हिजोदेखि परेको लगातार पानीका कारण आज वेस्ट इन्डिज जान लागेका नेपाली टोली फ्लोरिडामा नै रोकिए । नेपाल र श्रीलंकाबीचको खेल रोकिएपछि अझ्रै पानी परेर सयौ ढडानहरु रद्द भएका छन ।
आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत समूहको अन्तिम दुई खेल्ने वेस्ट इन्डिज जान पर्नेमा आज पनि नेपाली टोली फ्लोरिडामै रोकिएको छ। फ्लोरिडाको फोर्ट लडरडेलमा रित्ज कार्टलन रिसोर्टमा बसेको नेपाली टोलीले अमेरिकाको स्थानीय समयअनुसार साँझ सात बजेसम्म चार्टर्ड फ्लाइट कुरेको थियो। तर लगातार वर्षा भएपछि नेपाली टोली फ्लोरिडामै रोकिएको छ।

नेपाली टोली स्थानीय समयअनुसार बुधबार बिहान वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जानेछ। सेन्ट भिसेन्टमा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगादेशसँग खेल्नेछ। फ्लोरिडामा लगातार वर्षा हुँदा नेपाल र श्रीलंकाबीचको खेल समेत रद्द भएको थियो।




