• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

धादिडका डा रिजालले जापानमा जिते अन्तर्राष्ट्रिय अनुसन्धान बृत्ति

  •  
  • २०८१ जेष्ठ २४, बिहीबार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जापानको टोकियो सिटी विश्वविद्यालयका डिन अनुसन्धान प्रोफेसर डा होम बहादुर रिजालले आर्किटेक्चर संस्थान जापानबाट अनुसन्धान गरेवापत प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । धादिङ जिल्लाको ज्यामरुङमा जन्मिएका डा रिजाल सन् १९९२ मा जापान गएर उतै उच्च शिक्षा हासिल गर्दै हाल जापानको टोकियो सिटी विश्वविद्यालयको डिनका रुपमा कार्यरत रिजालले पाएको यो पुरस्कार अन्तर्राष्ट्रिय स्तरकाृ प्रतिष्ठीत पुरस्कारमा गनिन्छ जुन विशिष्ठ प्रकारको अनुसनधान गर्नेहरुका लागि दिईन्छ ।

    धादिड ज्यामरुडमा जन्मेका रिजालले पाएको यो प्रतिष्ठत यो पुरस्कार जापानको प्रसिद्ध विश्वविद्यालयको प्रोफेसरहरुका लागि पनि विरलैमात्र प्राप्त हुने गर्दछ । पुरस्कार पाएपछि डा रिजालले भने मेरो अनुसंधानको जापानमा राम्रो मुल्यानकन भयो, यो पुरस्कारमा म र सहलेखकले करिब २५ बर्ष लगाएर गरेको ३३ ओटा जापानी, ८ ओटा र अंग्रेजी २५ ओटा अनुसंधान लेखलाई समाबेस गरिएको बताए । धेरै राम्रा जर्नलमा प्रकाशित भएको लेखहरु विश्वभरीका अनुसन्धानकर्ताले धेरै प्रयोग गरेकोले अन्तर्राष्ट्रिय मूल्याङ्कन पनि गरिएको हो” डा रिजालले खुसी व्यक्त गर्दै बताए । अनुसन्धानमा निरन्तर लागी रहेमा एक दिन फल मिल्नेछ भन्ने प्रमाणित भएको छ ।

    डा रिजालले नेपालको परम्परागत घरहरु हावापानीसंग राम्रोसंग मिलेर बनेकोले गर्मीमा सितल र जाडोमा न्यानो हुने कुरा सबभन्दा पहिला पत्ता लगाएका थिए । त्यसपश्चात नेपाली घरहरुलाई इन्सुलेशन, एयर टाइट गरेमा अझै आनन्दित हुने तथ्य पनि अनुसन्धानको क्रममा पत्ता लगाएका थिए । यसका साथै नेपाली र जापानीहरुको आनन्दित तापक्रमको अनुसंधान गर्दा ऋतु र जलवायु क्षेत्र अनुसार धेरै फरक पाईएको थियो । नेपाल र जापानको घर, जापानको अफिस र विश्वको अर्ध बाहिर, बाहिरको आनन्दित तापक्रम अनुमान गर्ने मोडेल सबभन्दा पहिला डा रिजाल प्रस्ताव गरेको बताए । आनन्दित हुनको लागि गरिने विभिन्न कार्य–व्यवहार सम्बन्धी मोडेल पनि सबभन्दा पहिला प्रस्ताव गरेका थिए । यो सबै अनुसन्ंधानले तापिय आनन्द, ऊर्जा खर्चको कम, स्वास्थ्यको सुधारहरु गरि दिगो विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    डा रिजाल भन्छन् – सफल हुनको लागी धेरै लामो समय लाग्ने भएकोले हामीले आआफ्नो विषयमा अनुसंधान जारी राख्नु पर्छ । यो पुरुस्कार पाउन मलाई गाईड गर्ने प्रोफेसर, सहलेखक, विद्यार्थीहरुको ठुलो योगदान छ म सबैलाई धन्यवाद दिन चाहन्छु । मलाई यो पुरस्कार प्राप्त गरेपछि थप जिम्मेवारी महसुश भएको छ, अझै धेरै काम हरु गरेर देखाउनु पर्नेछ ।

    video from NNP TV

     

    Post Views: 308
    प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहीबार ०९:३४
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता
    चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता

    • २. चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.