट लिइएको हो । उनले यसैगरी विश्वभरीबाट अमेरिकामा मानिसहरुलाई अवैध तरिकाले भित्र्याउँदै जाने हो भने यो देशमा अमेरिकीहरु नै अल्पमतमा पर्ने र वास्तविक अमेरिकीले मतदान गर्ने यो अन्तिम चुनाव हुने भविश्यवाणी गरेका छन । यसको मतलव अवैध ईमिग्रेसन नरोके मुलुकको भविश्यमाथी नै प्रश्न उठ्नेछ । यसले व्यापक अर्थ राख्दछ जसरी बुझे पनि । विभिन्न अनसन्धानहरुले पनि त्यहि देखाएको छ की अब अमेरिकीहरु नै अमेरिकामा अल्पसंख्यक हुँदै गईरहेको छ । केहि अनुसन्धानहरुले सन २०५० सम्म अमेरिकामा अमेरिकीहरु अल्पसंख्यक हुने भविश्ववाणी गरेका छन ।

    अमेरिकामा यो बर्ष चुनावी बर्ष हो । राजनीतिक दलहरु जनतामाझ केके विक्छ त्यहि बिकाउन नयाँ नयाँ एजेण्डा खोजी गरी रहेका छन । अमेरिकामा डेमोक्र्याट र रिपव्लिकन दुई पार्टीको वाहुल्य छ । डेमोक्र्याट आप्रपासी प्रति संधै खुल्ला नीति राख्दछ भने रिपव्लिकन आप्रवासी रोक्नुपर्ने नीति लिन्छ । त्यसैले यतिखेर डेमोक्र्याट पनि आप्रवासीको विषयमा निकै कठोर बन्दै जाने संकेत देखा पर्न थालेको छ । त्यसको ताजा प्रमाण हो वर्तमान राष्ट्रपति बाईडेन प्रशासनले ल्याउँदै गरेको कडा आप्रबासी नीति । वर्तमान सरकार अर्थात डेमोक्रेटिक नेतृत्वको सरकार पनि यतिखेर अवैध आप्रवासी रोक्ने कडा कानुन बनाउन दिलो ज्यान दिएर लागेको छ । त्यसैले बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे प्रस्तावित नयाँ नियम सार्वजनिक गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुने तय भएको यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको बताइए पनि कडाई गर्ने नै हो । सीमा संकटको विषय अहिले मुख्य मुद्दा बनिरहेको सन्दर्भमा बाइडेन प्रशासनले एसाइलमबारे कडा नियम प्रस्ताव गरेको हो ।

    यसले आपराधिक रेकर्ड भएका आप्रवासीहरूलाई वा अन्य तरिकाले शरणको लागि अयोग्य मानिनेहरूलाई तीब्र गतिको देशनिकालाको प्रकृयामा राख्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बिहीबार घोषणा गरेको नियमले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउने्लाई निशाना बनाउने छ । नयाँ नियमले अधिकारीहरूलाई उक्त व्यक्ति राष्ट्रिय सुरक्षा खतरा भए नभएको निर्धारण गर्न राष्ट्रिय सुरक्षाको विषय र आपराधिकको प्रकृतिबारे विवरण चेक गर्न अनुमति प्रदान गर्नेछ ।
    त्यसरी जाँच गर्दा यदि खतरा देखिएमा उनीहरूलाई समीक्षा प्रक्रियाको प्रारम्भिक चरणमा नै देश निकाला गर्ने छन । त्यसता व्यत्तिःलाई ३० दिनको समय दिएर डिर्पोट गरिने छ । यसै पनि पछिल्ला दिनहरुमा आप्रवासनमा निकै कडाई भएको विभिन्न अध्ययनहरुले देखाएको छ । नयाँ परिवर्तनले प्रारम्भिक चरणमा न्यायाधीशको निर्णय नपर्खी एक अधिकारीले नै देशनिकालाको प्रकृयामा लैजान सक्नेछन् । यो नियम बनेर लागु भएको खण्डमा व्यापक रुपमा नेपाली समुदायलाई पनि असर गर्ने देखिन्छ । यतिखेर आप्रवासनलाई कडाई गर्ने विषयमा दुवै पार्टीको धेरैजसो कुरा मिलेको कारण निकै कडाई हुने निश्चित छ ।

    Post Views: 183
    प्रकाशित मिति: २०८१ बैशाख २८, शुक्रबार ०९:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.